Dictionary

All Word

62201 फ्यालफ्याली/फ्यालफ्याल्ती क्रि.वि. फ्यालफ्याल।
62202 फ्याली ना. एक ठाउँमा नबसी डुलीडुली खान पल्केकी आइमाई।
62203 फ्याले ना. एक ठाउँमा स्थिर भएर नबसी डुली - डुली खान पल्केको लोग्नेमान्छे।
62204 फ्याल्ल क्रि.वि. १. कपडा आदि पानी चुहिँदै फरफराउने वा भुईंमा फिँजिने गरेर।
62205 फ्याल्ल क्रि.वि. २. अव्यवस्थित किसिमले।
62206 फ्यासफ्यास क्रि.वि. कुनै फस्को वा खुकुलो वस्तु फुस्किरहने, फुटिरहने वा चुँडिरहने किसिमले।
62207 फ्यासफ्यासी/फ्यासफ्यास्ती क्रि.वि. फ्यासफ्यास।
62208 फ्यास्स क्रि.वि. १. कुनै फस्को वा कमलो वस्तु फुस्कने वा चुँडिने किसिमले।
62209 फ्यास्स क्रि.वि. २. फस्को वस्तु फुट्ता शब्द आउने किसिमसँग।
62210 फ्यास्स क्रि.वि. ३. कुनै कार्य व्यर्थ खेर जाने वा फुस्सा हुने भएर।
62211 फ्युज ना. बिजुलीको अत्यधिक तापमा गलेर जाने खालको, त्यसैको प्रवाहमार्गमा जडिएको विशेष किसिमको धातुको तार।
62212 फ्रक ना. घाँगर।
62213 फ्रान्स ना. युरोप महादेशअन्तर्गत रहेको एक प्रसिद्ध देश।
62214 फ्रान्सिसी वि. फ्रान्सेली।
62215 फ्रान्सेली वि. १. फ्रान्ससम्बन्धी; फ्रान्सको।
62216 फ्रान्सेली वि. २. फ्रान्समा उत्पन्न वा उत्पादि।
62217 फ्रिज ना. नकुहियोस्, नबिग्रियोस्, ताजै रहोस् र तरलवस्तु जमोस् भन्ने उद्देश्यले भण्डारण गरिने यान्त्रिक उपकरण।
62218 फिल्टर ना. पानीमा भएका दूषण छानेर पानीलाई खान योग्य गराउने उपकरण।
62219 फ्री वि. १. स्वतन्त्र; स्वाधीन।
62220 फ्री वि. २ सित्तैं; पैसा वा शुल्क नलाग्ने।
62221 फ्री वि. ३. बाधाअड्काउ केही नभएको।
62222 फ्रुबी ढ्याचु ना. हिउँ पग्लेका बेलामा नेपाल र तिब्बतका बिच आवतजावत गर्ने सिन्धुपाल्चोकमा पर्ने एक घाटी; हिमाली भन्ज्याङ।
62223 फ्रेन्च वि. १. फ्रान्ससम्बन्धी; फ्रान्सको; फ्रान्सेली।
62224 फ्रेन्च वि. २. फ्रान्सका निवासी।
62225 फ्रेन्च वि. ना. ३. फ्रान्सको भाषा।
62226 फ्रेन्च समाचार समिति ना. अन्तर्राष्ट्रिय रूपमा प्रसिद्ध फ्रान्सको समाचार समिति (ए. एफ. पी.)।
62227 फ्रेम ना. १. तस्बिर, ऐना आदिमा रहने चौतर्फी बार; चौघेरो।
62228 फ्रेम ना. २. ढोका बनाउँदा रहने काठको चौकोस।
62229 फ्रेम ना. ३. साइकिलको च्यासिस।
62230 फ्रेम ना. ४. कम्पोज भएको म्याटर हाली फर्मा कस्ने फलामको चारकुने साधन।
62231 फ्रयाङ्क ना. स्विटजरल्यान्ड, बेल्जियम, फ्रान्स आदि देशको मुद्रा।
62232 फ्य्राङ्किङ यन्त्र ना. धेरै सङ्ख्यामा हुलाकवस्तु पठाउने व्यक्ति वा संस्थाका निमित्त छिटछिटो टिकट चिह्नित गर्ने यन्त्र वा मिसिन।
62233 फ्लोरमिल ना. पिठो आदि पिँध्ने मिल वा कलघट्ट।
62234 फ्ल्याट मेसिन ना. एकै पटक धेरै पृष्ठसम्म छाप्न सकिने समतल भागमा रहने ठुलो मुद्रणयन्त्र।
62235 फ्वाँ ना. सासको तिखो वेग।
62236 फ्वाँक १ वि. १. बेफ्वाँक; नाहक; व्यर्।
62237 फ्वाँक १ वि. २. पैठ (जुवा)।
62238 फ्वाँक २ ना. फाँको।
62239 फ्वाँकफ्वाँक क्रि.वि. पटक-पटक फाँको हाल्ने किसिमले।
62240 फ्वाँकफ्वाँक्ती/फ्वाँकफ्वाँकी क्रि.वि. फ्वाँकफ्वाँक।
62241 फ्वाँक्क क्रि.वि. फाँको मार्ने वा हाल्ने गरी।
62242 फ्वाँफ्वाँ क्रि.वि. १. धपेडी आदिले निदाएको बेलामा लामो लामो सास निस्कने गरी।
62243 फ्वाँफ्वाँ क्रि.वि. ना. २. त्यस्तो सासफेराइको शब्द वा आवाज।
62244 फ्वाँय ना. १. फुस्सा।
62245 फ्वाँय ना. वि. २. झुटो ; मिथ्या।
62246 फ्वाकफ्वाक क्रि.वि. १. माटाको भाँडो फुट्ता वा कोदालाका पासाले हिर्काइएको डल्लो फुट्दा शब्द आउने गरी।
62247 फ्वाकफ्वाक क्रि.वि. २. खुकुरी आदि हतियारले कमलो र फस्को वस्तु काट्ता झैँ शब्द निस्केर।
62248 फ्वाकवाकी/पवाकफ्वाक्ती क्रि.वि. फ्वाकफ्वाक।
62249 फ्वाक्क क्रि.वि. माटोको भाँडो वा डल्लो फुट्ने वा त्यसरी फुट्ता मसिनो शब्द निस्कने गरी।
62250 फ्वाङफ्वाङ क्रि.वि. काँचका वा माटाका भाँडाहरू पटक पटक फुट्ने गरी।