Dictionary

All Word

66101 बेहाल वि. १. गएगुज्रेको अवस्थामा रहेको।
66102 बेहाल वि. २. व्याकुल विकल।
66103 बेहिसाब वि. १. हिसाब गरिनसकिने; अनगन्ती; थुप्रो।
66104 बेहिसाब वि. २. क्रमबद्ध नभएको; अस्तव्यस्।
66105 बेहिसाब वि. ना ३. अन्याय बरबाद; जथाभाबी।
66106 बेहुली ना. विवाहकी कन्या; दुलही।
66107 बेहुली भतेर ना. दुलही भित्र्याएको भोलिपल्ट इष्टमित्र; दाजुभाइ भेला भई खाने चलनअनुसार दुलहीले पकाएको र पस्केको प्रीतिभोज।
66108 बेहोर्नु स.क्रि. १. भइपरिआएका दुःखसुख धैर्यपूर्वक सहनु जस्तो परिआउँछ उस्तै भोग्नु वा खप्नु।
66109 बेहोर्नु स.क्रि. २. कुनै कामका निम्ति हुने खर्चबर्चको जिम्मा लिनु; ऐभारा बोक्नु; अङभर गर्नु।
66110 बेहोर्नु स.क्रि. ३. कुनै काम वा कुरो स्वीकार गर्नु; सकार्नु।
66111 बेहोर ना. १. मानिसमा हुने असल वा खराब बानी; चालचलन; स्वभाव।
66112 बेहोर ना. २. बानीको पूरक शब्द।
66113 बेहोरा ना. १. कुनै कुरा वा घटनाअन्तर्गतका हरेक बुँदा वा दफा; कुनै घटना वा क्रियाकलापसित सम्बन्धित प्रामाणिक कुरा।
66114 बेहोरा ना. २. लेखाइको छाँट वा सिलसिला।
66115 बेहोरा ना. ३. बेहोर।
66116 बेहोराइ ना. बेहोर्ने क्रिया वा प्रक्रिया।
66117 बेहोराइ ना. बेहोर।
66118 बेहोरिणी वि. ऋण लिने वा बेहोर्ने; ऋणीको बेहोरा उल्लेख भएको (जस्तै- धनबेहोरिणीका नाम तमसुक; राजीनामा आदि कागतपत्रमा )।
66119 बेहोरिनु क.क्रि. बेहोर्ने काम गरिनु; सहिनु; खपिनु।
66120 बेहोस वि. १. होस नभएको; अचेत अवस्थाको मूर्च्छि।
66121 बेहोस वि. ना. २. होसको अभाव; अचेतनता।
66122 बेहोसी ना. १. बेहोस हुने स्थिति होस नहुने चाल।
66123 बेहोसी ना. वि. २. हो नराख्ने होस नभएको।
66124 बेहनु स.क्रि. हे. बेर्नु।
66125 बेहाइ ना. बेराइ।
66126 बेहाइनु क.क्रि. बेराइनु।
66127 बेहाइनु क.क्रि. हाउनु प्रे. क्र. बेराउनु।
66128 बेहाउनु क.क्रि. बेर।
66129 बेहुवा वि. हे. बेरुवा।
66130 बैंस ना. प्रायः खोलाका छेउछाउ हुने लामालामा पात र लहराजस्ता तर्केका हाँगा भएको वृक्षविशेष।
66131 बैंस ना. चढ्दो उमेरको अवस्था; यौवन; जोबन जवानी।
66132 बैसदार वि. बैसालु।
66133 बैसालु वि. यौवन भरिएको; चढ्दो बैंसको।
66134 बैंसे वि. बैंस भएको; बैंसको।
66135 बैक ना. १. लोग्ने; पति; पोइ।
66136 बैक ना. २. पुरुषजाति।
66137 बैकिनी ना. १. विवाहित युवती; बिहे भएकी तरुनी (प. ने.)।
66138 बैकिनी ना. २. स्वास्नी।
66139 बैकिनी ना. ३. स्त्रीजाति; नारी।
66140 बैगनी वि. / ना. हे. बैजनी।
66141 बैगुन ना. १. गुनको अभाव; नराम्रो वा खराब गुन • अवगुण।
66142 बैगुन ना. २. बेफाइदा गर्ने वस्तु कुफ।
66143 बैगुनी वि. १. अरूले लाएको गुन वा उपकार बिर्सने; कृतघ्न।
66144 बैगुनी वि. २. खराब गुण भएको; बेफाइदा गर्ने।
66145 बैक ना. ब्याज दिएर रुपियाँपैसा जम्मा गर्ने; मागेको बेलामा भुक्तानी वा सापटी दिने; लेनदेन; तेजारती आदि आर्थिक कारोबार गर्ने वाणिज्यसम्बन्धी सरकारी वा गैरसरकारी संस्था; ब्याङ्क।
66146 बैक पासबुक ना. बैङ्क हिसाबपुस्तिका।
66147 बैजनी वि. १. रातो भन्टाको रङजस्तो रातो र निलो मिसिएका रङको बैगनी।
66148 बैजनी वि. ना. २. त्यस्तो रङ।
66149 बैठक ना. १. मानिसहरूसँग भेट्ने; कुरा गर्ने विशेष कोठा।
66150 बैठक ना. २. सभासमिति आदिका सदस्यको एक पटकको बसाइ सभा) कचहरी (मिटिङ)।