Dictionary

All Word

65751 बे पू.स. (जस्तै- बेइलमी; बेकदर; बेकाइदा इ.)।
65752 बेअदप / अदब वि. अदप वा अदब नभएको; मान्यजनको मनभाउ नराख्ने; बेसोमती।
65753 बेअदबी ना. काइदा - कदर नजान्ने स्थिति अविनय; अशिष्टता।
65754 बेइज्जत ना. आवश्यकता वा योग्यताअनुसारको इज्जत नहुने अवस्था; अनादर; अपमान।
65755 बेइज्जती वि. इज्जत नभएको; लाजसरम केही नभएको।
65756 बेइन्तजाम ना. राम्रो प्रबन्ध नहुने काम; नराम्रो बन्दोबस्।
65757 बेइन्साफ ना. इन्साफ नहुने स्थिति अन्याय।
65758 बेइन्साफी वि. इन्साफ नगर्ने; अन्यायी।
65759 बेइमान वि. इमान वा सच्चा व्यवहार नभएको; अविश्वासी।
65760 बेइमानी ना. छलकपटको व्यवहार; इमान वा धर्मको विचार नहुने स्थिति।
65761 बेइलम ना. इलम; उद्योग; सिप; रोजगार केही नभएर बरालिनेस्थिति।
65762 बेइलमी वि. इलमउद्योग; पढाइलेखाइ केही नभएको; अनुद्योगी।
65763 बेउजुर वि. उजुर नलाग्ने; विनाउजुको।
65764 बेकदर ना. कदर वा प्रतिष्ठा नहुने काम; अपमान; हेलाँ।
65765 बेकम्मा वि. काम नलाग्ने; निकम्मा; रद्दी।
65766 बेकसुर वि. कसुर वा बिराम नभएको निर्दोष; निरपराध।
65767 बेकाइदा ना. नियमविरुद्ध कामकुरो; बेकायदा।
65768 बेकlबू वि. कसैका काबु वा नियन्त्रणमा नआउने; मा नबस्ने।
65769 बेकामी वि. काम नलाग्ने; बेकारको; बेकम्मा।
65770 बेकायदा ना. हे. बेकाइदा।
65771 बेकार वि. १. कुनै काममा नलागेको; रोजगार नभएको; बेली।
65772 बेकार वि. ना. २. काम नहुने स्थिति बेकाम।
65773 बेकार वि. क्रि.वि. ३. बिनाकाम; बिनसित्ति।
65774 बेकारी ना. बेकार हुने वा कुनै काम नपाउने स्थिति; बेइलम।
65775 बेकुफ वि. बुद्धि; विचार; सोमत; काइदा केही नभएको; होल्याङ; बुद्ध।
65776 बेकुफी ना. बेकुफ हुने काम; असभ्य चाल बुद्धपना।
65777 बेकुफी दण्ड ना. केही सोचविचार नगरी कुनै काम गरेबापत लाग्ने दण्ड हुस्सुदण्ड।
65778 बेक्तिनु अ.क्रि. व्यक्त हुनु; प्रकट हुनु।
65779 बेक्त्यlइ ना. बेक्तिने क्रियाप्रक्रिया।
65780 बेक्त्याइनु क.क्रि व्यक्त गरिनु।
65781 बेक्त्याउनु स.क्रि व्यक्त गर्नु।
65782 बेख ना. पहिलेपहिले रिझाएबापत कसैलाई सरकारबाट दिइएको माफी जग्गा; माफी बिर्ता।
65783 बेखबर वि. १. अत्तोपत्तो नभएको; बेपत्ता।
65784 बेखबर वि. २. होस वा सुर नभएको; अचे।
65785 बेखबिर्ता ना. मालपोत तिर्नुनपर्ने बिर्ता; माफी बिर्ता; बेख र बिर्ताको समूह।
65786 बेखर्ची ना. खर्च नभएको; बेखर्ची।
65787 बेखुस ना. खुसी नभएको; रिसाएको; अप्रसन्न; असन्तुष्ट।
65788 बेखुसी वि. खुसी नभएको; बिनाखुसीको।
65789 बेगर ना. यो. १. बाहेक; सिवाय विना।
65790 बेगर ना. यो. वि. २. अतिरिक्त; भिन्न; बेग्लै।
65791 बेगल वि. कुनै वस्तुदेखि भिन्न; अर्को पृथक्।
65792 बेगल वि. (उदा.- अचेल तपाईं भाइसँगै बस्नुभएको छ कि बेगल ? )।
65793 बेलाबेगलै क्रि.वि. बेग्लाबेग्लै।
65794 बेगार ना. १. ज्याला नदिई वा नाउँ मात्रको ज्याला दिएर लगाइने काम।
65795 बेगार ना. २. मन नलगाईकन गरिने काम।
65796 बेगारी ना. बेगारमा गरिने काम; ज्यालाबिनाको खेतालो वा ज्यामी।
65797 बेगन्ती/बेगिन्ति वि. १. गनिनसकिने; अनगन्ती; असङ्ख्य।
65798 बेगन्ती/बेगिन्ति वि. २. असाध्य; चौपट्ट।
65799 बेग्लाबेग्लै क्रि.वि. सँगै नरहने गरी अलग्गै छुट्टै भिन्नै।
65800 बेग्लो वि. अरूसँग नरहेको वा नजोरिएको; बेगल; भिन्न छुट्टो।