Dictionary

All Word

62251 फ्वाङफ्वाङी/फ्वाङफ्वाङ्ती क्रि.वि. फ्वाङफ्वाङ।
62252 फ्वाङ्ग/ फ्वाङ्ङ क्रि.वि. १. काँच वा माटाका भाँडाहरू एक्कासि फुट्ने गरी।
62253 फ्वाङ्ग/ फ्वाङ्ङ क्रि.वि. २. बन्चराले चिरिएको दाउरो उच्छिदिँदा शब्द आउने किसिमले।
62254 फ्वासफ्वास क्रि.वि. १. कुनै फस्को वा खुकुलो वस्तु बारम्बार फुट्ने वा चुँडिने किसिमले।
62255 फ्वासफ्वास क्रि.वि. २. चुरोट, बिँडी आदिको सर्का तान्दै धुवाँ उडाएर।
62256 फ्वासफ्वासी/फ्वासफ्वास्ती क्रि.वि. हे. फ्वासफ्वास।
62257 फ्वास्स क्रि.वि. चड्कासँग फुस्कने वा खुस्कने गरी; फ्यास्स।
62258 देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये तेइसौं व्यञ्जनवर्ण ओष्ठ्य; स्पर्शी; सघोष; अल्पप्राण व्यञ्जन ध्वनि; पवर्गको तेस्रो वर्ण वा अक्षर लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; बाटुलो।
62259 बँझिनु अ.क्रि. १. बाँझो हुनु; बाँझो बस्तु।
62260 बँझिनु अ.क्रि. २. एकचोटि आवाद भएको जमिन पछि पर्ती पार्नु; बाँझिनु।
62261 बँझिनु अ.क्रि. ३. स्त्रीजातिमा सन्तान नहुनु।
62262 बँझ्यlइ ना. बाँझिने भाव; क्रिया वा प्रक्रिया।
62263 बँझ्यlइनु क.क्रि. बँझिन लाइन; बाँझो पारिनु।
62264 बँझ्याउनु प्रे.क्रि. १. बँझिने पार्नु; बँझिन लाउनु।
62265 बँझ्याउनु प्रे.क्रि. स.क्रि. २. बालीनाली केही नलगाई खेतबारी बाँझो राख्नु।
62266 बँझ्याउनु प्रे.क्रि. ३. औषधीका प्रयोगले कोखलाई गर्भ नरहने तुल्याउनु।
62267 बँडाइ ना. बाँड्ने क्रिया वा प्रक्रिया।
62268 बँडाइनु क.क्रि. बाँड्न लाइनु।
62269 बँडाउनु प्रे.क्रि. बाँड्न लाउनु।
62270 बँदिया ना. छाइएको छानो उधारेर झिकिएको पुरानो खर; पराल।
62271 बँदेल ना. बनेल।
62272 बँधाइ ना. बाँध्ने क्रिया वा प्रक्रिया।
62273 बँधाइ क.क्रि. बाँध्न लाइनु।
62274 बँधाउनु प्रे.क्रि. बाँध्न लाउनु।
62275 बँधितिनी / बँधितेनी ना. हे. बँधिनी।
62276 बँधनी ना. बाँधाको पोथी रूप; स्त्री बाँधा।
62277 बँधुवा वि. १. बाँधिएको; बन्धनमा राखिएको २. बाँधेर पालिएको; बाँध्ने गरेको ना ३ वर्षको एकपटक लिने स्थिति बाँधेको जग्गाजमिन; खान्गी आदिको आम्दानी।
62278 बँधुवा वि. ४. नियमित रूपले कुनै वस्तु वा रकम लिने दिने व्यवस्था।
62279 बँधेर्नु स.क्रि. १. कसैलाई काममा व्यस्त तुल्याउनु कामकाजमा अलमल्याइराख्नु।
62280 बँधेर्नु स.क्रि. २. बाँध्नु; कस्तु।
62281 बँधेराइ ना. बँधेर्ने क्रिया वा प्रक्रिया।
62282 बँधेरिनु अ.क्रि. कामकाजमा व्यस्त रहनु; काममा अलमलिनु।
62283 बँधेऱ्याइ ना. बँधेरिने क्रिया वा प्रक्रिया।
62284 बँधेऱ्याइनु क.क्रि. बँधेरिने पारिनु; बँधेरिन लाइनु।
62285 बँधेऱ्याउनु प्रे. क्रि. बँधेरिने पार्नु; बँधेरिन लाउनु।
62286 बंस ना. हे. वंश ( खलक )।
62287 बंसियार वि. वंशको; वंशसम्बन्धी।
62288 बइन ना. १. राम्रो वा नराम्रो कुराको बयान।
62289 बइन ना. २. प्रसिद्धि; ख्याति नामचलाइ।
62290 बक्नु स.क्रि. १. आफ्नै मुखले कुनै कुरा भन्नु।
62291 बक्नु स.क्रि. २. बयान गर्नु कह।
62292 बक्नु स.क्रि. ३. बेहोसीमा कुनै कुरा भन्नु; बरबराउनु।
62293 बक ना. बोली; बक्के।
62294 बक२ ना. १. बकुल्लो; वक।
62295 बक२ ना. २. ठग।
62296 बकची ना. चर्मरोगको औषधीका रूपमा प्रयोग गरिने एक प्रकारको औषधी; बकुची।
62297 बकध्यान ना. आफ्नो स्वार्थसिद्धिका निम्ति बकुल्ला जस्तै चुपचाप भएर बस्ने काम; बकव्र।
62298 बकध्यानी ना. बकुल्लाले जस्तै ध्यान गर्ने; बकव्रती ; ढोंगी।
62299 बकपत्र ना. मुद्दामा वादी वा प्रतिवादीका साक्षी बस्ने व्यक्तिले बकेका कुरा लेखिएको कागत; साक्षीको बयान लेखिएको काग।
62300 बकपुष्प ना. बकुल्लाका आकारको फूल फुल्ने; फुस्रो र लाम्चो पात हुने एक जातको बोट; त्यसैको फूल; बकुल पुष्प।