Dictionary

All Word

65601 बुतिनु अ.क्रि. १. गाईबस्तु गाभिनु हुनु; गर्भिणी हुनु।
65602 बुतिनु अ.क्रि. २. बगालि।
65603 बुतिनु अ.क्रि. खाएर बाँकी नरहनु; खाएर सकिनु।
65604 बुत्ता ना. हे. बुता।
65605 बुत्याइ ना. हे. बुताइ।
65606 बुत्याउनु स.क्रि. १. खाई सक्नु; जिनतिन खाएर सिध्याउनु।
65607 बुत्याउनु स.क्रि. २. मन परेका र नातागोता; कुलकुटुम्बलाई दिने वा तिनीहरूले पाउने गराउनु।
65608 बुत्यौनी वि. गाभिनी; गर्भिणी।
65609 बुथ ना. चुनावमा मतपत्र खसाल्न नियत गरिएको ठाउँ; निर्वाचनक्षेत्र।
65610 बुथ ना. बुथ क्याप्चर एकपक्षले निर्वाचन क्षेत्र कब्जा गरी आफ्नो पक्षमा मत खसाउने काम।
65611 बुये ना. १. बोधो अनुहारको मान्छेलाई होच्याएर शब्द वि. २. बेढङ्गी।
65612 बुदी ना. ससाना भाइबहिनी।
65613 बुदुना ना. १. टाउको ठुलो हुने एक जातको माछो; बुधुना।
65614 बुदुना ना. २. मसिना केटाकेटी।
65615 बुदुने वि. १. बाक्ला जिउको (केटाकेटी )।
65616 बुदुने वि. २. अलिकति घुमेको र गहकिलो धार भएको (खुकुरी)।
65617 बुदौरी ना. घोप्टा सिङ भएको; सानो र कालो गाई।
65618 बुद्ध ना. घोप्टा सिङ भएको; सानो र कालो गाई।
65619 बुद्ध वि. १. जान्ने-बुझ्ने; बुद्धिमान्; विद्वान्।
65620 बुद्ध वि. २. बिउँझेको; जाग्रत्।
65621 बुद्ध वि. ना. ३. नेपाल तराईको लुम्बिनीमा मायादेवीको गर्भबाट जन्मेका शाक्यवंशज; बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध।
65622 बुद्ध वि. ४. विष्णुका दश अवतारमध्ये एक।
65623 बुद्धत्व ना. बुद्ध बन्ने काम; बुद्धपद।
65624 बुद्धधर्म ना. बुद्धले चलाएको धर्म; बौद्ध धर्म।
65625 बुद्धपुराण बुद्धको माहात्म्य वर्णन भएको एक पुराण।
65626 बुद्धप्रेस ना. काठमाडौँका दुरुकाजी भन्ने कुवेररत्न वज्राचार्यले १९४८ सालमा बनाएको फलामको हाते प्रेस।
65627 बुद्धागम ना. बुद्धले चलाएका धर्मको सिद्धान्त र यम-नियम भएको शास्त्र।
65628 बुद्धि ना. १. बुझ; सोचविचार गर्ने तथा निर्णय गर्न सक्ने मानसिक शक्ति; ज्ञान; प्रज्ञा; मति।
65629 बुद्धि ना. २. समझ; अक्किल।
65630 बुद्धिकौशल ना. बुद्धिको चलाखी वा सिप; चतुइँ।
65631 बुद्धिगम्य वि. बुझ्न सकिने; बुद्धिले भ्याउने; बोधगम्य।
65632 बुद्धिचाल ना. विभिन्न चालमा चालिने; दुई बेग्लै रङका आठ-आठ मोहरा र आठ-आठवटै प्यादा लिएर आठ-आठ कोठाका आठ लहर हुने चौसट्ठीकोठे थर्कीमा युद्धसञ्चालनको अनुकरण गरे झैँ गरी खेलिने एक खेल सतरन्ज।
65633 बुद्धिजीवी वि. बौद्धिक काम गरेर जीविका चलाउने।
65634 बुद्धितत्त्व ना. बुद्धिको प्रमुखता रहेको स्थिति; कारण वा सार।
65635 बुद्धिपरीक्षा ना. खास व्यक्तिको बुद्धि वा बौद्धिक स्तर ठम्याउन तथा नका निम्ति लिइने परीक्षा।
65636 बुद्धिर्गत ना. बुद्धि र बल।
65637 बुद्धिबल ना. १. बौद्धिक शक्ति; बुद्धिको बल।
65638 बुद्धिबल ना. २. बुद्धिचाल।
65639 बुद्धिमत्ता ना. बुद्धिमान् कहलाउन चाहिने मुख्य गुण।
65640 बुद्धिमन्त वि. बुद्धिमान्।
65641 बुद्धिमान् वि. असल बुद्धि भएको; समझदार।
65642 बुद्धिवाद ना. मनुष्यको ज्ञानको स्रोत एक मात्र बुद्धि मान्ने; ज्ञानमीमांसाको एक सिद्धान्।
65643 बुद्धिविनोद बुद्धि बहलाउने काम।
65644 बुद्धिसङ्गत वि. चित्तबुझ्दो; तर्कसम्म।
65645 बुद्ध वि. १. बुद्धि कम भएको केही नजान्ने बोधो।
65646 बुद्ध वि. २. साह्रै सोझो; पुङमाडे।
65647 बुद्ध वि. हे. बुद्ध।
65648 बुद्रुक्क क्रि.वि. उफ्रने वा हाम फाल्ने गरी।
65649 बुदबुद ना. पानीको फोको।
65650 बुदबुद ना. २. पाँच रातको गर्भ।