Dictionary

All Word

65701 बुर्की ना. मुर्दा घाटमा लैजाँदा बाटामा छरिने वा शवका छातीमा राखिने धान; लावा; चामल आदि।
65702 बुर्कुसी ना. वेगसँग फट्का मारेर वा उफ्रीउफ्री दौडने काम।
65703 बुर्कुसी ना. (उदा.- हात्तीवनमा मृगहरू बुर्कुसी मारेर दौडिरहेका थिए।
65704 बुर्चे / बुचें वि. बढ्नुपर्नेजति बढ्न नसकेको; ठिंगुरो आकारको बुर्कुचो; पुड्को।
65705 बुर्जा ना. घर; महल; किल्ला आदिको माथिल्लो तलामा चारैतिर खुला हुने गरी प्रायः गोलो किसिमले बनाइएको कोठा; धरहरा आदिको माथिल्लो अंश; गुम्बज।
65706 बुर्जुवा वि. अनुदार वा परम्परावादी विचार राख्ने; पुँजीपति वा उच्चकुलीन वर्गको।
65707 बुर्र क्रि.वि. मसिनो धुलो एक झड्कामा खस्ने वा झर्ने गरी।
65708 बुर्लुक क्रि.वि. उफ्राइको चालसँग।
65709 बुर्लुक क्रि.वि. बुर्लुकबुर्लुक क्रि.वि. खुसीले उफ्रेर बुरबुर।
65710 बुर्लुक्क क्रि.वि. खुसीले खुट्टा उचालेर उफ्रने गरी; बुर्कुसी मार्ने चालले।
65711 बुलन्द वि. १. खुबै राम्रो वा असल।
65712 बुलन्द वि. २. टड्कालो; ठुलो उच्च (स्वर)।
65713 बुलबुल ना. जुरेली चरो।
65714 बुलबुली / बुलबुले ना. अघिल्तिरका रौं लामा राखेर कपाल बनाउने वाकाट्ने ढाँचा।
65715 बुलाकी ना. नाकको बिचको पर्दा छेडेर लगाइने हीरा; मोती आदि जडिएको सुनको मुन्द्रे गहना; सारङ्गीको फुली।
65716 बुलिन ना. जड्गी पोसाकको कुममा लगाइने फलामे जाली।
65717 बुलु ना. गुराँसका जस्ता पात हुने; पातको तल सेतो र टीका - टीका परेको ग्रन्थिद्वार हुने; गाढा रातो फूल फुल्ने; आयुर्वेदका अनुसार पात गाईबाखाका निम्ति बिखालु मानिने दुईतीन मिटर अग्लो एक बोट।
65718 बुलेटिन ना. सरकारी रूपमा वा सङ्घ-संस्थाद्वारा निकालिने सङ्क्षिप्त समाचारपत्र।
65719 बुले ना. सिक्री भएको एक प्रकारको गहना।
65720 बुल्किनु अ.क्रि. बुलुकबुलुक हुनु; बढी चञ्चल हुनु; उत्तालिनु; मच्चिनु।
65721 बुल्क्याइ ना. बुल्किने काम वा किसिम।
65722 बुल्क्याइनु क.क्रि. बुलुक्क पारिनु।
65723 बुल्क्याउनु प्रे. क्रि. बुल्किने पार्नु।
65724 बुल्ला ना. एक जातको माछोविशेष।
65725 बुवा ना. बाबु पिता।
65726 बुवारी ना. एक जातको माछो विशेष।
65727 बुसर्ट / बुससर्ट ना. कमिजको जस्तो कलर र बाहुला हुने; अगाडि खुला भई टाँक लगाइने कमिजका छाँटको वस्त्र।
65728 बुहारी ना. १. छोरा वा भाइभतिजाकी पत्नी।
65729 बुहारी ना. २. भानिज; भदो आदि नाता पर्ने आफूभन्दा कान्छाकी स्त्री।
65730 बुहारीकार ना. अमलाका जस्ता पात हुने हुँदा खुम्चिने एक जातको भार लज्जावती झार।
65731 बुहार्तन ना. १. बुहारीको काम वा अभिभारा।
65732 बुहार्तन ना. २. बुहारीले गर्नुपर्ने घरधन्दा।
65733 बुहार्तन ना. ३. बुहारीले सहनु - भोग्नुपर्ने; सासू-ससुरा आदिको कडा अनुशासन वा घरको पिरलो र सकस।
65734 बूँद ना. हे. बुँद।
65735 बूटी ना. हे. बुटी।
65736 बूढा वि. हे. बुढा।
65737 बूढी वि. हे. बुढी।
65738 बूढो वि. हे. बुढो।
65739 बृहत् वि. विशाल; ठुलो बडेमाको।
65740 बृहत् वि. २. बलिष्ठ; बलियो।
65741 बृहती ना. १. ठुलो वीणा; नारदको वीणा।
65742 बृहती ना. २. नौ-नौ अक्षरको पाउ वार्णिक छन्द।
65743 बृहत्कथा ना. गुणाढ्य कविद्वारा पैशाची भाषामा लेखिएको कथाहरूको प्रसिद्ध ग्रन्थ; बड्डकहा।
65744 बृहस्पति ना. १. देवताका गुरुको नाम प्रसिद्ध वैदिक देवता।
65745 बृहस्पति ना. २. सौर जगत्‌को एक प्रसिद्ध ग्रह।
65746 बृहस्पतिवार ना. साताको पाँचौं दिन; बुधवार र शुक्रवारका बिचमा पर्ने वार।
65747 बेंसी ना. पहाडपर्वतका फेदीको मलिलो र पनौतो जमिन वा फाँट; उपत्यका; बेसी; बिसी।
65748 बेंसीखेत ना. पानी लाग्ने र धान हुने; खोलाछेउको जग्गा।
65749 बेंसीबाली ना. बेंसीमा हुने धान; मकै; मास; भटमास; आलु आदि विभिन्न बाली।
65750 बे पू.स. प्रायः नामवाचक शब्दका अगाडि लागेर अभाव;निषेध; विपरीत आदि अर्थ जनाउने एक उपसर्ग।