Dictionary

All Word

66001 बेलाइत ना. हे. बेलाय।
66002 बेलाइनु क.क्रि. बेल्न लाइनु।
66003 बेलाउनु प्रे.क्रि. बेल्ने काम गराउनु; बेल्न लाउनु।
66004 बेलाडोना ना. ६० देखि ८० से. मि. सम्म अग्लो हुने; मालाकार; साधारण तिखा टुप्पा भएका पात हुने; गुलाफी पहेँलो वा हरियो टीका - टीका परेका फूल हुने; जरा र पात निद्रा लगाउने तथा फलका निम्ति विष मानिएको बुटीविशेष।
66005 बेलान्जे ना. हे. बेलाचे।
66006 बेला पञ्चाङ्ग ना. शुभ - अशुभ मुहूर्त; शकुन; राशिफल तथा प्रश्न आदि भएको सामान्य ज्योतिषको काम दिने पात्रो वा पुस्तक; शकुनौती।
66007 बेलायक वि. लायक नभएको; नालायक; बेमनासिब।
66008 बेलायत ना. पश्चिम युरोपको एक प्रसिद्ध देश ब्रिटेन; इङ्गल्यान्ड; संयुक्त अधिराज्य; बेलाइ।
66009 बेलायती वि. १. बेलायतको बेलायतसम्बन्धी; बेलायतमा उब्जेको।
66010 बेलायती वि. २. राम्रो असल।
66011 बेलायती बैठक ना. विशेषतः विदेशीहरूको स्वागत-सत्कारका निम्ति बनाइएको काठमाडौंको सिंहदरबारस्थित प्रसिद्ध बैठक; राम्रो सिंगारिएको बैठक।
66012 बेलिनु क.क्रि. बेल्ने काम गरिनु बेलाइ पुग्नु।
66013 बेली ना. १. मसिना पात हुने एक लहरोजस्तो बोट वा त्यसैको सेतो सुगन्धी फूल।
66014 बेली ना. २. भाँति वा किसिम जनाउने पूरक शब्द (जस्तो- नागबेली; नालीबेली)।
66015 बेलीचन्दा ना. झन्डै फिलुगेका जस्ता पात हुने; सेता फूल फुल्ने; राता अमिला सा लाग्ने र अचार खाइने एक उद्भिद राते।
66016 बेलबिस्तार ना. सबै बेहोरा खुलाएर गरिएको वर्णन; पूरा बयान वा भनाइ।
66017 बेलुका ना. १. घाम अस्ताउन खोजेको वा अस्ताइसकेपछिको समय सायङ्काल।
66018 बेलुका ना. क्रि.वि. २. साँझपख साँझतिर सन्ध्याको समयमा।
66019 बेलुकी क्रि.वि. साँझमा बेलुका।
66020 बेलुकीपख क्रि.वि. बेलुकातिर; साँझ साँझमा।
66021 बेलुन ना. भित्र हावा वा ग्याँस भरेर उडाइने र खेलिने; रबर आदिबाट बनेको विभिन्न आकारप्रकार हुने फुकुन्डो।
66022 बेले ना. १. धेरै वर्ष पुरानो पात्रो; वेलापञ्चाङ्ग।
66023 बेले ना. वि. २. बेला भएको।
66024 बेले वि. १. बेलो भएको; लहरावाल ( जस्तो- नाग)।
66025 बेले वि. ना. २. घुम्रिएका र गरादार सिङ हुने भैंसीको नाम।
66026 बेलो ना. नरम र सानासाना मुन्टा हुने लहरो; लता (फर्सीको बेलो; तरुलको बेलो; काँक्राको बेलो इ.)।
66027 बेलौती ना. अम्बा; लताम।
66028 बेल्चा ना. कृषिकार्यमा आउने एक किसिमको औजार।
66029 बेल्ट ना. १. प्रायः सैनिकले शरीरमा कपडामाथि बाँध्ने छाला वा पटारको फित्ता; कमरपेटी; लोता।
66030 बेल्ट ना. २. भौगोलिक वा अन्य कारणलाई आधार बनाई निर्धारण भएको लामो साँध वा सिमाना; क्षेत्र।
66031 बेल्डा ना. खस्रा पात हुने; खनियोजस्तो घाँसको बुटो; खस ओबारो।
66032 बेवकुफ वि. नासमझ; मूर्ख; बेकुफ।
66033 बेवकुफी ना. बेवकुफ हुने पन; बेकुफी।
66034 बेवारिस वि. १. वारिस वा प्रतिनिधि नभएको।
66035 बेवारिस वि. २. मालधनी वा हकवाला नभएको; अलपत्रएको।
66036 बेवारिसी वि. बेवारिस।
66037 बेवास्ता वि. १. सरोकार वा वास्ता नभएको; सम्बन्ध वा सम्पर्क नभएको; विनामतलबको।
66038 बेवास्ता वि. ना. २. वास्ता वा प्रयोजन हुने स्थिति सम्बन्धको अभाव।
66039 बेस वि. १. अर्को वस्तुसँगको तुलनामा राम्रो; असल; बढिया उम्दा।
66040 बेस वि. २. सज्जन; भलो।
66041 बेस वि. अक्कल; ढङ्ग वा सोमत नभएको।
66042 बेसन ना. चनाको छाँटाको पिठो।
66043 बेसनको लड्डु ना. बेसनबाट बनेको वा बनाइएको लड्डु।
66044 बेसमझ वि. समझ वा विचार गर्ने शक्ति नभएको; विनासमझको; नासमझ।
66045 बेसम्भार वि. सँभाल्न नसकिने; जतन पुऱ्याउन नसकिने।
66046 बेसरम वि. सरम वा लाज नभएको; नकच्चरो; निर्लज्ज।
66047 बेसरमी ना. लाज नहुने चाल; निर्लज्जता; नकच्चरोपन।
66048 बेसरी क्रि.वि. ठिक हुनेभन्दा बढी हुने गरी जोरसित; खुबसँग राम्ररी; छ्यालब्याल; मनग्यै।
66049 बेसरी ना. नेपालका प्रसिद्ध वैयाकरण वीरेन्द्रकेशरीद्वारा रचित; 'सुन्दरी' पत्रिका (सं. १९६३) का विभिन्न अङ्कमा प्रकाशित अपूर्ण नेपाली लक्षण-ग्रन्।
66050 बेसाँध वि. साँध वा सीमा नभएको; मर्यादारहि।