Dictionary

All Word

65901 बेघाउनु प्रे.क्रि. बादशाही बाजा; ब्यान्ड बाजा।
65902 बेन ना. बेन लाउनु।
65903 बेनामी वि. लेख्ने पठाउनेको नाम; थर; वतन केही नभएको; गुमनाम ( चिठी; जाहेरी आदि)।
65904 बेनी ना. १. कपालको चुल्ठो।
65905 बेनी ना. २. कपालका आँठाको मेलले चुल्ठो बने नदीहरूको सङ्गमले बनेको ठाउँ; नदीहरूको सङ्गम।
65906 बेनीचम्पा ना. चम्किला खैरा बोक्रा र डिम्बाकार पात हुने; निला वा सेता फूल फुल्ने; बोक्रा जरोमा र जरा आउँमा उपचारका लागि प्रयोग गरिने एक बोट वा त्यसैको फूल।
65907 बेन्च ना. १. काठ; फलाम आदिले बनेको धेरै जना बस्न हुने एक प्रकारको लाम्चो मेच।
65908 बेन्च ना. २. न्यायाधीशहरूको सभा वा आसन; न्यायाधीशहरूको समुदाय।
65909 बेन्चा ना. जमिन भाग साहो पार्न ठोकिने; लामो बिंड हुने; चक्कादार फलामे साधन; धुसि।
65910 बेन्जु / बेन्जो ना. चारवटादेखि आठवटासम्म भएको; गजाले रेटेर बजाइने एक प्रकारको तारबाजा।
65911 बन्नु ना. धानको बिउ राख्ने घ्याङ; ब्याड।
65912 बेपत्ता वि. १. पत्ता वा ठेगाना नभएको अत्तोपत्तो नभएको; बिपत्ता; बेखबर।
65913 बेपत्ता वि. २. छेउटुप्पो वा आदि - अन्त्यको भेउ नपाइने।
65914 बेपरवाह वि. हे. बेपर्वाह।
65915 बेपरवाही ना. बेपार्बाही।
65916 बेपर्दा वि. १. पर्दा केही नभएको; मर्यादारहित खुला; निर्लज्ज।
65917 बेपर्दा वि. ना. २. पर्दा वा लाज नहुने स्थिति।
65918 बेपर्बाह वि. कुनै कुराको चासो वा वास्ता नभएको; मनमोजी; निस्फिक्र; बेपरवाह।
65919 बेपर्बाही ना. पर्बाह नगर्ने चाल; वास्ता वा चासो नलिने काम।
65920 बेपार ना. मालमत्ताहरू उत्पादन वा खरिद गरी आफूलाई फाइदा हुने किसिमले बेच्ने काम; खरिदबिक्री; व्यापार; वाणिज्य।
65921 बेपारी ना. १. बेपारको पेसा लिएको मानिस; व्यापार गर्ने व्यक्ति।
65922 बेपारी ना. २. निबाराका जस्ता र बिखालु पात हुने रुखविशेष।
65923 बेफाइदा/बेफायदा वि. १. केही लाभ वा हित नहुने; फाइदा नभएको; व्यर्थको।
65924 बेफाइदा/बेफायदा वि. ना. २. फाइदा नहुने स्थिति हानि; नोक्सानी।
65925 बेफिक्र वि. कुनै फिक्री वा चिन्तापिर नलिने निश्चिन्त; ह।
65926 बेफिक्री ना. कुनै फिक्री नहुने स्थिति वा चाल; निश्चिन्तता।
65927 बेफ्वाँक क्रि.वि. बिनसित्ति; व्यर्थ सित्तैं।
65928 बेफ्वाँक क्रि.वि. (उदा.- यहाँ मै नभएको भए बेकमा किन दुःख दिएको ? )।
65929 बेमजा / बेमज्जा ना. मज्जा वा आनन्द नहुने स्थिति; नमज्जा; नरमाइलो।
65930 बेमतलब वि. मतलब नभएको; कुनै किसिमको फाइदा नहुने निरर्थक।
65931 बेमनासिब वि. बेठिक; बेमुनासिब।
65932 बेमरम्मत- वि. मरम्मत नभएको वा नगरिएको; टुटेफुटेको।
65933 बेमाख वि. कुनै अंश बाँकी नरहेको; सबै चुक्ता वा फछ्र्योट गरिसकिएको; बिमाख।
65934 बेमाखी ना. बेमा हुने काम वा स्थिति।
65935 बेमार वि. बिमार; बिरामी।
65936 बेमारी ना. बिमारी।
65937 बेमुनासिब वि. मुनासिब नभएको; बेठिक; अनुचि।
65938 बेमेल वि. १. जोडा नमिलेको; मेल नखाने।
65939 बेमेल वि. ना. २. मेल नहुने काम वैरभाव; फाटो।
65940 बमोज ना. बेस्वाद; बेमज्जा।
65941 बेमौका ना. मौका नपर्ने वा मौका नपरेको बेला; खराब समय; कुबेला; असमय।
65942 बेमौसम ना. मौसम नभएको बेला भिन्न ऋतु असामयिक समय।
65943 बेमौसमी वि. कुनै चिज हुनुपर्ने समयमा नभई अर्कै समयमा भएको; मौसम वा समयमा पैदा नहुने; बेबखतको फलफूल आदि)।
65944 बेयरर ना. चेक आदि लिएर आउने व्यक्ति; वाहक।
65945 बेयरर चेक कुनै सर्त वा बन्देज नलगाइएको र वाहकलाई सरासर भुक्तानी दिने खालको चेक।
65946 बेयरा ना. होटेल आदिमा काम गर्ने तालिमप्राप्त वा सधिएको परिचर; सेवक।
65947 बेर्नु स.क्रि. कुनै चिज वा वस्तुलाई धागो; कपडा आदिले लपेट्न; वेष्टन गर्नु; घेर्नु; जेल्नु।
65948 बेर ना. १. बितिसकेको बेला; अवकाश बाँकी नभएको समय अबेर बियाँलो।
65949 बेर ना. क्रि.वि. २ पटक; खेर (जस्तै- अलिबेर; उतिबेर; कतिबेर इ.)।
65950 बेरबार ना. १. बेर्ने र बार्ने काम।