Dictionary

All Word

62351 बकैया ना. बाङ्गोटिङ्गो बोट तथा खैरो बोक्रा हुने एक जातको धान; त्यसैको चामल।
62352 बक्क ना. बोली; बक्के।
62353 बक्क ना. लाटो- वि. कत्ति बोल्न नसक्ने; अक्क न बक्कको।
62354 बक्के ना. बोली; बक (जस्तो- बक्के फुट्नु; बक्के बस्नु आदि)।
62355 बक्खु ना. १. मोटो ऊनी कपडाको लामो कोटजस्तो वस्त्र।
62356 बक्खु ना. २. जुवामा ताल मारिसकेपछि घाइते नभएका च्याँखेले थाको धन।
62357 बक्खु ना. क्रि.वि. ३. बिनसित्ति; निष्प्रयोजन; व्यर्।
62358 बक्खे ना. डबलसोल जुत्तामा सामाभन्दा बाहिर निस्केको; तलुवाको माथिल्लो भाग।
62359 बक्खे आरो ना. बक्खे सिउने काममा प्रयोग हुने ठुलो खालको सियो; डबलसोलवाला जुत्ता सिउने सियो।
62360 बक्यौता वि. १. बाली; मालपोत आदि असुल गर्न बाँकी रहेको; तिर्न बाँकी भएको।
62361 बक्यौता वि. २. बुझबुझारथ गर्न बाँकी रहेको कामकारबाई मिलाउन बाँकी रहेको।
62362 बक्रम ना. कोट; कमिज आदिका मुख्य मुख्य भाग वा दो हुनुपर्ने ठाउँमा भित्रपट्टि हालेर मोहोरिने ठर्रो कपडा।
62363 बक्स ना. बक्सा; बाकस।
62364 बक्स प्लेट ना. घाँगर; फ्रक आदि लुगा सिउँदा ठाउँठाउँमा मसिना मुजा नराखी फराकिलो पारेर पट्याएको भाग।
62365 बक्सनु स.क्रि १. बकस वा बक्सिस दिनु; कसैले रिझाएबापत अरूलाई केही कुरा दिनु।
62366 बक्सनु स.क्रि २. ठुलाबडाले सानालाई वस्तु दिनु; बक्सि।
62367 बक्सनु स.क्रि ३ दिनु (विशेष आदरार्थी प्रयोगमा)।
62368 बक्सा ना. हे. बाकस।
62369 बक्साइ ना. बक्सने क्रिया वा प्रक्रिया।
62370 बक्साइनु क.क्रि. बक्सन लाइनु।
62371 बक्साउनी ना. १. दुई झगडियाले मिलापत्र गरेबापत लाग्ने सरकारी दस्तुर।
62372 बक्साउनी ना. २. बकस पाए बापत लाग्ने दस्तुर।
62373 बक्साउनु स.क्रि १. उच्च अधिकारीको स्वीकृति लिनु; आदेश गराउनु।
62374 बक्साउनु स.क्रि प्रे. क्रि. २. बक्सन लाउनु।
62375 बक्सिनु स.क्रि १. बकस दिनु; बक्सनु।
62376 बक्सिनु स.क्रि क.क्रि. २. बक्स दिने काम गर बस दिइनु।
62377 बक्सिस ना. कुनै काम गरेबापत वा रिझाएर आफूभन्दा निम्न स्तरका व्यक्तिलाई त्यसै वा पारिश्रमिकका अतिरिक्त इनामस्वरूप दिइने रकम वा वस्तु बकस।
62378 बक्सौनी / बक्स्यौनी ना. हे. बक्साउनी।
62379 बखत ना. १. समय; बेला।
62380 बखत ना. २. जमाना।
62381 बखत ना. ३. अवसर; मौका।
62382 बखता ना. भुटेर बोक्रा छुट्ट्याइएको चना; भटमास; केराउ आदिको खानेकुरो।
62383 बखान्नु स.क्रि १. बखान गर्नु; बयान गर्नु।
62384 बखान्नु स.क्रि २. तारिफ गर्नु; प्रशंसा गर्नु।
62385 बखान ना. १. कुनै कुराको वर्णन; बयान।
62386 बखान ना. २. तारिफ गर्ने काम; प्रशंसा।
62387 बखानिनु अ. क्रि. १. बखान गरेर बोल्नु।
62388 बखानिनु अ. क्रि. क. क्रि. २. बखान गरिनु।
62389 बखानिया वि. बखान चलेको; कहलिएको प्रसिद्ध।
62390 बखिया ना. १. पहिलोपल्ट फड्का मारी सिइएको वा टाँका लगाइएको कपडामा पछिबाट गरिने मसिनो सिलाइ।
62391 बखिया ना. २. फेरका छेउमा गरिने मसिनो सिलाइ; खुटाइ।
62392 बखिया टाँका ना. फड्का मारिएको सिलाइ; बखिया।
62393 बखुबी वि. खास।
62394 बखेडा ना. १. दुई थरीका बिचमा भएको झगडा; कलह; कचिङ्गल।
62395 बखेडा ना. २. व्यर्थको झमेला; टन्टा।
62396 बखेडा ना. ३ नचाहिँदा कामबाट भएको हैरानी; कठिनाइ।
62397 बखेडा ना. ४. झगडा गर्ने निहुँ; खिचोला।
62398 बखेडिया वि. बखेडा गर्ने स्वभावको टन्टा मच्चाउने खालको।
62399 बखेत्रो ना. चुत्थो खालको वा सानो कदको बाखो।
62400 बख्तर ना. लडाइँमा योद्धाहरूले लगाउने फलामका सिक्रीले बुनेको वस्त्रविशेष।