Dictionary

All Word

65101 बिमजा ना. बेस्वाद; बेमज्जा।
65102 बिमठिन अ.क्रि. हे. बिंगठिनु।
65103 बिमठो वि. हे. बिंगठो।
65104 बिमठ्याइ ना. बिंगठ्याइ।
65105 बिमन ना. कुनै कुरामा मन नलाग्ने वा रुचि नहुने अवस्था।
65106 बिमन ना. (उदा.- जरोले हो कि खान; घुम्न सबै कुरामा मलाई बिमन भइरहेछ)।
65107 बिमा ना. कुनै किसिमको हानिनोक्सानी वा क्ष भएमा संस्थाले बेहोर्ने र क्षतिपूर्ति पाइने गरी राखिने किस्ताबन्दी वा एकमुस्ट धरौटी; त्यस्तो अभिभारा वहन गरिएको कार्य - व्यवस्था।
65108 बिमा ना. २. कुनै हानिनोक्सानी हुन गएमा डाकखानाले बेहोर्ने गरी पठाइने चिट्ठी; पार्सल।
65109 बिमा कम्पनी ना. बिमाव्यवसायको काम गर्ने संस्था।
65110 बिमा पत्र ना. १. बिमा गरिएको काग।
65111 बिमा पत्र ना. २. हुलाक - अड्डामा रकम बिमा गरी पठाइएको काग।
65112 बिमा शुल्क ना. बिमा गर्दा लाग्ने दस्तुर।
65113 बिमा संस्थान ना. चल वा अचल वस्तुहरूको बिमा गर्ने गराउने एक प्रमुख संस्था।
65114 बिमाख ना. तिर्नु- फछ्र्याउनुपर्ने रिन; सापटी; हिसाब आदि बाँकी नराखी टुङ्ग्याउने काम; फछ्र्यौट चुक्ती।
65115 बिमाख ना. २. सखाप पार्ने काम; निमिट्यान्न।
65116 बिमाख ना. ३. सर्वनाश; भुसुक्क।
65117 बिमार वि. बिरामी; रोगी।
65118 बिमारी ना. रोग; व्यथा; व्याधि।
65119 बिमिरो ना. १. निबुवाजस्तो बाक्लो बोक्रा हुने; अमिलो वा केही गुलियो रस हुने प्रसिद्ध एक फल।
65120 बिमिरो ना. २. शरीरमा उठ्ने कनिकाजत्रो सानो खटिरो।
65121 बिमिरो ना. वि. ३. नछिप्पिएको वा हुर्किनसकेको; भर्खरको कलिलो वा सानो।
65122 बिम्ब ना. १. ऐना; पानी आदिमा देखिने छायाको रूप; छायामण्डल; प्रतिबिम्ब; बिम्ब।
65123 बिम्ब ना. २. आकाशमा देखिने सूर्य; चन्द्र; तारा आदिको ज्योतिपिण्ड।
65124 बिम्ब ना. ३. प्रतिमूर्ति प्रतिमा।
65125 बिम्ब ना. ४. कुनै कुराको आभास वा झलक।
65126 बिम्ब ना. ५. गोलकाँक्री।
65127 बिम्बफल ना. गोलकाँक्रीको दानु।
65128 बिम्बविधान ना. बिम्बहरूको सृजना गर्ने काम; बिम्बहरूको सृजना।
65129 बिम्बका ना. १. सूर्य वा चन्द्रमाको मण्डल।
65130 बिम्बका ना. २. गोल काँक्री।
65131 बिम्बित वि. प्रतिबिम्ब परेको प्रतिबिम्बित; विम्बि।
65132 बियर ना. प्रायः भिजाएको जौको पिठोमा गुलियो; सोडा आदि मिलाई विशेष प्रक्रियाले बनाइने एक प्रकारको मदिरा।
65133 बियाँ ना. चामलमा नकुटिई बचेको सग्लो धान।
65134 बियाँ बियाँ ना. बियाँहरूको समूह; सबै बियाँ।
65135 बियाँल्नु स.क्रि. बियाँलो गर्नु; कुनै उपायले समय बिताउनु।
65136 बियाँलाइ ना. बियाँल्ने क्रिया वा प्रक्रिया।
65137 बियाँ लिनु क.क्रि. बियाँलो गरिनु; अलमलिनु।
65138 बियाँलो क्रि.वि. कुनै कामकुरामा हुने अलमल; अबेर विलम्ब ब्याँलो।
65139 बियाइ ना. बियाउने क्रिया वा प्रक्रिया।
65140 बियाइनु अ.क्रि. बियाउने काम होइन।
65141 बियाउँदो वि. ब्याउँदो।
65142 बियाउनु अ.क्रि. १. पशुका पोथीहरू सुत्केरी हुनु; पशुहरूका बच्चाबच्ची जन्मनु।
65143 बियाउनु अ.क्रि. २. रात सकिएर प्रातः काल हुनु; उज्यालो हुनु।
65144 बियाङ ना. हे ब्याङ।
65145 बियान ना. सुत्केरी हुने वा बियाउने काम; बियाउनाको पटक बेत प्रसव।
65146 बियो ना. १. डन्डीबियोको खेलमा डन्डीद्वारा हुच्चिने वा ठ्याक लाइने; दुईतिर तिखारिएको वा नतिखारिएको छोटो काठको टुक्रो।
65147 बियो ना. २. कोलको धुरीमा हालिने चुकुल विशेष।
65148 बियोस्ता ना. स्वभाव; चालचलन; ढड्ग।
65149 बियोस्ता ना. (उदा.- कस्तो बियोस्ता नभएको केटो हो यो त !)।
65150 बिरक्तिनु अ.क्रि. विरक्त हुनु; दिक्दार हुनु; बैरागनु।