Dictionary

All Word

61851 फुस्स्याइ ना. फस्सिने क्रिया वा प्रक्रिया।
61852 फुस्स्याइनु क.क्रि. फुस्सा पारिनु; फुस्सिन लाइनु।
61853 फुस्स्याउनु प्रे. क्रि. फुस्सा पार्नु; फुस्सिन लाउनु।
61854 फुस्स्याहट ना. फुस्सिने भाव, क्रिया वा प्रक्रिया।
61855 फुहारा ना. पोखरीमा जडेका पाइपबाट माथिसम्म पुग्ने गरी वेगसित निस्केको पानीको ठुलो सिर्का; फोहरा।
61856 फू क्रि.वि. हे. फु।
61857 फूँ क्रि.वि. १. रिसाएका वा जुध्न निउँ खोजेका गाईबस्तुले नाकबाट वेगले सास निकाल्दा शब्द आउने गरी।
61858 फूँ क्रि.वि. २. सर्पले फुत्कार्दा आवाज निस्कने किसिमले।
61859 फूँ क्रि.वि. ना ३. त्यस प्रकारको शब्द वा आवाज।
61860 फूत्कार ना. १. गाईबस्तु रिसाएर वा जुध्नका निमित्त निउँ खोज्दा नाकबाट वेगसित सास निकाल्दा उत्पन्न हुने शब्द।
61861 फूत्कार ना. २. सर्पको फुङ्कार।
61862 फूल ना. १. बोटबिरुवामा फल लाग्नुभन्दा पहिले निस्कने मनोहर एवं सुकोमल अङ्ग; फुलेको कोपिलो; पुष्प; कुसुम; सुमन; प्रसून।
61863 फूल ना. २. रज; ऋतु (जस्तो- आङको फूल फुलिसक्यो )।
61864 फूल ना. ३. मकै, धान, जुनेलो आदि भुट्ता विकसित भएको स्वरूप; लावा।
61865 फूल ना. ४. स्त्रीजातिले टाउकामा लगाउने, सुनको चेप्टो, पातलो र वृत्ताकार गहना; शिरफूल।
61866 फूल ना. ५. ल्वाङका टुप्पामा फुकेर रहेको फस्को अंश; ल्वाङको गोटा।
61867 फूलकपास ना. पाँच-छ महिनामा पाक्ने वा फुल्ने कपास; फुट्टा कपास।
61868 फूलगोभी ना. फूलकोपी।
61869 फूलजडी/झडी/झरी ना. फूलका आकारका झल्का निस्कने एक प्रकारको आतसबाजी।
61870 फूलदान/दानी ना. शोभाका निमित्त फूलहरूको गुच्छो राख्ने काँच, धातु, माटो आदिको भाँडो।
61871 फूलपाती ना. १. फूल र पा।
61872 फूलपाती ना. २ आश्विन शुक्ल सप्तमीको दिन।
61873 फूलपाती ना. ३. उक्त दिन दुर्गापूजाका निमित्त भित्र्याइने पत्र, पुष्प आदि।
61874 फूलप्रसाद ना. कुनै शुभ कार्य, यज्ञ आदिमा वा देउदेउतालाई चढाइएको फूल, अछेता, नैबेद आदि।
61875 फूलबारी ना. फूल रोपिने वा फूल भएको बगैँचा।
61876 फेँक्नु स.क्रि. हे. फ्याँक्नु।
61877 फेँकाइ ना. फेँक्ने क्रिया वा प्रक्रिया।
61878 फेँकाइनु क.क्रि. फेँक्न लाइनु।
61879 फेँकाउनु प्रे. क्रि. फेँक्न लाउनु।
61880 फेँकिनु क.क्रि. फेँकने काम गरिनु।
61881 फेका ना. भाषण, नाचगान आदिको समाप्तिमा दिइने प्रशंसासूचक ताली।
61882 फेचो ना. १. तेल पेल्नका निम्ति तयार पारिएको फुलो माड्ने काम।
61883 फेचो ना. २. तेल पेल्ने कोल।
61884 फेट्नु स.क्रि. १. तरल पदार्थमा बिलाउने खालको कुनै चूर्ण पदार्थ हालेर घोल्नु; फिट्नु; फाउनु।
61885 फेट्नु स.क्रि. २. तासका पत्तीहरू तलमाथि पर्ने गरी फिट्नु।
61886 फेट ना. १. वरिपरि लगाइएको वा उठाइएको घेरो; गिर्दा।
61887 फेट ना. २. मानिसहरूका बस्तीको एक समूह; टोल।
61888 फेटा ना. १. टोपीको सट्टा फेरो पारेर शिरमा बेरिने कपडा।
61889 फेटा ना. २. एक प्रकारको पगरी; पाग; साफा।
61890 फेटाइ ना. फेट्ने क्रिया वा प्रक्रिया।
61891 फेटाइनु क.क्रि. फेट्न लाइनु।
61892 फेटाउनु प्रे.क्रि. फेट्न लाउनु; फिटाउनु।
61893 फेटिनु क.क्रि. फेट्ने काम गरिनु; फिटिनु।
61894 फेत ना. कविता वा श्लोकको पहिलो पाउ वा चरण; एक पङ्क्ति।
61895 फेत्तु ना. पेटेभोटो।
61896 फेद ना. १. रुखको जराभन्दा माथिल्लो तथा हाँगा लाग्नुभन्दा तल्लो भाग।
61897 फेद ना. २. पहाडका पुछार वा उकालो लाग्ने ठाउँको जमिन।
61898 फेद ना. ३. गाजर, मुला आदिको साग पलाउनेपट्टिको भाग।
61899 फेद ना. ४. पुस्तक आदिको सुरुको भाग।
61900 फेद टुप्पो ना. १. रुख आदिको फेद र टुप्पो।