Dictionary

All Word

65951 बेरबार ना. २. लपेट्ने वा घेर्ने काम।
65952 बेरबेरै क्रि.वि. पटकैपिच्छे ; बारम्बार (उदा. सकल भनिसक्या बात क्या भनूँ बेरबेरै। भानुभक्तीय रामायण)।
65953 बेरसिलो वि. १. रस वा स्वाद नभएको; नीरस; खल्लो।
65954 बेरसिलो वि. २. बेमिजासको रुखो।
65955 बेराइ ना. बेर्ने क्रिया वा प्रक्रिया।
65956 बेराइनु क.क्रि. बेर्न लाइनु।
65957 बेराउनु प्रे.क्रि. बेर्न लाउनु वेष्टन गराउनु।
65958 बेराजी वि. राजी नभएको; बेमन्जुर; अप्रसन्न।
65959 बेराजु वि. बेराजी; बिराजी।
65960 बेरामी वि. बिरामी।
65961 बेरिज ना. सेस्तामा जिन्सीका धेरै कलमको आम्दानीखर्चको जम्माजम्मी अङ्क।
65962 बेरित वि. १. रीत वा काइदा नमिलेको; बेथितिको।
65963 बेरित वि. ना. २. रीत नपुगेको वा नमिलेको स्थिति; बेथिति; अनरी।
65964 बेरिति ना. रीति वा कायदा नमिल्ने अवस्था; अनरीति।
65965 बेरिनु क.क्रि. बेर्ने काम गरिनु; बेराइ पुग्नु।
65966 बेरी वि. हे. बेरि।
65967 बेरीति ना. हे. बेरिती।
65968 बेरुजु वि. १. रुजु गर्दा नमिलेको; रुजु नगरिएको वा नभएको।
65969 बेरुजु वि. २. बेरीतसँग भएको वा रीतभाँत नमिलेको।
65970 बेरुजु वि. ना. ३. आर्थिक कारोबार हेर्दा वा जाँच्ता लेखापरीक्षणले दर्साएको अनियमित कलम।
65971 बेरुवा वि. बेरेको वा बेरिएको; लपेटिएको; बेहुवा।
65972 बेरुवा औंठी ना. सुनको डोलो तारको दुई-तीन फेरो मारिएको औंठी।
65973 बेरोकटोक क्रि.वि. विनारोकटोक ; नरोकीकन; सरासर।
65974 बेरोजगार वि. इलमधन्दा केही नभएको; बिकामे।
65975 बेरोजगारी ना. रोजगारी नहुने स्थिति बिकाम।
65976 बेरोजगारी भत्ता ना. विकसित मुलुकहरूमा रोजगार वा काम नहुने व्यक्तिहरूलाई निर्वाहका निम्ति दिइने भत्ता निर्वाहवृत्ति।
65977 बेर्ना ना. काउली; रायो; खोर्सानी; फूल आदिको सार्ने अवस्थाको सानो बोट वा बिरुवा।
65978 बे ना. दिसा बस्दा गुदद्वारबाट निस्कने आन्द्राजस्तो नली वा त्यस्तो नली निस्कने एक रोग।
65979 बेल्नु स.क्रि. मैदा; पिठो आदि मुछेर ससाना डल्ला पारी बेल्नाले यतै रोटी आदिको आकारमा बदल्नु; पथार्नु।
65980 बेल ना. १. एक भेट्नामा तीनवटा पात हुने; सेता फूल फुल्ने; पात प्रायः शिवजीलाई चढाइने प्रसिद्ध एक काँडावाल वृक्षवा त्यसैको गोलो साहो फल।
65981 बेल ना. [सं. बल्ली] २. वनस्पतिको लहरो लता।
65982 बेलघारी ना. बेलका रुखहरूको समूह; थुप्रै बेल भएको ठाउँ।
65983 बेलदार वि. फूलपात; लहरा आदि आकारका बुट्टा भएकोबेलबुट्टा परेको।
65984 बेलन ना. १. छापाखानाको टाइपमा मसी दल्ने बेलनाजस्तो साधन।
65985 बेलन ना. २. रोडा आदि पेल्ने फलाम आदिको डोलो र ठुलो चक्का।
65986 बेलन ना. ३. बेलना।
65987 बेलना ना. पिठो मुछेर रोटी बेल्ने वा पथार्ने काठको डोलो साधन; बेलन।
65988 बेलनाकार ना. बेलनाका आकार वा ढाँचाको।
65989 बेलन्चे ना. नाककोरेका जस्ता पात हुने र सिमसारमा उम्रने एक को र बेलाजे।
65990 बेलपत्र ना. बेलका पात; बेलपाती।
65991 बेलपाती ना. बेलका पात; बेलपत्र।
65992 बेलबटम ना. ठुलठुला मोहोता हुने एक किसिमको पाइन्ट (उदा.- बेलबटम; काठमाडौंमा चल्यो रटन। लोकगीत)।
65993 बेलबुट्टा ना. कपडा; कागज; काठ; भित्ता आदिमा बनाइने लहरा; फूलपात आदिको बुट्टा।
65994 बेलबुट्टे वि. बेलबुट्टा परेको वा भएको (रुमाल; कपडा आदि)।
65995 बेलबुडाइ ना. सूर्यास्त; घामडुबाइ।
65996 बेलविवाह ना. कुण्डली आदिमा भएको वैधव्य दोषको निवारण आदिका निम्ति नेवारजातिका स्त्रीहरूको कमै उमेरमा बेलका साथ गरिने परम्परागत विवाह।
65997 बेला ना. समय टाइम वेला।
65998 बेला ना. लोहोटा; अम्खोरा आदि पानी हाल्ने भाँडो।
65999 बेला ना. गजाले रेटेर बजाइने; चारवटा तार लागेको सारङ्गीका छाँटको पश्चिमेली एक बाजा।
66000 बेलाइ ना. बेल्ने क्रिया वा प्रक्रिया।