Dictionary

All Word

62001 फोक्से वि. १. फोक्सो झैँ फुलेको।
62002 फोक्से वि. २. सुनिएर पहेँलो देखिएको।
62003 फोक्से वि. ३. रगतविनाको मासु लागेर गाला पुक्क परेको।
62004 फोक्से वि. ना. ४. बाक्लो बोक्रा हुने कालीज्यामिरका आकारको तर निकै ठुलो, पाक्ता राता बिजुला हुने, काँचैमा अमिलो र पाक्ता गुलियो हुने क प्रकारको फल; टाप।
62005 फोक्से माया ना. देखावटी माया।
62006 फोक्से मासु ना. सिकिस्त भएर उठेपछि लागेको रगतविनाको मासु।
62007 फोक्से सास ना. फोक्सोबाट निस्कने र भाषिक ध्वनिको उच्चारणमा सहायता पुऱ्याउने सास।
62008 फोक्से सिँगान ना. नाकबाट हत्तपत्त नझर्ने फिँजैफिँज भरिएको बाक्लो सिँगान।
62009 फोक्सो ना. प्राणीको छातीभित्र रहेको सास फेर्ने मुख्य अवयव; फुप्फुस।
62010 फोगट वि. कुनै काममा पनि नआउने; बेकामे; व्यर्थको; निरर्थक; फोकट।
62011 फोगटा ना. हे. फोगटो।
62012 फोगटाफोगटी ना. सानाठुला फोगटाहरूको समूह।
62013 फोगटिया वि. कुनै काममा नआउने; विनाकामको; व्यर्थको।
62014 फोगटो ना. सानो आँठो वा आली लगाई बनाइएको, खेतको सानो गरो वा पाटो; फगटो।
62015 फोगल्टो ना. १. अर्थ न बर्थको काम-कुरो; बेकारको वस्तु।
62016 फोगल्टो ना. २. भित्र चामल नपसेको फोस्रो धान; पोगटो।
62017 फोगिन वि. माग्ने कामबाट जीवन धान्ने; अकिञ्चन; मगन्ते।
62018 फोटो ना. आधुनिक वैज्ञानिक प्रक्रियाद्वारा क्यामराले खिचेको तस्बिर; छायाचित्र।
62019 फोटोग्राफ ना. फोटो।
62020 फोटोग्राफर ना. फोटोकार; छविकार।
62021 फोटोग्राफी ना. फोटो खिच्ने कला वा विद्या; फोटोविज्ञान।
62022 फोटो लिथो ना. फोटोग्राफीसम्बन्धी यन्त्रबाट निकालिने नकल प्रति।
62023 फोटो कपी ना. प्रतिच्छवि; प्रतिकृति चित्र।
62024 फोड्नु स.क्रि. हे. फोर्नु।
62025 फोडफाड ना. फोरफार।
62026 फोडा ना. गर्मीयाममा रक्तविकारबाट उच्छ्रने खटिरो।
62027 फोडाइ ना. फोड्ने क्रिया वा प्रक्रिया।
62028 फोडाइनु क.क्रि. फोड्न लगाइनु; फोराइनु।
62029 फोडाउनु प्रे.क्रि. फोड्न लगाउनु; फोराउनु।
62030 फोडाफोड ना. फोराफोर।
62031 फोडिनु क.क्रि. फोड्ने काम गरिनु; फोरिनु।
62032 फोडुवा वि. फोरुवा; फोडिएको; टुक्रा पारिएको (सुपारी आदि)।
62033 फोन ना. १. टाढाका मानिसले परस्पर दुईतिरबाट वार्तालाप गर्ने यन्त्र; टेलिफोन।
62034 फोन ना. २. फोनोग्राफ।
62035 फोनोग्राफ ना. रेकर्डमा भरिएका गानाबजाना बजाउने यन्त्र; ग्रामोफोन।
62036 फोर्नु स.क्रि. १. सिङ्गो वस्तुलाई दुई फ्याक पार्नु; फुटाल्नु; फोड्नु।
62037 फोर्नु स.क्रि. २. चिर्नु; फटाउनु।
62038 फोर्नु स.क्रि. ३ छुट्ट्याउनु; अलग पार्नु।
62039 फोर्नु स.क्रि. ४. कुनै समूहलाई दुई समूहमा विभाजित गर्नु।
62040 फोर ना. गोरु, राँगा आदिले तान्ने गाडीका वारपार पुग्ने लामा र मुख्य काठ।
62041 फोरफार ना. १. फोर्ने र फार्ने काम।
62042 फोरफार ना. २. बिगार्ने वा भत्काउने काम।
62043 फोरफार ना. ३.नाश गर्ने काम; ध्वंस गर्ने काम।
62044 फोरबाँस ना. १. फोरेर भाटा वा चिम बनाउने खालको बाँस।
62045 फोरबाँस ना. २. पोरो बनाउन हुने बाँस।
62046 फोरम्यान ना. कारखानाका काममा अरूलाई निर्देशन गर्ने नाइके।
62047 फोराइ ना. फोर्ने क्रिया वा प्रक्रिया।
62048 फोराइनु क.क्रि. फोर्न लाइनु; फोडाइनु।
62049 फोराउनु प्रे.क्रि. फोर्न लाउनु; फोडाउनु।
62050 फोराफोर ना. परस्परमा एक अर्काका सामान वा टाउका फोड्ने काम; फोडाफोड।