Dictionary

All Word

62301 बकबक ना. कसैलाई मन नपर्ने वा कुनै काम नलाग्ने कुरो व्यर्थको बकवाद।
62302 बकबकाइ ना. बकबकाउने क्रिया वा प्रक्रिया।
62303 बकबकाइनु अ.क्रि. बकबकाउने होइन; बकबक गरिनु।
62304 बकबकाउनु अ.क्रि. १. नचाहिँदा धेरै कुरा बोल्नु; बकबक गर्नु।
62305 बकबकाउनु अ.क्रि. २. मनपरी बोल्नु; जथवातथवा भन्नु व्यर्थका कुरा गर्नु।
62306 बकबके वि. नचाहिँदा धेरै कुरा गर्ने; जथाभाबी बोल्ने।
62307 बकभक्त ना. देखासिकीका निम्ति कसैको भक्ति गर्ने व्यक्ति; देखौवा भक्त ढोंगी व्यक्ति।
62308 बकम ना. पश्चिम नेपालको त्रिवेणीतिर पाइने रातो काठ हुने एक प्रकारको रुख।
62309 बकम्फुस ना. १. निरर्थक वा नचाहिँदा कुरा; व्यर्थका कुरा।
62310 बकम्फुस ना. वि. २. त्यस्ता कुरा धेरै गर्ने।
62311 बकम्फुसे वि. १. बकम्फुस।
62312 बकम्फुसे वि. २. व्यर्थका कुरा धेरै गर्ने; निरर्थक कुरा गर्ने।
62313 बकरिद ना. पशुवलि दिएर मनाइने मुसलमानहरूको एउटा पर्व।
62314 बकरे ना. खसी; बोका आदि काटेर मासु बेच्ने पेसा लिएको व्यक्ति; मासुपसले; बगरे।
62315 बकलाटो वि. १. बकुल्ला झैँ लाटो।
62316 बकलाटो वि. २. पटक्कै नबोल्ने; बोल्नै नसक्ने।
62317 बकवाद ना. अर्कालाई नराम्रो हुने वा दोष लाउने कुरो; बदख्वाइँ।
62318 बकवाद ना. २. जथाभाबी बोलाइ; खराब वचन; बकबक।
62319 बकवादी वि. १. बकवाद गर्ने; अर्काको बदख्वाइँ गर्ने।
62320 बकवादी वि. २. बकबक गर्ने बकबके।
62321 बकवृत्ति ना. १. अनेक किसिमका स्वाङ रचेर ठगठागको काम गर्ने व्यवहार; बकव्र।
62322 बकवृत्ति ना. वि. २ बकुल्लो झैं ढोंगी भक्त; बकुल्लाभगत; बकव्रती।
62323 बकवेदान्त ना. अर्कालाई ठगी खाने विद्या; ठगविद्या।
62324 बकवेदान्ती वि. आफूले केही तत्त्व नबुझे पनि अर्कालाई ठग्नका निम्ति वेदान्त छाँट्ने; आडम्बरी वेदान्ती; ठगी।
62325 बकव्रत ना. अर्कालाई देखाउनका निम्ति गरिने ढोंगी व्रत नक्कली आचरण।
62326 बकव्रती वि. १. बकुल्लाको जस्तो ध्यान गर्ने; साधुको वेशमा रहेको महाको ठग।
62327 बकव्रती वि. २. ढोंगी; आडम्बरी; बकवेदान्ती।
62328 बकस ना. कसैका क्रियाकलाप वा शीलस्वभावबाट सन्तुष्ट वा खुसी भएर केही वस्तु दिइने काम; इनाम; बक्सिस; पुरस्कार; पारितोषिक।
62329 बकस पत्र ना. खुसी भएर कसैलाई कुनै वस्तु वा जग्गाजमिन आदि दिएर गरिदिएको कागज।
62330 बकाइ क.क्रि. बक्ने क्रिया वा प्रक्रिया।
62331 बकाइनु क.क्रि. बक्न लाइनु; बक्ने पारिनु।
62332 बकाइनु ना. निमका जस्ता पात हुने; कलेजी रङका फूल फुल्ने, नपाक्ता हरिया र पाक्ता पहेँला हुने झुप्पाप्पा परेको ससाना फल फल्ने, कमलो खालको काठ हुने एक जातको रुख; आयुर्वेदमा कफ, किरा, कुष्ठ र विषनाशक तथा ठन्डा गुण मानिएको एक जातको निम; महानिम्ब।
62333 बकाउनु प्रे.क्रि. सोधपुछ गरेर कसैलाई केही कुरा बक्न लगाउनु बयान गराउनु।
62334 बकार ना. ब' अक्षर पवर्गको तेस्रो वर्ण।
62335 बकावली ना. हलेदाको जस्तो पात हुने र सेतो सुगन्धी फूल फुल्ने एक जातको बोट; त्यसैको फूल।
62336 बकितम् ना. बकेको वा बोलेको कुरो; दिएको बयान।
62337 बकिनु क.क्रि. आफ्नै मुखले कुनै कुरो भनिनु; बक्ने काम गरिनु।
62338 बकुची ना. ससाना लाम्चा पात हुने; गुलाबी रङको फूल फुल्ने; बाटुलो; चेप्टो; कालो र कडा गेडाहरू फल्ने एक जातको बोट।
62339 बकुल ना. खोर्सानीका जस्ता साना; सेता र सुगन्धी फूल फुल्ने; सुन्तला रङका लाम्चा र साना फल फल्ने एक जातको रुख वा त्यसैको फूल; मौलसिरी; वकुल।
62340 बकुल पुष्प ना. मौलसिरी।
62341 बकुला ना. लाम्चा र साना पात हुने; आँख्लैपिच्छेकोसा फल्ने; कोसा र त्यसभित्र हुने थेप्चा गेडाको तरकारी खाइने एक जातको बोट; सोही कोसा वा गेडा; सिमचना; सिम्बीचना।
62342 बकुला सिमी ना. लाम्चा पात हुने; छोटा कोसा लाग्ने र तरकारी खाने काममा आउने एक प्रकारको बोट; सोही बोटका कोसा वा गेडा।
62343 बकुल्ला ना. हे. बकुल्लो।
62344 बकुल्ला ध्यानी वि. साधुका भेषमा रहेकोपटी; ढोंगी; आडम्बरी; धर्मध्वजी।
62345 बकुल्ला भगत वि. साधुका भेषमा रहेको कपटी; ढोंगी; आडम्बरी; धर्मध्वजी।
62346 बकुल्ले ना. १. होच्याएर वा हियाएर भन्दा प्रयोग गरिने शब्द।
62347 बकुल्ले ना. वि. २. बकुल्लाजस्तो; बकुल्लाको स्वभाव वा बान्कीको।
62348 बकुल्लो ना. लामो घाँटी; लामा खुट्टा र पुच्छर छोटो हुने; सेतो रङको एक पक्षी।
62349 बकेर्नू/बकेर्नो वि. १. दुध थाक्ने बेला भएको दुहुनो (गाईभैंसी)।
62350 बकेर्नू/बकेर्नो वि. ना. २. त्यसैको बाछो वा पाडो।