Dictionary

All Word

65851 बेढव वि. १. अमिल्दो ढाँचाको बनावट नमिलेको; नसुहाउँदो भद्दा।
65852 बेढव वि. २. विचित्रको अनौठो।
65853 बेढाइ ना. बेढाउने क्रिया वा प्रक्रिया।
65854 बेढा बेढाउने काम गरिनु।
65855 बेढाउनु स.क्रि. १. बालीनालीमा बढी उम्रेका र बाक्ला भएका बोटबिरुवा छाँट्नु वा उखेल्नु।
65856 बेढाउनु स.क्रि. २. बालक जन्मेपछि नाल काट्नु।
65857 बेढाउनु स.क्रि. ३. काटमार गर्नु; छप्काउनु।
65858 बेत ना. सुत्केरी हुनाको पटक; पशुको बियाउनाको पल्ट।
65859 बेत ना. १. बाँसका जस्ता पात र आँखा हुने; नफुल्ने; लामो र चाम्रो हुने; चोया र डन्ठीबाट मेच; सन्दुक; लौरो आदि उपयोगी वस्तु बनाइने एक जातको लहरो।
65860 बेत ना. वि. २. मेहनत गर्नका निम्ति दहिलो बलियो; चाम्रो।
65861 बेतघारी ना. धेरै बेत भएको ठाउँ; बेतको जङ्गल; बेतेनी।
65862 बेतलबी वि. तलब नपाइने वा तलबबिनाको तलब नलिएर काम गर्ने; अवैतनिक।
65863 बेतलबी बिदा ना. अरू किसिमका बिदा सकिएर तलब नपाइने वा कट्टी हुने गरी लिने दिने बिदा।
65864 बेतलौरी ना. सेता फूल फुल्ने; अदुवाका ढाँचाका पात र कन्द हुने; लौरोजस्तो एउटै डाँठ हुने; पिसाब बन्द हुँदा तथा पेट पोल्ने रोगमा सेवन गरिने बुटे झार।
65865 बेत हान्नु टु. समय पुगेर पनि नबियाउनु।
65866 बेतार ना. तार नहुने अवस्था वा चाल; विनातार।
65867 बेतारको तार ना. तारको सहायताविना नै तरङ्गका माध्यमले विद्युत्शक्तिद्वारा पठाइने तार; आकाशवाणी।
65868 बेताल ना. खापाका बिचको; दिलापहरूलाई अलग्याउने र छुट्ट्याउने खसिपा।
65869 बेताल ना. १. सङ्गीतमा ताल नमिल्ने ढाँचा वा स्थिति; तालको चुका।
65870 बेताल ना. २. मुटुको सामान्य धड्कनभन्दा फरक ताल।
65871 बेताल ना. वि. ३. ताल नमिलेको; बेछाँटको; बेढब।
65872 बेतालको वि. ताल वा ढग नमिलेको; बेछाँटको बेताले बित्पाते।
65873 बेतालुक वि. १. तालुकभन्दा बाहिरको तालुकभित्र नपरेको।
65874 बेतालुक वि. २. सरोकार नभएको; वास्ता नभएको।
65875 बेतालुकी वि. १. आफूलाई अख्तियार नभएको; तालुक वा अधिकारभित्र नपरेको।
65876 बेतालुकी वि. २. सरोकारविनाको।
65877 बेते वि. गाईबस्तु आदि बियाएका पटकको।
65878 बेते वि. (उदा.- पाँचबे भैंसी; छबेते गाई; तीनबेते बाखो इ.)।
65879 बेतेनी ना. बेतको समूह; बेतघारी।
65880 बेतोड ना. कुद्ने; हिँड्ने; हुर्रिने आदि शीघ्र गति वा ठुलो वेग तोड।
65881 बेथा ना. १. व्यथा; ज्वरो आदि शारीरिक रोग।
65882 बेथा ना. २. सुत्केरी हुने बेलाको कष्ट; प्रसववेदना।
65883 बेथाहारी वि. रोग लागिरहने।
65884 बेथिति ना. थिति नमिल्ने चाल अस्तव्यस्तता; नराम्रो प्रबन्ध।
65885 बेयु/बेये ना. खेतबारीमा उम्रने; बुँदेका जस्ता साना हरिया पात हुने; सेता फूल फुल्ने र दाना फल्ने; तरकारी वा अचार खाइने एक जातको साग।
65886 बेदखल वि. १. दखल नभएको वा दखल नगरिएको अधिकारमा नरहेको।
65887 बेदखल वि. २. ऐंच; अधिकार आदिबाट हटाइएको।
65888 बेदखली ना. कुनै कुराको दखल; अधिकार आदिबाट वञ्चित हुने वा गराइने काम।
65889 बेदस्तुर वि. दस्तुरमा नभएको वा नमिल्ने; बेरीत (उदा.- बेदस्तुरको निवेदनमा कारबाई नहुन सक्छ। )।
65890 बेदाग वि. दाग वा खोट नभएको; कसुर नदेखिने; निष्कलङ्क निर्दोष।
65891 बेदागी ना. दाग नलागेको; खोट नभएको; बेदाग।
65892 बेदाम वि. मोल नकिटिएको वा विनामूल्यको सित्तैं पाइने।
65893 बेद्धा मानव ना. नृतत्त्वका अनुसार श्रीलङ्कामा रहेका भनिएका कम विकसित मानव।
65894 बेध्नु स.क्रि. १. प्वाल पार्नु छेड्नु।
65895 बेध्नु स.क्रि. २. चोट लाउनु रोप्नु; घोच्नु।
65896 बेध्नु स.क्रि. ३. निसानामा लगाउनु तारो हान्नु।
65897 बेधडक वि. १. कसैको धक वा भय नमान्ने; निस्फिक्री।
65898 बेधडक वि. क्रि.वि. २. कसैको धक वा भय नमानीकन; निस्फिक्रीसि।
65899 बेधाइ ना. बेध्ने क्रिया वा प्रक्रिया।
65900 बेधाइनु क.क्रि. बेन लाइनु।