Dictionary

All Word

61801 फुस्किनु अ.क्रि. २. फुस्कनु।
61802 फुस्टा ना. पासाको खेलमा चार फुट्टी भएको दाउ; फुट्टा।
61803 फुस्य्राइ ना. १. फुस्रिने भाव, क्रिया वा प्रक्रिया।
61804 फुस्य्राइ ना. [ फुस्याउ + आई] २. फुस्याउने भाव, क्रिया वा प्रक्रिया।
61805 फुस्याइनु क.क्रि. फुस्रो पारिनु; फुसिन लाइनु।
61806 फुस्याउनु प्रे.क्रि. फुस्रो पार्नु; फुस्रिन लाउनु।
61807 फुस्रिनी ना. गृहस्थ सन्न्यासिनीलाई भनिने अपमानजनक शब्द; फुस्रोको पोथी रूप; फुस्रेनी।
61808 फुस्रिनु अ.क्रि. १. फुस्रो हुनु; चिल्लोपन हराउनु।
61809 फुस्रिनु अ.क्रि. २. लाभ वा उपलब्धिबाट वञ्चित हुनु; हिस्सिनु।
61810 फुस्री वि. १. चिल्लो नभएकी; चिल्लोपन हराएकी।
61811 फुस्री वि. २. फुस्रो वा खैरो रङकी।
61812 फुस्री वि. ३. खरानी घसेकी।
61813 फुस्री वि. ना. ४. सन्न्यासिनीलाई अपमान गरेर भनिने शब्द।
61814 फुस्रुक्क क्रि.वि. १. विचारै नगरी वा न अनकनाईकन दिने गरी; खुरुक्क।
61815 फुस्रुक्क क्रि.वि. २. गुप्त तबरले कुनै काम गर्ने किसिमले; खुसुक्क।
61816 फुस्रुक्क क्रि.वि. ३. कुनै कुरो कसैबाट सजिलैसँग फुस्काउने वा खुस्काउने गरेर।
61817 फुस्रुक्क क्रि.वि. ४. गाँठो फुक्ने वा फुकाउने किसिमले।
61818 फुस्रुक्क क्रि.वि. ५. हलुका चालले लड़ने वा पल्टने गरी।
61819 फुस्रे केरा ना. फुस्रा बोक्रा र ठुला कोसा हुने एक जातको केरा।
61820 फुस्रे चाँप ना. फुस्रो रङको एक जातको चाँप।
61821 फुस्रे वि. १. चिल्लो नभएको; फुस्रो।
61822 फुस्रे वि. ना. २. जोगी; सन्न्यासी (निन्दार्थमा)।
61823 फुस्रे वि. ३. फुस्रो पात हुने वा कटुस फल्ने, मध्य लेकमा हुने एक जातको रुख।
61824 फुस्रेनी ना. हे. फसिनी।
61825 फुस्रो धुस्रो वि. १. खरानी र धुलो घसी विरूप भएको।
61826 फुस्रो धुस्रो वि. २. धुलोमैलो लागेको; धुलामा लडीबडी खेलेको।
61827 फुस्रो वि. चिल्लोपन नभएको; फुस्रिएको।
61828 फुस्रो वि. २. सेतो भावको; कैलो।
61829 फुस्रो वि. ना. ३. जोगी वा सन्न्यासीलाई निन्दा गरेर भनिने शब्द।
61830 फुस्लनु अ.क्रि. कसैका फकाउरीमा लाग्नु; अरूका मिठामिठा कुरामा अल्झनु वा फुरुड्ड पर्नु।
61831 फुस्लाइ ना. फुस्लने क्रिया वा प्रक्रिया।
61832 फुस्लाइनु क.क्रि. फुस्लन लाइनु; फस्लने पारिनु।
61833 फुस्लाउनु प्रे. क्रि. फुस्लन लाउनु; फुस्लने पार्नु।
61834 फुस्लिनु अ.क्रि. १. फुस्लने होइन; फर्किनु।
61835 फुस्लिनु अ.क्रि. २. फुस्लनु।
61836 फुस्ल्याइ ना. फुस्लिने क्रिया वा प्रक्रिया।
61837 फुस्ल्याइनु क.क्रि. फुस्लिन लाइनु; फुस्लिने पारिनु।
61838 फुस्ल्याउनु प्रे. क्रि. फुस्लिन लाउनु; फुस्लिने पार्नु।
61839 फुस्ल्याहट ना. फुस्लिने भाव, क्रिया वा प्रक्रिया।
61840 फुस्ल्याहा वि. फुस्ल्याउने स्वभावको; फुस्याउने खालको।
61841 फुस्स क्रि.वि. १. खुकुलोसँग बाँधेको वस्तु एक्कासि फुस्कने वा खुस्कने गरी।
61842 फुस्स क्रि.वि. २. बन्द रहेको हावा, अपानवायु आदि बिस्तारै निस्कने गरी।
61843 फुस्स क्रि.वि. ३. थाहै नपाइने किसिमले सजिलैसँग निदाएर।
61844 फुस्स क्रि.वि. ४. चुरोटबिंडी आदि खाएर धुवाँ फाल्दै।
61845 फुस्स क्रि.वि. ५. तातोछारो केही पनि नहुने स्थितिमा पर्ने गरी।
61846 फुस्स क्रि.वि. वि. ६. फुस्सा।
61847 फुस्स क्रि.वि. ७. गम्कने अवस्थाको; गमक्क; मक्ख।
61848 फुस्सा ना. १. आफूले चाहेको वस्तु तातोछारो केही पनि नहुने अवस्था; शून्य स्थिति।
61849 फुस्सा ना. क्रि.वि. २. केही न केहीसँग; सित्तैँ।
61850 फुस्सिनु अ.क्रि. हातलागी शून्य हुनु; तातोछारो केही पनि नहुनु; फुस्सामा पर्नु।