Dictionary

All Word

65251 बिलखाइनु अ.क्रि. बिलखाइमा पर्नु।
65252 बिलखाउनु अ.क्रि. के गरूँ हुनु; किंकर्तव्यविमूढ हुनु; अलमलिनु।
65253 बिलना ना. बिलौना; बिलहना।
65254 बिल भरपाई ना. खरिदबिक्री गर्दा वा कुनै मालसामान बुझेर लिँदादिँदा दिइने रीतपूर्वकको कागत; भरपाई।
65255 बिलाइ ना. बिलाउने क्रिया वा प्रक्रिया।
65256 बिलाइ अ.क्रि. अप होइन; हराइनु।
65257 बिलाउनु अ.क्रि. पग्लेर वा अर्को चिजमा मिलेर नदेखिने हुनु विलयन हुनु; अलप हुनु; हराउनु।
65258 बिलाउनी ना. हे. बिलौनी।
65259 बिलाउने ना. १. नीलकाँडाका जस्ता पात हुने र सानासाना गेडा फल्ने एक जातको बोट।
65260 बिलाउने ना. वि. २. मासिने; हराउने।
65261 बिलायत ना. बेलाय।
65262 बिलायती वि. बिलोबाट जीविका चलाउने व्यक्ति।
65263 बिलाहारी ना. बिलोबाट जीविका चलाउने व्यक्ति।
65264 बिलिन / बिलिनो वि. नुन नपुगेको; नुन कम हालिएको; अलिनो (दाल; तरकारी आदि)।
65265 बिलो ना. शिकार गरेर ल्याइएका जन्तुको मासुको भाग; थोरै अंश।
65266 बिलो बाँडो ना. बिलो बाँड्ने काम।
65267 बिलो बाँडो ना. २ भाग वा अंश बाँड्ने काम।
65268 बिलौना ना. रुँदै दुःख प्रकट गर्ने काम; विलाप; बिलना।
65269 बिलौनी ना. १. नौनी खार्दा भाँडाको पिंधमा रहने थेग्रिन; बिलाउनी।
65270 बिलौनी ना. २. लाम्चिला र चिल्ला पात हुने; बस्तुभाउलाई घाँस खुवाइने एक प्रकारको बोट।
65271 बिल्झनु अ.क्रि. रोकिनु; थामिनु; अड्किनु।
65272 बिल्झाइ ना. बिल्झने क्रिया वा प्रक्रिया।
65273 बिल्को ना. १. रोक्ने वस्तु बन्धन।
65274 बिल्को ना. २ घरका असमर्थ मानिस वा साना केटाकेटी।
65275 बिल्को ना. ३. अल्कोको पूरक।
65276 बिल्टी ना. जहाज; रेल आदिमा माल चलान गर्नाका निम्ति बुझाउँदा दिइने रसिद।
65277 बिल्पा वि. मिठो बोली र राम्रो जिउ भएकी; मृदुभाषिणी; कोमलाङ्गी।
65278 बिपारी वि. निर्धो शरीर भएको; फुकीढल; ख्याउटे; खिनाउरे।
65279 बिल्लबाठ ना. १. बिचल्ली; बिजोग; दुर्दशा।
65280 बिल्लबाठ ना. २. मालसामानको यताउति छराइ वा फिँजाइ।
65281 बिल्ला ना. १. फौजी आदि कर्मचारीले लगाउने दर्जासूचक कपडा आदिको चिह्न।
65282 बिल्ला ना. २. कुनै खास कुरा जनाउनका निम्ति हातपाखुरा आदिमा बाँधिने परिचयाङ्कित फित्ता वा धरो; कुनै विशेष पर्वमा छाती; कुम आदिनेर कपडामा पिनले अड्काइने कपडा; कागत आदिको त्यस्तो चिह्न अङ्कित टुक्रो वा पट्टी।
65283 बिल्लादार वि. बिल्ला लाएको; बिल्ला भएको।
65284 बिल्लादार वि. २. सेनातर्फ बिल्ला पाएका फुली नपाएका पिउठ; हुद्दा आदि जवान।
65285 बिल्लिबाठ- ना. हे. बिल्लीबाठ।
65286 बिल्लौर ना. काँच वा फटिकजस्तो एक जातको मूल्यवान् सेतो पत्थर।
65287 बिल्व ना. एउटा भेट्नामा तीनतीनवटा पात हुने र साहो; डल्लो फल लाग्ने काँडे वृक्ष वा पाकेपछि गुलियो गुदी हुने त्यसैको फल; श्रीफल; बेल।
65288 बिल्वपत्र ना. बेलको पा।
65289 बिल्वमङ्गल ना. वेश्या चिन्तामणिको हप्कीबाट ईश्वर भक्तितर्फ लागेका एक भक्।
65290 बिवाई ना. १. खुट्टाका औँलामुनिको छाला फाट्ने वा पैतला; कुर्कुच्चा आदि फुट्ने एक रोग; हर्नाठ।
65291 बिवाई ना. २. बिगार टुना।
65292 बिस ना. १. पन्ध्र र पाँचको योगबाट बन्ने : २. पन्ध्र र पाँचका योगसङ्ख्याको।
65293 बिस बाइसे वि. बिस- बाइस वर्षको पट्ठो; तरुनो।
65294 बिसासय ना. पूरा आयु बाँच्न आशीर्वाद वा शुभकामना दिँदा प्रयुक्त एक बस वर्ष।
65295 बिसासय ना. (उदा.- तपाईंको आयु बिसासय होस् )।
65296 बिसी ना. बिसको समुदाय (जस्तो- एक बिसी; दुई बिसी)।
65297 बिसौं वि. बिस सङ्ख्यालाई पूरा गर्ने; बिस सङ्ख्याको।
65298 बिसद्दे वि. सद्दे नभएको; फाटेको।
65299 बिसन ना. भैंसीका ढबको केही डल्लो शरीर र ठुलो जुरो हुने; गर्धन; घाँटी र अनुहारभरि लामा झ्याप्ले रौं भएको; उत्तर अमेरिकामा पाइने; पाँच फिट अग्लो स्तनधारी जनावर।
65300 बिसन ना. (यो उत्तर अमेरिकामा पाइने जन्तुमध्ये सबैभन्दा ठुलो हो। त्यहाँ यसको दुध र मासु खाइन्छ। )।