Dictionary

All Word

62051 फोरिनु क.क्रि. फोर्ने काम गरिनु; फोडिनु।
62052 फोरुवा वि. फोरिएको; टुक्रा पारिएको; फोडिएको।
62053 फोरुवा बाँस ना. फोरिएको बाँस; चिरिएको बाँस।
62054 फोरुवा सुपारी ना. फोरिएको वा टुक्याइएको सुपारी।
62055 फोरो ना. हे. पोरो।
62056 फोल्डर ना. १. हलाक टिकटको परिचयात्मक साहित्य लेखिएको र फिलाटेलिक महत्त्व रहने, पट्याइएको कागजी वस्तु।
62057 फोल्डर ना. वि. २. कुनै वस्तुलाई मिलाएर पट्याइएको।
62058 फोल्डिङ ना. पट्याउने काम।
62059 फोसा ना. १. कुनै वस्तु खरिद गरेपछि सित्तैँ मागिने सानोतिनो वस्तु; तासा।
62060 फोसा ना. २. विनाप्रयासको आम्दानी; विनामूल्यमा उपलब्ध भएको वस्तु।
62061 फोसी ना. बिट फर्केको मुख र पेट प्रायः बराबर रहने तामा वा पित्तलको ठुलो ठाडो भाँडो।
62062 फोस्रिनु अ.क्रि. १. फलफूल वा दानादार वस्तुका बोक्राभित्र गुदी नभई फोस्रो हुनु; गुदी पुष्ट नहुनु।
62063 फोस्रिनु अ.क्रि. २. आशा पूर्ण नहुनु; प्रयास खेर जानु; हिस्सिनु।
62064 फोस्रिनु अ.क्रि. ३. घाउ खटिरा आदि पानी मरेर बिसेक हुन आँट्नु वा निको भएर भुवा उड्न थाल्नु।
62065 फोस्रे वि. फोस्रो।
62066 फोस्रो १ ना. खस्रा पात, झुप्पा परेका सेता फूल, सानासाना गुलियो स्वादका काला गेडा हुने, घाँस गाईबस्तुले खाने र बोक्राको पाट काडिने एक जातको बोट।
62067 फोस्रो २ वि. १. सार वा गुदी नभएको; खोक्रिएको; सारहीन।
62068 फोस्रो २ वि. २. निष्फल भएको।
62069 फोस्रो २ वि. ३. मकाएको।
62070 फोस्य्राइ ना. फोस्रो पार्ने काम; फोसिने क्रिया वा प्रक्रिया।
62071 फोस्य्राइनु क.क्रि. फोस्रो पारिनु; फोस्रिने तुल्याइनु।
62072 फोस्य्राइलो वि. फोसिने छाँटको; फोस्रो।
62073 फोस्य्राउनु प्रे.क्रि. फोस्रो पार्नु; फोसिन लाउनु।
62074 फोस्य्राहट ना. फोस्रिने भाव, क्रिया वा स्थिति; फोस्य्राइ।
62075 फोस्य्राहा वि. सारहीन; फोसो।
62076 फोहर वि. १. सफा नभएको; मैलो; फोहोर।
62077 फोहर वि. २. घिनलाग्दो; मन नपर्दो।
62078 फोहर वि. ३. लाजभाँडको; अश्लील।
62079 फोहर वि. ना. ४. गुहु आदि मल; विष्टा।
62080 फोहर वि. ५. घिनलाग्दो वस्तु; दुर्गन्धित वस्तु।
62081 फोहरा ना. हे. फुहारा।
62082 फोहारी वि. हे. फोहोरी।
62083 फोहोर ना. सफा नभएको; फोहर।
62084 फोहोरा ना. फुहारा; फोहरा।
62085 फोहोरी वि. १. फोहोर गर्ने; सफा-सुग्घर नगर्ने।
62086 फोहोरी वि. २. अशुद्ध; अपवित्र।
62087 फोहोरी वि. ३ अश्लील; लाजभाँड।
62088 फोहोरी वि. ४. मैलो; मलिन।
62089 फोहोरी वि. ५. थुकथुकी लाग्ने; घिनलाग्दो।
62090 फौज ना. १. सेना; पल्टन।
62091 फौज ना. २. हुल; जमात; समूह।
62092 फौजदार ना. पहिले पहिले फौजदारीसम्बन्धी मुद्दामामिला हेर्ने र मालपोत उठाउने काममा समेत नियुक्त हुने जिल्ला तहको एक प्रहरी अधिकारी।
62093 फौजदारी वि. १. मारपिट, चोरी, डकैती आदि अपराधको न्यायिक कारवाही गरिने कुरासँग सम्बन्धि।
62094 फौजदारी वि. ना. २. त्यस्तो मुद्दामामिला हेर्ने अदाल।
62095 फौजदारी वि. ३. चोरी-डकैती, मारपिट, ज्यान आदिको कुनै घटना वा मुद्दा।
62096 फौजदारी अदालत ना. लिखित रूपमा परेका कारबाईका निम्ति आएका फौजदारी मुद्दाहरूको पुर्पक्ष तथा ठहर गर्ने ठाउँ।
62097 फौजदारी कानुन ना. चोरी-डकैती, कुटपिट, ज्यानखुन आदिका मुद्दामा प्रयोग गरिने तथा सजायको व्यवस्था उल्लेख भएको कानुन।
62098 फौजदारी प्रक्रिया ना. लुटपिट, खुन आदि वा सरकारवादी हुने मुद्दामामिलाहरू हेर्ने, निर्णय गर्ने र बात लागेका व्यक्तिलाई दण्ड दिलाउन कारबाई गर्ने कानुनी विधि।
62099 फौजदारी मच्चाउनु स.क्रि. मारपिट, चोरीडकैती आदि कार्य गर्नु वा गराउनु।
62100 फौजी वि. फौजसम्बन्धी, सैनिक।