Dictionary

All Word

62401 बग्नु स.क्रि. १. पानी आदि पन्यालो वस्तु तलतिर सर्दै जानु; प्रवाहित हुनु; बहनु।
62402 बग्नु स.क्रि. २. बग्दो पानीका साथसाथै जानु; प्रवाहका साथमा हेलिनु।
62403 बग्नु स.क्रि. ३. कुनै रुख आदि वस्तुबाट लेस्याइलो वा तरल पदार्थ निस्कनु।
62404 बग्नु स.क्रि. ४. तरल पदार्थ धाराको रूपमा निस्कनु।
62405 बग्नु स.क्रि. ५. चिप्लिएर सर्नु।
62406 बग्नु स.क्रि. ६. हावा लाग्नु।
62407 बग्नु स.क्रि. ७. सर्प आदि घसनु।
62408 बग्नु स.क्रि. ८. अर्काका बहकाउमा लाग्नु; बहकिनु।
62409 बगडा वि. धान उसिनेर कुटिएको; पठुवा (चामल)।
62410 बगडी ना. बगर; खोला, नदी आदिको किनार।
62411 बगम्फुस वि. हे. बकम्फस।
62412 बगम्फुसे वि. बकम्फुसे।
62413 बगर ना. १. नदीका दायाँबायाँ रहेको बलौटे जमिन; बलौटे वा ढुङ्गेन जमिन।
62414 बगर ना. २. खोलाले छाडेको बलौटे जग्गा।
62415 बगरल्ल क्रि.वि. बग्रेल्ती।
62416 बगरिलो वि. बगरैबगर भएको।
62417 बगरे वि. बगरजस्तो; बगरको।
62418 बगरे ना. हे. बकरे।
62419 बगरेठ ना. नदीले बगाएर ल्याई बगरमा थुपारेका काठको समूह।
62420 बगऱ्यान ना. बगर भएको ठाउँ; बगरको जमिन।
62421 बगऱ्याल्ल क्रि.वि. चारैतिर छरिने गरी; बग्रेल्ल बग्रेल्ती बगरल्ल बगरल्ल।
62422 बगल ना. १. काखी; कोखो; पार्श्व।
62423 बगल ना. ना. यो. २. नजिक; समीप; निकट।
62424 बगल ना. क्रि.वि. ३. वरिपरि छेउछाउ आसपास; अगल-बगल।
62425 बगलामुखी ना. तन्त्रका अनुसार शत्रुको वाक्शक्ति बन्द गर्नाका निम्ति आराधना गरिने एक प्रसिद्ध देवी; दशमहाविद्यामध्ये एक।
62426 बगलामुखी स्तोत्र ना. निजदेवीको स्तुति।
62427 बगलामुखी स्तोत्र ना. तुल्याउने चेप्टो साधन।
62428 बगली ना. कोट; इस्टकोट आदिका अगाडिपट्टि बाहिर-भित्र र पेन्ट आदिका पछाडि र अगाडि कम्मरमुनि पैसा; कलम आदि राख्नका निम्ति बनाइएको थैलोजस्तो वस्तु; गोजी; खल्ती जेब पाकेट।
62429 बगलीमारा ना. बगलीमा राखिएको रुपियाँपैसा चोर्ने व्यक्ति; पाकेटमारा।
62430 बगलीकोश ना. खल्तीमा अट्ने कोश।
62431 बगलीखर्च ना. दैनिक खर्च पाकेट खर्च।
62432 बगाइ ना. बग्ने क्रिया वा प्रक्रिया।
62433 बगाइनु क. क्रि. बग्न लाइनु; बग्ने पारिनु।
62434 बगाउनु प्रे. क्रि. १. बग्न लाउनु बग्ने पार्नु प्रवाहित गर्नु।
62435 बगाउनु प्रे. क्रि. २. जलप्रवाहका साथसाथै कुनै वस्तु पठाउनु।
62436 बगाउनु प्रे. क्रि. स.क्रि. ३. कसैलाई सापट दिएको वस्तु फिर्ता लिन नसक्नु।
62437 बगाउनु प्रे. क्रि. ४. बेकाममा धेरै खर्च गर्नु; धन उडाउनु।
62438 बगान ना. चियाखेती गरिएको जग्गा वा बारी; बगैँचा।
62439 बगाने वि. १. बगानमा काम गर्ने।
62440 बगाने वि. २. बगानमा बस्ने।
62441 बगाल ना. १. पशुहरूको हाँच वा समूह; बथान।
62442 बगाल ना. २. सिपाहीका लस्कर वा ताँती।
62443 बगाल छोडाउनी ना. गाईभैंसी बेच्दा किन्ने व्यक्तिले गोठालालाई दिने दस्तुर।
62444 बगालिनु अ.क्रि. १. बगालमा मिलेर हिँड्नु।
62445 बगालिनु अ.क्रि. २. बिहिलिनु; बाटो बिराउनु।
62446 बगालिनु अ.क्रि. ३. भालेपोथी मिसिनु।
62447 बगाले वि. १. ठुलो बगाल हुने; धेरै पाठापाठी जन्माउने (बाखी; भेडी इ.)।
62448 बगाले वि. २. बगालमा हिँड्ने वा बस्ने।
62449 बगाले वि. ३. बगालसँग सम्बन्धित; बगालको।
62450 बगाले थापा ना. थापाको एक उपभेद (भीमसेन थापाको थर)।