Dictionary

All Word

66151 बैठक ना. ३. देवप्रतिमाहरू बसाउने आसन।
66152 बैठक ना. ४. भाँडाकुँडा आदिको भुईंमा टेकिने पिँधको घेरो।
66153 बैठक विवरण ना. सभासमिति आदिको बैठकमा भएका छलफल; निर्णय आदिको बेहोरा।
66154 बैठकी ना. लगातार उठबसको अभ्यास गर्ने कसरतविशेष।
66155 बैठके ना. बैठक सजाउने वा बैठकको सरसफाइसम्बन्धी काम गर्ने नोकर।
66156 बैठाई क्रि.वि. मारेर मिति पुऱ्याएर (दिव्य.)।
66157 बैठान ना. १. उठान भएको कुरो पूरा गर्ने काम; टुङ्गो समाप्ति।
66158 बैठान ना. २. रहने ठाउँ; ठेगान; स्थिति।
66159 बैठान ना. बैठान कर अन्य देशको विमान आफ्नो देशको विमानस्थलमा आई बसेकोमा लाग्ने कर।
66160 बैठ्याइ ना. बैठ्याउने काम वा किसिम।
66161 बैठ्याइनु क.क्रि. बैठ्याउने काम गरिनु।
66162 बैठ्याउनु स.क्रि. १. उठ्नै नसक्ने गरी पिट्नु बजाउनु ठोक्नु।
66163 बैठ्याउनु स.क्रि. २. मिति पुऱ्याउनु; मार्नु।
66164 बैठ्याउनु स.क्रि. ३. मजैसित धनमाल हातलागी गर्नु।
66165 बैठ्याउनु स.क्रि. ४. खुब खानु।
66166 बैतडी ना. नेपालको सुदूर पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने महाकाली अञ्चलको एक पहाडी जिल्ला।
66167 बैतर्नी ना. यमलोक जाँदा बिचमा तर्नुपर्ने भनिएको दुस्तर नदी वैतरणी।
66168 बैता ना. नाउमा चढेर जाने काम।
66169 बैदार ना. हे. बहीदार।
66170 बैदारी ना. बैदारको काम।
66171 बैना ना. किन्ने; बनाउने आदि कामकुराको पक्कापक्की तथा विश्वासका निम्ति पहिले नै दिइने रकम अग्रिम मूल्य पेस्की।
66172 बैनापत्र ना. बैना वा बैनाबट्टा गरिएको काग।
66173 बैना बट्टा ना. घरजग्गा आदि खरिदबिक्री गर्दा लिनेदिनेका बिचमा कुरा मिलेपछि पक्का गर्न दिइने अग्रिम मूल्य; पेस्की रकम।
66174 बैनी ना. बहिनी; भगिनी।
66175 बैनी जुवाइँ / ज्वाइँ ना. बहिनीको लोग्ने बहिनी - जुवाइँ।
66176 बैनेउलो वि. बैनीसँग सम्बन्धित बैनीको।
66177 बै जुवाइँ / ज्वाइँ ना. बैनीजुवाइँ; बैनीज्वाइँ।
66178 बैनेउलो ना. दिदीबहिनीको छोरो; सानीआमा वा ठुलीआमाको छोरो।
66179 बैड ना. बादशाही बाजा; बेन।
66180 बैयुँकेरा ना. मालभोग केराको जस्तै बास्ना आउने; लामा र ठुला कसा हुने एक जातको केरा।
66181 बैरङ चिठी ना. टिकटविना पठाइएको र पाउनेले नै टिकटखर्च बेहोर्नुपर्ने चिठी।
66182 बैल ना. बयल; गोरु।
66183 बैलगाडा ना. बैलले तान्ने गाडा।
66184 बैलगाडी ना. बैलगाडी।
66185 बैला वि. यौवन परिपक्व भएर पनि गर्भधारण नगर्ने; सन्तान नजन्माउने; कहिल्यै नबियाउने; बाँझी; थारी।
66186 बैलिनु अ.क्रि. मस्त तरुनी भएर पनि पेट नबोक्नु; बैला हुनु; बठि।
66187 बैल्याइ ना. बैलिने क्रिया वा प्रक्रिया।
66188 बैल्याइनु क.क्रि. बैलिने पारिनु।
66189 बैल्याउनु प्रे. क्रि. बैलिने पार्नु।
66190 बैसाखी ना. लँगडाले काखीमा च्यापी टेकेर हिँड्ने लट्ठी; खर्ल्याङखुट्टी।
66191 बोक्नु स.क्रि. १. कुनै भारी वा बोझा अन्यत्र लैजान उठाउनु; बुई चढाउनु; काँध हाल्नु; उचाल्नु।
66192 बोक्नु स.क्रि. २. अभिभा वहन गर्नु; जवाफदेही लिनु।
66193 बोक्नु स.क्रि. ३. गर्भधारण गर्नु।
66194 बोकाइ ना. बोक्ने क्रिया वा प्रक्रिया।
66195 बोकाइनु क.क्रि. बोक्न लाइनु।
66196 बोकाउनी ना. बोकानी।
66197 बोकाउनु प्रे. क्रि. बोक्न लाउनु।
66198 बोकानी ना. बोक्ने काम बोकेको ज्याला।
66199 बोकाबोक ना. पालैसित एकले अर्कोलाई बोक्ने काम।
66200 बोकहा वि. अरूको मुद्दा वा झगडिया बोकेर हिँड्ने; काँधे।