Dictionary

All Word

65501 बुज्याउनु प्रे. क्रि. बुजिने पार्न; टाल्न लगाउनु।
65502 बुजुक / बुजुग वि. १. जानेसुनेको; जानिफकार अनुभवी।
65503 बुजुक / बुजुग वि. २. समझदार; पाको; वृद्ध।
65504 बुजुक्याइँ ना. बुजुकमा रहने गुण वा योग्यता।
65505 बुझ्नु स.क्रि. १. भएको वा भनेको कुरा जान्नु; थाहा पाउनु; सम्झनु।
65506 बुझ्नु स.क्रि. २. पत्ता लगाउनु।
65507 बुझ्नु स.क्रि. ३. विचार गर्नु सोच्नु।
65508 बुझ्नु स.क्रि. ४. जिम्मा लिनु; असुल गर्नु।
65509 बुझ ना. १. अरूको आँतपेटको कुरा बुझ्ने; सम्झने वा थाहा पाउने शक्ति; समझ; ज्ञान।
65510 बुझ ना. २. आशय; विचार; गौर; अन्दाज।
65511 बुझ पचाहा वि. बुझेर पनि नबुझे झैं गर्ने; बुझ पचाउने।
65512 बुझपच्ची ना. बुझ पचाउने काम।
65513 बुझ पेलाहा वि. जानीबुझीकन पनि वास्ता नगरेर काम गर्ने।
65514 बुझबुझारथ ना. १. आफ्नो पद वा स्थानबाट सरुवा-बढुवा हुँदा वा अवकाश पाउँदा कुनै कर्मचारीले आफ्ना जिम्मामा रहेका सरकारी नगदी; जिन्सी मालसामानहरू हालवाला कर्मचारीलाई बुझाउने र हालवालाले बुझ्ने काम।
65515 बुझबुझारथ ना. २. कुनै काम कुराका विषयमा यथार्थ ज्ञान हासिल गर्नका लागि सोधपुछ वा जाँचबुझ गर्ने काम।
65516 बुझक्कड वि. चाँडै बुझ्ने जानिफकार बुजुक।
65517 बुझाइ ना. १. बुभने भाव; क्रिया वा प्रक्रिया।
65518 बुझाइ ना. [बुझाउ + आई] २ बुझाउने क्रिया वा प्रक्रिया।
65519 बुझाइनु क.क्रि. बुभने पारिनु।
65520 बुझाउनु प्रे. क्रि. १. बोध गराउनु; स्पष्टसँग बताउनु।
65521 बुझाउनु प्रे. क्रि. २ जिम्मा लगाउनु।
65522 बुझिनु क.क्रि. थाहा पाइनु; जानिनु।
65523 बुट ना. प्रायः फौजी जवानहरूले लाउने; गोलीगाँठाभन्दा माथिसम्म छोप्ने एक किसिमको जुत्ता।
65524 बुटजुत्ता ना. बुट।
65525 बुटवल ना. बुटौल; बटौली।
65526 बुटाबुटी ना. सानाठुला धेरै बुटा।
65527 बुटी ना. १. औषधीका काममा आउने झारपात आदि; २. केटाकेटीको रक्षाका निम्ति बाँधिने सानो जन्त्र।
65528 बुटी ना. ३. फूल नफुलीकन फल लाग्ने एक जातको रुख।
65529 बुटी ना. ४. गाँजा; भाङ (शिव)।
65530 बुटे वि. १. बुटा भएको।
65531 बुटे वि. २. सभ्यता थाहा नपाएको; जङ्गली।
65532 बुटे ना. धेरै बुटा भएको ठाउँ; बुट्यान।
65533 बुटो ना. १. बोटको सानो रूप; पोथ्रोभन्दा सानो बोट।
65534 बुटो ना. २. जरोको पूरक; जस्तो- जरोबुटो।
65535 बुटौल ना. लुम्बिनी अञ्चलअन्तर्गत रुपन्देही जिल्लामा पर्ने; तिनाउ खोलाको तीरमा रहेको; व्यापारका निम्ति प्रसिद्ध नगर; बुटवल; बटौली।
65536 बुट्टा ना. कागत; कपडा; भित्ता आदिमा भरिने वा छापिने रुख; लहरा; फूल आदिको आकार।
65537 बुट्टादार वि. बुट्टा भएको; बुट्टा भरिएको।
65538 बुट्टे वि. बुट्टा भएको बुट्टादार।
65539 बुट्टेनली ना. बुट्टा भएको नली; बुट्टादार नली।
65540 बुट्यान ना. धेरै बुटा भएको ठाउँ; सानातिना रुख वा पोथ्रापोथ्री रहेको ठाउँ; शुष्क क्षेत्रमा उम्रने सानासाना बिरुवा; बुटेन।
65541 बड्नु अ.क्रि. १. पानीमा शरीर चुर्लुम्म हुनु; डुब्नु।
65542 बड्नु अ.क्रि. २. डुबुल्की मार्नु; गोता लाउनु।
65543 बड्नु अ.क्रि. ३. सर्वनाश हुनु; बिग्रनु; बित्नु।
65544 बुडाइ ना. बुड्ने क्रिया वा प्रक्रिया।
65545 बुडाइ क.क्रि. डुबाइनु।
65546 बुडाउनु प्रे. क्रि. १. डुबाउनु; चोपल्नु।
65547 बुडाउनु प्रे. क्रि. २. बिगार्नु।
65548 बुडि अ.क्रि. डुबिन्।
65549 बुडुल्की ना. डुबुल्की; गोता।
65550 बुडुवा ना. दलदल भएको जग्गा; धाप भएको जमिन।