Dictionary

All Word

65401 बीथि ना. ४. बजार; हाट।
65402 बीभत्स ना. १. साहित्यमा नवरसमध्ये दुर्गन्धी पदार्थको वर्णन गर्दा दिगमिगी र घिन उत्पन्न गराउने एक रस।
65403 बीभत्स ना. २. घिनलाग्दो वस्तु।
65404 बीभत्स ना. वि. ३. सडेगलेको वा कुहेको; घृणा उत्पन्न गराउने; घिनलाग्दो।
65405 बँची ना. सुँगुरको पाठो।
65406 बुँद ना. १. तरल पदार्थको थोपो थोप्लो बिन्दु बुँद।
65407 बुँद ना. २. पानी; तेल आदिको छिटो।
65408 बुँदा ना. १. वादविवादमा आफ्नो पक्षको समर्थन वा प्रमाणका निम्ति प्रस्तुत गरिने मुख्य कुरा गाँठी कुरो।
65409 बुँदा ना. २. कागतपत्र वा लेखमा लेखिने मुख्य कुरो; मूल विषय प्रकरण।
65410 बुंदिया ना. जिलेबीका स्वादको; मकैका गेडाजा सा दाना हुने एक जातको मिठाई; बुनियाँ।
65411 बुइँगल / बुइगल ना. घरको सबैभन्दा माथिल्लो तला; छानामुनिको तला।
65412 बुइँगल बास ना. अरूको धनमाल खाएर वा अन्य कारणले पक्राउको डर मानी बुइँगलमा लुकेर बस्ने काम।
65413 बुइसा ना. एउटै नाम भएका साथीलाई भनिने शब्द।
65414 बुई ना. १. केटाकेटीलाई पीठमा बोक्ने काम पिठिउँको बोकाइ।
65415 बुई ना. २. पठिउँ (बालबोलीमा)।
65416 बुक ना. १. रेल; विमान; खेलतमासा आदिमा पैसा तिरेर स्थान सुरक्षित पार्ने काम।
65417 बुक ना. २. मालसामान आदि चलान गर्न रेल्वे; डाकखाना आदिमा बुझाई रजिस्टरमा दर्ता गराउने काम।
65418 बुक ना. ३. पुस्तक; बही।
65419 बुक पोस्ट ना. डाँकद्वारा कम महसुलमा पठाइने मुद्रित पत्रिका; पुस्तिका आदि।
65420 बुक बाइन्डर ना. पुस्तक तथा पत्रपत्रिकाका पृष्ठ मिलाई; पट्याई सिउने र गाता हाल्ने काम गर्ने व्यक्ति; त्यस्तो काम गर्ने कर्मचारीको पद; जिल्दकार; जिल्दसाज।
65421 बुक बाइन्डिङ ना. पुस्तक; पत्रपत्रिका आदिका पृष्ठ मिलाई सिउने र जिल्द हाल्ने काम।
65422 बुकाइ ना. बुकाउने क्रिया वा प्रक्रिया।
65423 बुकाइनु क.क्रि. बुकाउने काम गरिनु।
65424 बुकाउनु स.क्रि. मन परी वा नपरी चिउरा; सातु आदि फुको खानेकुरो फाँको मार्नु; फक्याउनु।
65425 बुकिङ ना. रजिस्टर वा किताबमा दर्ता गराउने काम।
65426 बुकिनु अ.क्रि. फाँको हालिनु; फुको; बुको वस्तु खाइनु।
65427 बुकी ना. हिमाली लेकमा हुने; भेट्नुविनाका लामालामा नरम भुवादार बाक्ला पात तथा सेता नरम फूल हुने बुटी वा भार त्यसैको फूल; बुके।
65428 बुकी फुल ना. बुकी।
65429 बुकी सुन ना. बुको सुन; धुलो सुन; त्यस्तो बुको सुन गलाएर तयार पारिएको तेजाबी वा साधारण सुन।
65430 बुकुनी ना. बुको वस्तु वा पिंधेको मसिनो धुलो; छोप।
65431 बुकुनु ना. १. सानो खालको कुनिउँ।
65432 बुकुनु ना. २. सानो साँढे।
65433 बुकुनु ना. वि. 3. पुड्को; होचो।
65434 बुकुने वि. बुकुनुजस्तो; पुड्को; ग्याँचे।
65435 बुकुरा ना. थारू कमैया बस्ने घर।
65436 बुकुरो वि. पुड्को; होचो; बुकुनु।
65437 बुकुल्टो वि. रसिलो नभएको; नमुछिएको; बुरबुराउँदो; फुको; बुगुल्टो।
65438 बुकुवा ना. १. आङको मैलो फालेर चिल्लो पार्न मर्दन गरिने तोरी; रायो; बेसार आदि पिंधेर बनाइएको सुगन्धी पदार्।
65439 बुकुवा ना. २. ब्रतवन्धमा बटुकले र विवाहमा दुलहाले बुकुबाको लेप घसेर नुहाउने मालिक विधि।
65440 बुके ना. हे. बुकी; बुकीफूल।
65441 बुको वि. बुरबुर गर्ने; बुरबुराउँदो; खहरो।
65442 बुक्ची ना. सूचीकारको सियो धागो; कैंची आदि राख्ने वा थन्क्याउने थैली।
65443 बुक्याइ ना. बुक्याउने क्रिया वा प्रक्रिया।
65444 बुक्याइनु क.क्रि. बुक्याउने काम गरिनु।
65445 बुक्याउनु स.क्रि. बुको खानेकुरो फाँको हाल्नु; फक्याउनु; बुकाउनु।
65446 बुक्यान ना. बुकी घाँस प्रशस्त हुने लेकाली चौर।
65447 बुख ना. मलमलका ढाँचाको मसिनो र दह्रो जातको कपडाविशेष।
65448 बुख्याचा ना. बालीनाली लगाएका खेतबारीका बिचमा राखिने; मानिसका आकारको तर्साउने वस्तु; जुलुङ्गो।
65449 बुगुल्टिनु अ.क्रि. बुगुल्टो हुनु।
65450 बुगुल्टो वि. हे. कुल्टो।