Dictionary

All Word

65201 बिरुँडा ना. ३. बिरौला; क्वाँटी।
65202 बिरुवा ना. रुख; बालीनाली आदिको कलिलो र सानो बोट; बालवृक्ष; पोय्रो।
65203 बिरुवा घर ना. विभिन्न जातका फलफूलका बिरुवाहरू रोपी हुर्काई अन्यत्र सार्न योग्य हुने अवस्था तथा उमेरका बनाउने ठाउँ नर्सरी।
65204 बिरूप वि. रूप बिग्रेको; नराम्रो कुरूप।
65205 बिरे आग्लो ना. बाहिरबाट झ्यालढोका खोल्न नसकिने पार्न भित्रपट्टिबाट लगाइने; गारामा जडिएको ठुलो आग्लो; गजबार।
65206 बिरे चुली ना. निकै अग्लो र अचम्मलाग्दो टाकुरो; पर्वतशृङ्खलाको चुली परेको भाग।
65207 बिरे नुन ना. आयुर्वेदीय औषधीविशेषमा प्रयोग गरिने; गन्धदार एक प्रकारको कालो नुन।
65208 बिरो ना. खिल्ली; बिडा; बिरा।
65209 बिरोल्नु स.क्रि. १. नुन; खोर्सानी; मसला आदि हालेर साँध्नु सरोबर पारी मुछ्नु; खऱ्याउनु।
65210 बिरोल्नु स.क्रि. २. खोतलखातल गर्नु; भाँड्नु बिथोल्नु।
65211 बिरोलाइ ना. बिरोल्ने क्रिया वा प्रक्रिया।
65212 बिरोलाइनु क.क्रि. बिरोल्न लाइनु।
65213 बिरोलाउनु प्रे. क्रि. बिरोल्न लाउनु।
65214 बिरोलाहा वि. अरूको काम बिगार्ने; बिथोलाहा।
65215 बिरोलिनु क.क्रि. बिरोल्ने काम गरिनु।
65216 बिरौला ना. भिजाएर ढड्याउँदा अङ्कुर निस्केका धेरै गेडागुडी; बिडा; क्वाँटी।
65217 बिरौ ना. सिलामका जत्रा मसिना सेता दाना हुने एक प्रकारको तेलहन; पोस्ताको दाना; अफिमका बोटमा फल्ने दाना।
65218 बिरौटो ना. बिराएको जग्गा नयाँ आबाद गरेको जग्गा।
65219 बिर्के वि. बिर्को भएको; बिर्कोजस्तो।
65220 बिर्के टोपी ना. माथितिर बिचमा गट्टो भएको नेपाली कार्बोबी वा मखमली टोपी।
65221 बिर्को ना. राखिएको वस्तु सुरक्षित पार्न भाँडाकुँडा; बट्टा; ठेकी; सिसी आदिको मुख छोप्ने वा ढाक्ने पात्र; ढकना।
65222 बिर्ता ना. बहादुरी देखाएबापत वा वृत्तिका निम्ति मिलेको; सरकारलाई तिरोभरो गर्नु नपर्ने जग्गा; सबै वा केही मालपोत खान पाउने गरी सबै खालको माफी पाएको जग्गा (हाल भूमिसुधार ऐनअनुसार खारिज भएका कुशबिर्ता; सुनाबिर्ता; वार्ता आदि )।
65223 बिर्तामाल ना. दोसा माल।
65224 बिर्तावार ना. बिर्तावाल।
65225 बिर्तावाल ना. बिर्ताको धनी वा धेरै बिर्ता पाएको व्यक्ति।
65226 बिर्तावाला ना. बिर्तावाल; बिर्ताको मालिक।
65227 बिर्नी ना. मधेसतिर हुने; फुर्के फूलको डाँठबाट ढक्की; डा आदि बनाइने एक किसिमको बुट्टे झार।
65228 बिर्बल ना. कानको लोतीमा लाइने; नास्पातीका आकारको सुनको गहनाविशेष।
65229 बिर्रो ना. अफिमको बोटमा; सिलामका जस्ता मसिना; सेता दाना फल्ने एक जातको अन्न।
65230 बिर्सनु स.क्रि. पहिले जानेसुनेको; भनिएको वा मनमा लिइएको कुरो भुल्नु; सम्झना नहुनु; हेक्का नरहनु; विस्मृत हुनु।
65231 बिर्साई ना. बिर्सने क्रिया वा प्रक्रिया।
65232 बिर्साइनु क.क्रि. बिर्सन लाइनु।
65233 बिर्साउनी ना. १. बिर्सने काम।
65234 बिर्साउनी ना. २. सम्झाउनीको पूरक (जस्तो- सम्झाउनी- बिर्साउनी)।
65235 बिर्साउनु प्रे. क्रि. बिर्सने पार्नु; बिर्सन लाउनु।
65236 बिर्सिनु क.क्रि. १. सम्झना नरहिन; विस्मृत होइनु।
65237 बिर्सिनु क.क्रि. स.क्रि. २. बिर्सनु।
65238 बिर्सुवा वि. बिर्सने बानी भएको।
65239 बिर्सुवा वि. स्त्री. बिर्सुवी।
65240 बिल ना. १. जमिन; भित्ता आदिमा परेको प्वाल।
65241 बिल ना. २. सर्प; मुसो आदि बस्ने दुलो।
65242 बिल ना. ३. गुफा; गुहा।
65243 बिल ना. १. कुनै मालसामान बिक्री गर्दा वा बुझ्दा बुझाउँदा मूल्य वा पारिश्रमिकको फाँट; रकम आदि खुलाई लेखिने कागत; रसि।
65244 बिल ना. २. विधायिकामा प्रस्तुत गरिने कानुनको मसौदा विधेयक।
65245 बिलकन्ना वि. लख; कान्दानी र तर्कुल्ले; बर्धन्ने आदि कुनै मात्रा नभएको (क; ख )।
65246 बिलकुल वि. १. भएभरको सम्पूर्ण; सबै।
65247 बिलकुल वि. क्रि.वि. २. पूर्णतया एकदम।
65248 बिलखबन्द वि. १. यसो गरुँ न उसो गरुँ भई जिल्ल परेको; अक्क न बक्क भएको; अलमल्ल; रनभुल्ल।
65249 बिलखबन्द वि. २. आफ्नो गुप्ती कुरा अरूले थाहा पाएको जानेर निलोकालो मुख लाएको; हतप्रभ।
65250 बिलखा ना. बिलखाउने क्रिया वा प्रक्रिया।