Dictionary

All Word

66251 बोझो ना. सिमसार जमिनमा उम्रने; अदुवाका जस्ता लामा-लामा पात र घोगाका आकारका फूल हुने; गन्धवाला कन्द फल्ने; औषधीमा प्रयुक्त हुने एक झार; बोजो।
66252 बोट ना. १. प्रायः फलफूल; अन्नपात आदिको सानोतिनो रुख; पोथ्रो; बिरुवा।
66253 बोट ना. २. रुख; वृक्ष।
66254 बोट ना. ३. मूलधन; साउँ; जिलो।
66255 बोट ना. ४. वंशका प्रथम पुरुष; आमाबाबु।
66256 बोट धयेंरो ना. अम्बाका जस्ता खसा कुप्रा पात हुने; खैरा खालका सेता फूल फुल्ने; काला सिलटिमुरजत्रा फल फल्ने; सरकारले रोक्का गरेका तेह्र जातमध्ये एक जातमा पर्ने; पहेँलो भावको सेतो चुरो हुने बलियो एक वृक्ष।
66257 बोट धयेंरो ना. बोट न बिरुवा नौ मुरी तोरी ( उखान )।
66258 बोटी ना. १. खेतीमा उब्जेको मोही र तल्सिङले पाउने हरेक भाग।
66259 बोटी ना. २. भाग; खण्ड; अंश।
66260 बोटे ना. घाटमा डुङ्गा खियाउने व्यक्ति माझी।
66261 बोडी ना. रङ-रङका फूल फुल्ने तरकारी जातको लहरोविशेष र त्यसै लहरामा फल्ने लामालामा कोसा वा कोसाभित्रको दलहन अन्न।
66262 बोडी ना. १. पुरानो नापतौलको प्रणालीअनुसार धार्नीको आठौं भाग नेपाली तौलको न्यूनतम मात्रा (२.५ पोलको मात्रा)।
66263 बोतल ना. लामो खालको ठुलो सिसी।
66264 बोतलची वि. बोतलबाज।
66265 बोतल बाज वि. रक्सीबाज; रक्स्याहा; बोतलची।
66266 बोता ना. उँटको बच्चो।
66267 बोतो ना. हे. बोहोतो।
66268 बोद्धव्य वि. बुझ्नु वा जान्नुपर्ने; ज्ञातव्य।
66269 बोद्धा वि. सुनेको वा पढेको कुरा बुझ्न सक्ने; जान्ने (व्यक्ति)।
66270 बोध ना. १. सुनेर; पढेर बुझ्ने क्षमता वा सिप; जान्ने वा • बुझ्ने काम; समझ; ज्ञान; जानकारी।
66271 बोध ना. २. सान्त्वना; धैर्य।
66272 बोधक वि. बोध वा ज्ञान गराउने; बुझाउने जनाउने।
66273 बोधगम्य वि. बुझ्न सकिने वा समझमा आउने सजिलो।
66274 बोधन ना. १. बोध वा ज्ञान गराउने काम बुझाउने काम।
66275 बोधन ना. २. जाग्रत् गराउने काम; बिउँझाइ।
66276 बोधनीय वि. बोध वा ज्ञान गराउन योग्य; बुझाउन लायक।
66277 बोधयिता वि. बुझाउने; बोधक।
66278 बोधात्मक वि. बोध नै मूल रूपमा रहेको; बोध वा अनुभवद्वारा जानिबुझिने बोधक्रियाका माध्यममा आउने।
66279 बोधात्मकता ना. बोधात्मक हुनाको भाव; गुण वा विशेषता।
66280 बोधार्थ वि. कुनै कामकुराको विषय वा प्रगतिको अवगतका निम्ति पाउनेबाहेक सम्बन्धित अङ्ग वा व्यक्तिलाई त्यही प्रतिमा तल जनाई छुट्टै पठाइने (पत्र)।
66281 बोधार्थ वि. क्रि.वि. २. जानकारीका निम्ति; सम्झौटोका रूपमा।
66282 बोधि ना. १. ज्ञानप्राप्तिका निम्ति तल्लीन हुने समाधिको एक भेद।
66283 बोधि ना. २. बोधिवृक्ष।
66284 बोधित वि. १. बोध गराइएको; बुझाइएको।
66285 बोधित वि. २. बोध भएको; प्रबुद्ध।
66286 बोधितव्य वि. १. बोध गराउन उचित वा योग्य; बुझाउन लायक।
66287 बोधितव्य वि. २. बिउँझाउन योग्य वा मनासिब।
66288 बोधिवृक्ष ना. भारतको बिहार राज्यअन्तर्गत 'गया' भन्ने स्थानमा रहेको प्रसिद्ध पिपलको बोट; जुन बोटमुनि सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेका थिए भनिन्छ।
66289 बोधिवृक्ष ना. २. पिपलको बोट।
66290 बोधिसत्त्व ना. बुद्ध बन्ने अधिकारी भइसकेको तर बुद्धत्वप्राप्ति नभएको व्यक्ति।
66291 बोधो वि. १. मोटो बुद्धि भएको भनेको कुरो झट्ट नबुझ्ने।
66292 बोधो वि. २. धार नभएको; भुत्ते ( हतियार)।
66293 बोधो वि. ३. बेछाँटको भद्दा।
66294 बोध्य वि. बुझ्नुपर्ने; जान्न वा थाहा पाउन योग्य।
66295 बोन ना. हे. पोन।
66296 बोनस ना. १. लाभांश।
66297 बोनस ना. २. पुरस्कार इनाम।
66298 बोम्बाबारी ना. मुगीका जस्ता पात र आकर्षक फूल हुने; कोसामा फल्ने एक जातको बुटी।
66299 बोर्नु स.क्रि. १. पानी; भातभान्सा आदिको लसपसमा पार्नु; बोर्ने काम गर्नु।
66300 बोर्नु स.क्रि. २. खराब कामकुरा वा कसुर हुने काममा फसाउनु; सरोबर पार्नु; मुछ्नु।