Dictionary

All Word

66351 बोलीवचन ना. २. बोलचाल वा कुराकानी गर्ने तरिका।
66352 बोलैया वि. धाराप्रवाह रूपमा मिठो र तर्कसङ्गत कुरा बोल्न सक्ने खुलेर बोल्ने; बोलक्कड।
66353 बोसी ना. काठ चिर्ने ताछ्ने काम गर्ने जाति वा व्यक्ति।
66354 बोसे वि. बोसोसम्बन्धी धेरै बोसो भएको।
66355 बोसे आन्द्रो ना. पेटमा बोसो धेरै टाँसिएर रहने एक आन्द्रो।
66356 बोसो ना. प्राणीको शरीरभित्र रहने सेतो र चिल्लो पदार्थ; मेद।
66357 बोसे बोस्याइलो वि. धेरै बोसो भएको; चाहिँदो बोसो भएको।
66358 बोहरी ना. १. ससाना कुनादार पात हुने; सेता फूल फुल्ने; मसिना काला दाना फल्ने; फूलको तर्कारी; अचार आदि खाइने एक जातको रुख।
66359 बोहरी ना. २. बाजका छाँटको एक प्रकारको हिंसक पक्षी।
66360 बोहारिक ना. पहिलेपहिलेका न्यायविभागको कुनै कर्मचारी।
66361 बोहोतो ना. प्राय: सालका हरिया पात सिन्काले खुटेर गाँसिने; चार कुना परेको वा बाटुलो ठुलो दुनु; बोतो।
66362 बौंडाई ना. घाम डुबेपछि नाच्न थाल्ने सारौंका छाँटको एक जातको चरो; बेसारे चरो।
66363 बौद्ध वि. १. बुद्ध वा बुद्धिसम्बन्धी; बौद्धिक।
66364 बौद्ध वि. ना. २. बुद्धधर्मको अनुयायी वा त्यो धर्म मान्ने सम्प्रदाय।
66365 बौद्ध वि. ३. काठमाडौंको पूर्वोत्तरमा चावहिल नजिकै रहेको एक प्रसिद्ध स्तूप।
66366 बौद्ध धर्म ना. बुद्धले चलाएको धर्म; बुद्धधर्म।
66367 बौद्ध धाम ना. १. बौद्धमार्गीहरूको तीर्थस्थल।
66368 बौद्ध धाम ना. २. दार्जीलिङमा रहेको प्रसिद्ध स्तूपको नाम।
66369 बौद्ध भिक्षु ना. बौद्ध धर्म ग्रहण गरी भिक्षुरूप धारण गरेको व्यक्ति।
66370 बौद्ध मत ना. बुद्धले चलाएको मत; बौद्ध सम्प्रदाय।
66371 बौद्धिक ना. १. बुद्धिबाट हुने; बुद्धिसम्बन्धी; बुद्धिको।
66372 बौद्धिक ना. २. बुद्धिद्वारा ग्रहण गरिन योग्य।
66373 बौद्धिकता ना. बौद्धिक हुनाको भाव वा अवस्था।
66374 बौरनु अ.क्रि. १. विचेत अवस्थाबाट चेतमा आउनु होस फर्कनु; बिउँतनु।
66375 बौरनु अ.क्रि. २. मरेमरेजस्तो भइसकेर बाँच्नु।
66376 बौर ना. . भुटेको जौ।
66377 बौरा ना. दिउसोको खाना दिवाभोजन।
66378 बौराइ ना. बौरने क्रिया वा प्रक्रिया।
66379 बौराइनु क.क्रि. बौरने पारिनु; बिउँताइन्।
66380 बौराउनु प्रे. क्रि. बौरने पार्नु; बिउँताउनु।
66381 बौर अ.क्रि. बिउँति।
66382 बौलट्टी ना. बौलाहाको छाँट; पागलपन।
66383 बौलाइ ना. बौलाउने क्रिया वा प्रक्रिया।
66384 बौलाइनु अ.क्रि. बौलाहा होइनु।
66385 बौलाउनु अ.क्रि. हे. बहुलाउनु।
66386 बौलाहा वि. बौलाएको; बहुला; पागल; सिल्लड; छटाहा।
66387 बौलाही वि. बौलाएकी; बहुलाई; छँटाही; पगली।
66388 बौस्या ना. लोग्ने; पति।
66389 ब्यहोरा ना. हे . बेहोरा।
66390 ब्याँगे ना. ड्याङपाटा।
66391 ब्याँगे कमिलो ना. रुखका पातमा पोको परेर बस्ने; चिल्ने खालको पहेँलो कमिलो; ब्याँगे।
66392 ब्याँलो क्रि.वि. हे. बियाँलो।
66393 ब्याँसी ना. बेंसी।
66394 ब्याइ ना. ब्याउने क्रिया वा प्रक्रिया; बियाइ।
66395 ब्याइता वि. बिहे गरेर भित्र्याइएकी (स्वास्नी); बिहाइता; विवाहिता।
66396 ब्याइते वि. बिहाइते; ब्याइता।
66397 ब्याइनु अ.क्रि. बियाइनु।
66398 ब्याउँदो वि. बियाउँदो।
66399 ब्याउनु अ.क्रि. बियाउनु।
66400 ब्याग ना. छाला; कपडा आदिले बनेको सानो थैलो वा झोला।