Dictionary

All Word

61951 फेरुवा वि. ना. २. ऊनीको एक प्रकारको बस्ने चकटी वा बिछ्याउना; फेरे।
61952 फेरे १. खसीको रौँबाट बन्ने, दरीका छाँटको, भुईंमा बिछ्याइने कपडा; फेरुवा।
61953 फेरे वि. २. फेरो भएको; फेरो परेको।
61954 फेरो ना. १. कुनै वस्तुको घुमाइ; चक्कर; फन्को।
61955 फेरो ना. २. अँगालोभरको नाप।
61956 फेरो ना. वि. ३. घुमाउरो; घुमेको।
61957 फेल वि. १. परीक्षा आदिमा असफल भएको; अनुत्तीर्ण।
61958 फेल वि. ना. २. असफलता; विफलता।
61959 फेल जमानी ना. १. कसैले कबुल गरेको काम पूरा हुने कुराको टुङ्गो नलागुन्जेल दिइने म्यादी वा अस्थायी जमानी।
61960 फेल जमानी ना. २. दैनिक तारिखमा हाजिर हुने कबुल गरी लेखिएको काग।
61961 फेला ना. १. खोजेको कुनै वस्तु भेट्टाउने काम; भेट्ने काम; प्राप्ति।
61962 फेला ना. २. कसैको कुचक्र वा फन्दामा पर्ने काम।
61963 फेलु ना. चर्खाद्वारा टुकीमा धागो भर्नुपर्दा लच्छी अड्याउने, डमरु आकारको, घुम्दा धागो बेरिने साधन।
61964 फेवा ना. नेपालको पश्चिमाञ्चल क्षेत्रअन्तर्गत पोखरामा रहेको एक प्रसिद्ध ताल।
61965 फेवाताल ना. फेवा।
61966 फेस ना. कुनै निश्चित प्वाइन्टको अक्षर गाढा वा हल्का देखिने प्रकार; गाढा र हल्का देखिने अक्षर।
61967 फेसन ना. १. शृङ्गार, सजावट आदि गरिने नयाँ र राम्रो ढाँचा; लगाउने वा पहिरिने ढर्रा।
61968 फेसन ना. २. चालचलन; रीतिरिवाज; ढाँचाकाँचा।
61969 फेसनदार वि. शृङ्गार, सजावट आदिमा नयाँ ढाँचाकाँचा भएको; फेसन मन पराउने।
61970 फेसनदारी ना. नयाँ ढाँचाकाँचा भएको चालचलन वा रीतिरिवाज।
61971 फेसनेबुल वि. आधुनिक शृङ्गारले सुसज्जित; नयाँ किसिमको पहिरनले युक्।
61972 फेसन सो शृङ्गारपटार र प्रसाधनको सार्वजनिक प्रदर्शन।
61973 फेसो ना. १. कोदालो, बन्चरो आदिका बिँड पासामा घुसार्दा खुकुलो भएको खण्डमा कसिलो वा नहल्लने पार्न घुसारिने चोइटो वा छेस्को; पाड़को।
61974 फेसो ना. २. काठ चिर्दा करौँती नच्यापियोस् भनी चिरेको धर्सोमा हालिने चुकुल।
61975 फेहरिस्त ना. कुनै विषय वा वस्तुको क्रमबद्ध नामाङ्कन; सूची; तालिका।
61976 फैका ना. फरेब।
61977 फैल वि. हे. फयल।
61978 फैलनु अ.क्रि. १. कुनै वस्तु सङ्कुचित स्थितिबाट विस्तृत हुनु; फिँजिन; फैलिनु।
61979 फैलनु अ.क्रि. २. कुरा, समाचार, नाउँ आदिको प्रचार हुनु; विख्यात हुनु।
61980 फैलाइ ना. फैलने क्रिया वा प्रक्रिया।
61981 फैलाइनु क.क्रि. फैलने पारिनु; फैलन लाइनु।
61982 फैलाउ ना. फैलने क्रिया; विस्तार।
61983 फैलाउनु प्रे. क्रि. / स.क्रि. फैलने पार्नु; प्रचार गराउनु; फिँजाउनु; पाँज्नु।
61984 फैलावट फैलने क्रिया वा प्रक्रिया; फैलिएको परिमाण; फराक; विस्तार।
61985 फैलाहट ना. फैलने भाव, क्रिया वा प्रक्रिया।
61986 फैलिनु अ.क्रि फिँजिनु सर्वत्र प्रचार हुनु; फैलिने होइनु।
61987 फैलोट ना. फैलिएको परिधि वा परिमाण; फैलावट।
61988 फैसला ना. फसेला पनि।
61989 फैसला ना. १. वादी र प्रतिवादीका बिचमा उपस्थित भएका विवादको निर्णय; कुनै मुद्दामामिलामा हकबेहक छुट्याई वा उजुरी साँचो झुटो ठहराई अदालतले गरेको निर्णय।
61990 फैसला ना. २. निर्णय; ठहर।
61991 फैसला सुनुवाइ ना. कुनै मुद्दामामिलामा अदालतले गरेको अन्तिम निर्णय सुनाउने काम।
61992 फोइनु क.क्रि. फुकाइनु; खोलिनु।
61993 फोकट वि . बेकम्माको; व्यर्थको; फोगट।
61994 फोकस ना. १. छरिएका किरणहरू एकत्रित भएर रहने ठाउँ वा विन्दु।
61995 फोकस ना. २. फोटो लिँदा लेन्सद्वारा चित्र लिइने वस्तुको छायाँलाई नियत स्थानमा स्थिर गर्ने प्रक्रिया।
61996 फोकाफोकी ना. सानाठुला फोकाहरूको समूह।
61997 फोके वि. फोको भएको; फोको उठेको।
61998 फोको ना. १. जिउमा उब्जेको मासुभित्र पानी वा पिप भरिएको पिण्ड; खटिरो।
61999 फोको ना. २. फुकुन्डो; फुँडुल्को।
62000 फोको ना. ३. पानीको फिँजभित्र हावा घुसेर उठ्ने डल्लो; बुदबुद।