Dictionary

All Word

62101 फौजी अखडा ना. सैनिकहरू रहने ठाउँ वा शिविर।
62102 फौजी अदालत ना. सैनिक- अदाल।
62103 फौरेल ना. आसाम, मणिपुर आदिमा पाइने धानको एक जा।
62104 फौबन्जार ना. स्थायी रूपले एकै ठाउँमा पसल नथापी थैला आदिमा मालसामान बोकेर गाउँघर घुमीघुमी वा बिचमा माल खरिद गरेर बजारमै पनि बढी मोलमा बेच्ने व्यापारी।
62105 फौबन्जारी ना. फौबन्जारको काम वा पेसा।
62106 फ्यँकाइ ना. फ्याँक्ने क्रिया वा प्रक्रिया।
62107 फ्यँकाइनु क.क्रि. फ्याँक्न लाइन; फ्याँक्ने पारिनु।
62108 फ्यँकाउनु प्रे. क्रि. फ्याँक्न लाउनु; फ्याँक्ने पार्नु।
62109 फ्याँ ना. १. मुख उघारेर सास फेर्दा आउने आवाज।
62110 फ्याँ ना. २. धपेडी, थकाइ आदिले वा निद्रा लागेको बेला सास निस्कँदा आउने शब्द।
62111 फ्याँ ना. ३. थकान; थकाइ।
62112 फ्याँ ना. वि. ४. मुख बाएको; उदाङ्गो।
62113 फ्याँ ना. ५. फ्याक्क फाटेको; फक्क उघारिएको।
62114 फ्याँ ना. ६. थाकेको; थकि।
62115 फ्याँफुँ ना. ताइँफाइ; फुङ्कार; फुर्तीफार्ती।
62116 फ्याँफ्याँ क्रि.वि. लगातार फ्याँ गर्ने गरी।
62117 फ्याँफ्याँती क्रि.वि. फ्याँफ्याँ।
62118 फ्याँक्नु स.क्रि. १. कुनै वस्तु आफूतिरबाट अर्कातिर फाल्नु; मिल्काउनु।
62119 फ्याँक्नु स.क्रि. २. कुनै वस्तु वेगसँग हुत्त्याउनु; आफल्नु।
62120 फ्याँक्नु स.क्रि. ३. छोड्नु; त्याग्नु।
62121 फ्याँक्नु स.क्रि. ४. बेला वा महिना नपुगी तुहाउनु।
62122 फ्याँकाइ ना. फ्याँक्ने क्रिया वा प्रक्रिया।
62123 फ्याँकाफ्याँक क्रि.वि. १. परस्परमा फ्याँक्ने किसिमले; फालाफाल।
62124 फ्याँकाफ्याँक क्रि.वि. २. धमाधम फाल्ने वा मिल्काउने गरी।
62125 फ्याँकाफ्याँक क्रि.वि. ३. कुनै वस्तु आवश्यकभन्दा बढी भएर आफलताफल गर्ने चालसँग।
62126 फ्याँकिनु क.क्रि. फ्याँक्ने काम गरिनु; फालिनु।
62127 फ्याँचे ना. जरामा ससाना गाँठा हुने एक खालको साग।
62128 फ्याउ ना. १. फ्याउरो कराउँदाको शब्द।
62129 फ्याउ ना. २. निर्धा वा नपुंसक मान्छेको गर्जन।
62130 फ्याउफ्याउ ना. १. फ्याउराको बोली।
62131 फ्याउफ्याउ ना. क्रि.वि. २. फ्याउरो कराउने किसिमले।
62132 फ्याउरी ना. १. फ्याउराको पोथी रूप।
62133 फ्याउरी ना. २. केही गर्न नसकी कराएर मात्र हिँड्ने स्त्री ( निन्दार्थमा )।
62134 फ्याउरी ना. ३. अनाज सुकाउँदा फिँजाउने तथा सोहोर्ने काम गर्ने, काठका पातामा बिंड हालिएको दाँदेजस्तो साधन।
62135 फ्याउरी ना. ४. धान रोप्ता दाँदेले सम्याउन नसकेको छेउकुनाको हिलो सम्याउने काममा आउने र सो काम बाउसेले गर्ने त्यस्तै हतियार।
62136 फ्याउरे १ ना. रोपाइँका दिन फ्याउरी चलाउने व्यक्ति; बाउसे।
62137 फ्याउरे २ वि. १. फ्याउराको जस्तो झर्कोलाग्दो किसिमबाट कराउने।
62138 फ्याउरे २ वि. २. अर्काको दूतजस्तो बनेर वा अगुवा भएर हिँड्ने।
62139 फ्याउरो ना. १. फ्याउ-फ्याउ गरेर कराउने, लोकविश्वासअनुसार चितुवा वा बाघको अगि लागेर हिँड्ने, स्यालका जातको तर केही सानो एक हिंस्रक प्राणी।
62140 फ्याउरो ना. २. केही गर्न नसकी कराएर मात्र हिँड्ने मानिस।
62141 फ्याउसे ना. फ्याउसो।
62142 फ्याउसो कर्कलाको जस्तो पात हुने र डन्ठीमा फूल फुल्ने, एक जातको विषालु बोट; जङ्गली कर्कलो; फ्याक्सो।
62143 फ्याक ना. १. कुनै पनि वस्तुलाई बराबर पारेर चिरिएको एक भाग; फग्ल्याँटो।
62144 फ्याक ना. २. आधा फ्याक; ठुलो टुक्रो।
62145 फ्याकफ्याक क्रि.वि. १. कुनै वस्तुलाई टुक्राटुका पार्ने गरेर।
62146 फ्याकफ्याक क्रि.वि. २. कुनै वस्तु काट्ने किसिमले; छ्याकछ्‌याक।
62147 फ्याकफ्याकी/फ्याकफ्याक्ती क्रि.वि. अझै फ्याकफ्याक हुने गरी।
62148 फ्याक्क क्रि.वि. १. कुनै वस्तुलाई बराबरी हुने हिसाबले दुई टुक्रा पार्ने गरी।
62149 फ्याक्क क्रि.वि. २. हिर्काउने वा काट्ने किसिमले।
62150 फ्याक्चे वि. १. गाला पुक्क उठेर पनि थेप्चिएको।