Dictionary

All Word

61901 फेद टुप्पो ना. २. पहाड आदिको फेद र टुप्पो।
61902 फेद टुप्पो ना. ३. किताब आदिको सुरु र अन्।
61903 फेदाङ्मा ना. लिम्बूजातिका घरका देवीदेवताको पूजा गर्ने र शुभकार्य समापन गर्ने तथा हरेक धार्मिक कार्य सम्पन्न गराउने जातीय पुरोहि।
61904 फेदी ना. १. पहाडको तल्लो भाग; पुछार।
61905 फेदी ना. २. उपत्यका; बेसी।
61906 फेदी ना. ३. एक बाली लिइसकेपछि ठुटाबाट नै उम्रने अर्को बाली।
61907 फेन ना. फिँज; गाज।
61908 फेनक ना. फिँज; फेन।
61909 फेनिल वि. फेन वा फिँज भएको; फेनयुक्।
61910 फेब्रुअरी ना. ग्रेगोरी पात्रोअनुसार सामान्य रूपले अट्ठाइस दिन हुने, वर्षको दोस्रो महिना; माघ र फागुनका बिचमा पर्ने इस्वी महिना; फरबरी।
61911 फेब्रुअरी ना. (प्रत्येक चार वर्षमा यो महिना उनन्तिस दिनको हुन्छ)।
61912 फेम्मर ना. दुलाहाका तर्फबाट दुलहीका माइतीमा लगिने प्रथाअनुसारका मालसामान।
61913 फेर्नु स.क्रि. १. कुनै एकसँग अर्को साट्नु वा बदल्नु; सट्टापट्टा गर्नु; परिवर्तन गर्नु।
61914 फेर्नु स.क्रि. २. उल्टो पार्नु; उल्टाउनु।
61915 फेर्नु स.क्रि. ३. बदला लिनु; साटो फेर्नु।
61916 फेर्नु स.क्रि. ४. जपमाला घुमाउनु।
61917 फेर्नु स.क्रि. ५. घोडा आदिलाई मण्डलाकार गतिमा घुमाउनु; कावा खुवाउनु।
61918 फेर्नु स.क्रि. ६. दिसा-पिसाब त्याग गर्नु; मलमूत्रादि छाड्नु।
61919 फेर १ क्रि.वि. फेरा; पटक; पल्ट।
61920 फेर २ ना. १. कुनै विषयमा पाइने फरक; अन्तर; भेद।
61921 फेर २ ना. २. उल्टो; विपरी।
61922 फेर २ ना. ३. छल; कपट; बखेडा।
61923 फेर २ ना. ४. उलट- पलट; हेरफेर; फेरबदल।
61924 फेर २ ना. ५. परिवर्तन; दिनदशा बदलिएको स्थिति।
61925 फेर ३ ना. १. वरिपरि घुमेको स्वरूप; फेरो; चक्कर।
61926 फेर ३ ना. २. मयलपोस, कमिज आदिका कम्मरमुनिको चारैतिरको भाग।
61927 फेर ३ ना. ३. स्त्रीजातिले पटुका बाँध्दा वा सारी लाउँदा छोडिने किनारा वा छेउ।
61928 फेरकल्ली ना. विवाहिता नारीलाई एकभन्दा बढी पुरुषले जारी तिरेर ल्याउने क्रिया।
61929 फेरफन्द ना. १. कुनै कठोर परिस्थितिमा पर्ने काम; चक्करमा रुमलिने क्रिया।
61930 फेरफन्द ना. २. कसैको छलकपट, जालसाज आदिमा पर्ने काम।
61931 फेरफार ना. १. कुनै विषयको परिवर्तन वा हेरफेर; अदलीबदली; सट्टापट्टा।
61932 फेरफार ना. २. लुगाफाटो आदि बदल्ने वा फेर्ने काम।
61933 फेरफार ना. ३. त्यस्तो फेर्ने लुगाफाटा आदिको जगेडा।
61934 फेरल नियम ना. उत्तरी गोलार्द्धमा दायाँपट्टि र दक्षिणी गोलार्द्धमा बायाँपट्टि वायु मोडिएर बहने नियम।
61935 फेरहानी ना. घुमन्ता बेपारीलाई लाग्ने दस्तुर।
61936 फेरा क्रि.वि. पटक; पल्ट; बाजि; चोटि ; फेर।
61937 फेराइ ना. फेर्ने क्रिया वा प्रक्रिया।
61938 फेराइनु क.क्रि. फेर्न लाइनु, बदलाइनु।
61939 फेराउनु प्रे.क्रि. फेर्न लाउनु; बदलाउनु।
61940 फेरि क्रि.वि. १. अर्को पटक; दोस्रोपल्ट।
61941 फेरि क्रि.वि. २. अरू पनि; अझै।
61942 फेरिनु क.क्रि. १. फेर्ने काम गरिनु; बदलिनु।
61943 फेरिनु क.क्रि. अ.क्रि. २. मोटाउँदै जानु; बलियो हुनु।
61944 फेरी १ ना. १. गोरख - मतानुयायी फिरन्ता साधुहरूले भूतप्रेत आदिका प्रकोपबाट लोककल्याण गर्न राती घरघरमा घुमेर हरिणका सिङको बाजा बजाउँदै हिँड्ने काम।
61945 फेरी १ ना. २. व्यापारीहरूले माल लिई बिक्री गर्न यताउति घुमफिर गर्ने काम।
61946 फेरी १ ना. ३. कुनै स्थानको वरिपरि घुम्ने क्रिया; प्रदक्षिणा।
61947 फेरी २ ना. १. नाउ, डुङ्गा आदिद्वारा वारपार गर्ने ठाउँ; नदी तर्ने घाट।
61948 फेरी २ ना. २. घाटमा नाउ, डुङ्गा आदि चलाउने ठेक्का।
61949 फेरी २ ना. ३. नदी आदि तर्नका निम्ति प्रयोग गरिने उपकरण।
61950 फेरुवा वि. १. फेरिने स्वभावको; फेरिएको।