Dictionary

All Word

65801 बेग्लो वि. २. कामको सुर नपाउने; अलमलिएको।
65802 बेग्ल्याइ ना. १. बेग्लिने क्रिया वा प्रक्रिया।
65803 बेग्ल्याइ ना. [ बेग्ल्याउ + आइ] २. बेग्ल्याउने क्रिया वा प्रक्रिया।
65804 बेग्ल्याइनु क.क्रि अलग पारिनु छुट्ट्याइनु।
65805 बेग्ल्याउनु प्रे.क्रि. बेग्लो पार्नु; छुट्ट्याउनु।
65806 बेच्नु स.क्रि मोल लिएर माल दिनु; बिक्री गर्नु; लिनुपर्ने द्रव्य वा वस्तु लिएर कुनै चिज आफ्नो हकबाट अलग गर्नु।
65807 बेचबिखन ना. बेच्ने आदि काम बिक्री।
65808 बेचाइ ना. बेच्ने क्रिया वा प्रक्रिया।
65809 बेचाइनु क.क्रि बेच्न लाइनु।
65810 बेचाउनु प्रे.क्रि. बेच्न लाउनु; बिक्री गराउनु।
65811 बेचाबेच ना. परस्परमा बेच्ने काम; मेलसँगको बेचाइ।
65812 बेचाहा वि. बेच्ने स्वभावको बिक्री गर्ने; बेच्ने।
65813 बेचिनु क.क्रि बेच्ने काम गरिनु।
65814 बेचुवा वि. १. बिक्री भएको; बेचिएको।
65815 बेचुवा वि. २. बेच्न बनाइएको; बेचिने।
65816 बेचैन वि. १. चैन वा सुखशान्ति नभएको; अशान्त; व्याकुल।
65817 बेचैन वि. २. उराठलाग्दो; उदास।
65818 बेचैनी ना. १. चैन नहुने स्थिति; अशान्ति; व्याकुलता; बिसन्चो।
65819 बेचैनी ना. २. उराठिलोपन; उदासी।
65820 बेच्छेउटो ना. नुन; बेसार आदि हाल्ने काठको प्राय: पाँच खण्ड बनाइएको भाँडो।
65821 बेछन्द वि. १. छाँटकाँट वा डिलडौल नमिलेको; छन्द न बन्दको।
65822 बेछन्द वि. २. इच्छानुसार नभएको; भद्दा देखिने।
65823 बेजवाफ वि. जवाफ दिन नसक्ने अवस्थामा पुगेको; जवाफ नभएको; विना उत्तरको ; नाजवाफ।
65824 बेजात वि. जात नमिल्ने भिन्न जातको (रुख; काठ आदि)।
65825 बेजाफ्ता वि. १. ऐनसवालमा नमिल्ने वा नियमविरुद्ध बेकाइदाको।
65826 बेजाफ्ता वि. ना. २. नियम वा काइदा नमिल्ने ढङ्ग बेइन्साफ; अन्याय।
65827 बेजो ना. १. साटो फेर्ने उद्देश्यले लिइने कुनै कुराको प्रतिक्रिया; बदला।
65828 बेजो ना. २. नोक्सान भएबापतको भर्ना।
65829 बेजो ना. ३ आम्दानी खर्च आदिको बराबरी।
65830 बेजिङ ना. जनवादी गणतन्त्र चीनको राजधानीको नाम; पेकिङ।
65831 बेजोड / बेजोडा वि. अर्को जोडा नभएको; अतुलनीय अद्वितीय।
65832 बेठ ना. ज्याला वा पैसाविनाको काम।
65833 बेठ बेगार करले बुझाउनुपर्ने दस्तुर वा ज्याला नपाई गर्नुपर्ने काम।
65834 बेठन ना. १. पुस्तकपुस्तिका आदि बेर्ने बाँध्ने कपडा वा रुमाल; बासा; बस्ता।
65835 बेठन ना. २. कसैका पछि लागेर जीविका चलाउने व्यक्ति; अनुचर।
65836 बेठिक वि. ठिक नभएको; बेमुनासिब; अनुचि।
65837 बेठी ना. १. रैतानका बासिन्दाले जमिनदार वा थरी - मुखियालाई बुझाउने रकम वा खेतालापा।
65838 बेठी ना. २. रोपाइँमा पन्चैबाजा बजाई; भोज खुवाई गरिने उत्सव।
65839 बेठिक वि. हे. बेठिक।
65840 बेठेगान वि. १. ठेगान नभएको ठेगान बेथितिको।
65841 बेठेगान वि. २. अनगन्ती; असङ्ख्य।
65842 बेड ना. बिछ्याउना; शय्या।
65843 बेड सिट ना. बिछ्याउनामाथि ओछ्‌याइने एकसरो कपडा; तन्ना।
65844 बेडा ना. १. डुङ्गा वा जहाजहरूको समूह।
65845 बेडा ना. (उदा.- जङ्गी बेडा हलुङ्गो वितत जलधिको ह्वेल माछो हलुङ्गो। लेखनाथ )।
65846 बेडा ना. २. बिनसित्तिको झमेला ; जन्जाल।
65847 बेडी ना. अपराधीका गोडामा झिक्न नसकिने पारी ठोकिने फलामे कल्ली नेल।
65848 बेडौल वि. छाँटकाँट वा रूपरङ्ग नमिलेको; नराम्रो ढाँचाकाँचाको भद्दा।
65849 बेढङ्ग ना. नहुने अवस्था राम्रो थिति नभएको चाल; भद्दापन; कुरूपता।
65850 बेढङ्गी वि. कुनै कामकुरा गर्ने ढङ्ग नभएको; सिप वा चतुऱ्याइँ पुऱ्याउन नसक्ने; बेढङ्गको अर्धङ्गी।