Dictionary

All Word

61751 फुलेल वि. २. फूलसमान प्रसन्न; प्रफुल्ल।
61752 फुलेल १ ना. फूलको सुगन्ध मिलाइएको, फूलकै जस्तो बास्ना आउने तेल, सुगन्धित तेल।
61753 फुलो ना. १. भात पकाएको भाँडाको पिँधमा बस्ने भातका सिताको दाग।
61754 फुलो ना. २. आँखाको नानीमा निस्कने सेतो बादल।
61755 फुलो ना. ३. तेल पेल्नका निम्ति कुटेर धुलो पारिएको तोरी, फिलुङ्गे, कदम आदिको चूर्ण।
61756 फुलौरा ना. हे. फुरौला।
61757 फुल्का ना. तावामा पकाई आगामा सेकाएर फुलाइएको, चिल्लो नहालेको गहुँको रोटी।
61758 फुल्चोकी ना. काठमाडौँ उपत्यकाको आग्नेय कोणमा रहेको, गोदावरी तीर्थमाथिको उच्च शिखर जहाँ रेडियो नेपालको ट्रान्समिटिङ टावर रहेको छ।
61759 फुल्चोकी ना. (त्यहाँ फुल्चोकी देवीको मेला लाग्दछ)।
61760 फुल्याइ ना. फुल्याउने क्रिया वा प्रक्रिया।
61761 फुल्याइनु क.क्रि. सान्त्वना दिइनु; सम्झाइबुझाइ गरिनु।
61762 फुल्याउनु स.क्रि. १. शोक, रोग, दुःख आदिमा परेर आत्तिएकालाई सान्त्वना वा भरोसा दिनु; चित्त बुझाउनु।
61763 फुल्याउनु स.क्रि. २. रोएकालाई शान्त गराउनु; सम्झाउनु; फकाउनु; मनाउनु।
61764 फुल्ल वि . १. कोपिला फक्रिएको; प्रफुल्ल; विकसि।
61765 फुल्ल वि . खुसी भएको; प्रसन्न; हर्षि।
61766 फुल्ल वि . ना. ३. फूल; पुष्प; सुमन।
61767 फुस ना. १. घर छाउन हुने खर, पराल, काँस आदि।
61768 फुस ना. २. सुकेको घाँस आदि।
61769 फुसडी ना. साधु भइटोपलेको; खरानी घसेको; फुस्रो।
61770 फुसफुस क्रि.वि. १. बन्द रहेको हावा अलिअलि गरेर छुट्ने वा छोडिने गरी।
61771 फुसफुस क्रि.वि. २. धुवाँ, कुइरो आदि अलिअलि निस्कने किसिमले।
61772 फुसफुस क्रि.वि. ३. बिस्तारबिस्तार अपानवायु निस्किएर।
61773 फुसफुस क्रि.वि. ४. फस्को वस्तु थोरथोरै फुटेर खस्ने गरी; फसफस।
61774 फुसफुस क्रि.वि. ५. मसिनो पानी पर्ने किसिमले सिमसिम, बिरबिर।
61775 फुसफुसती / फुसफुसी क्रि.वि. अझै फुसफुस भएर।
61776 फुसफुसे झार ना. गोबर आदि मल थुप्रेको ठाउँमा पलाउने, फुल्दा सेतो रङ्गको देखिने, हावा लाग्दा फुस्स उडेर जाने फूल हुने एक जातको झार; गोब्रेझार।
61777 फुसफुसे वि. फुसफुस गरी उड्ने; फुसफुससँग खस्कने वा फुट्ने।
61778 फुसी ना. १. वीर्य; शुक्र।
61779 फुसी ना. २. लिङ्गका टुप्पाको छालाभित्र टाँसिएर रहने सेतो मल।
61780 फुसी ना. ३. स्त्रीको योनि रसाई आउने चिप्लो पदार्।
61781 फुसुक्क क्रि.वि. १. सजिलैसित फुस्कने वा खुस्कने गरी।
61782 फुसुक्क क्रि.वि. २. एकै छिनमा निदाउने चालसँग।
61783 फुसुक्क क्रि.वि. ३. कसैलाई थाहै नदिई काम गरिसिध्याउने किसिमले।
61784 फुसुफुसु क्रि.वि. १. फुस्कने वा खुस्कने गरी।
61785 फुसुफुसु क्रि.वि. २. नि:शब्द रूपमा अपानवायु छोडेर।
61786 फुसुफुसु क्रि.वि. ३. खुरुखुरु निदाउने चालसि।
61787 फुसुफुसु क्रि.वि. ४. कुनै काम सजिलैसित सुरुसुरु गर्ने गरी।
61788 फुसुफुसु क्रि.वि. ५. धुवाँ, कुहिरो आदि उडिरहने गरी।
61789 फुसुफुसु क्रि.वि. ६. मसिनो पानी परिरहने किसिमले।
61790 फुसुल्टिनु अ.क्रि. निदाउनु; भुसुल्टिनु।
61791 फुसुल्ट्याइ ना. फुसुल्टिने क्रिया वा प्रक्रिया।
61792 फुसुल्ट्याइनु क.क्रि. फुसुल्टिन लाइनु।
61793 फुसुल्ट्याउनु प्रे.क्रि. फुसिल्टिन लाउनु; फुसुल्टिने पार्नु; धोकामा पार्नु; छल्नु।
61794 फुस्कनु अ.क्रि. १. कसिएको वा गाँठो, सुर्काउनी आदि परेको वस्तु फुक्नु; खुस्कनु।
61795 फुस्कनु अ.क्रि. २. कामबाट फुर्सत पाउनु; फुक्का हुनु; मुक्त हुनु।
61796 फुस्कनु अ.क्रि. 3. अप्ठेरो स्थिति, बाधा आदिबाट पार हुनु; छुट्नु; उम्कनु; फुत्कनु।
61797 फुस्काइ ना. फुस्कने क्रिया वा प्रक्रिया।
61798 फुस्काइनु क.क्रि. फुस्कन लाइनु; फुस्कने पारिनु।
61799 फुस्काउनु प्रे.क्रि. फुस्कन लाउनु; फुस्कने पार्नु।
61800 फुस्किनु अ.क्रि. १. फुस्कने होइनु; फुकिनु।