Dictionary

All Word

65001 बो वि. बित्न लागेको; हडबडीको; बिग्रँदो।
65002 बिया क्रि.वि. विनाप्रयोजन; बिनसित्ति; सित्तैं; व्यर्थे।
65003 बित्यै क्रि.वि. त्यसै पनि सित्तैं; व्यर्थैमा।
65004 बित्पात ना. १. साह्रै चलाखी वा बठ्याइँ; अति धूर्तता।
65005 बित्पात ना. २. चञ्चलता; चुलबुलेपन।
65006 बित्पाती वि. बित्पातको; बित्पाते।
65007 बित्पाते वि. १. साह्रै चलाख; औधी चतुरो; अति धूर्।
65008 बित्पाते वि. २. चञ्चल; बाइफाले चौताले।
65009 बित्यास ना. चाहिने कामकुरो नभएर उल्टो हुने स्थिति; बरबादी; बिगार; तलमाथि; बितोल।
65010 बिथल्नु स.क्रि. बाधा दिनु; भाँड्नु; बिथोल्नु।
65011 बिथला ना. बाधा; रोकावट।
65012 बिथलाइ ना. बिथल्ने काम।
65013 बिथलाहा वि. बिथोलाहा।
65014 बिथलिनु अ. क्रि. हे. बिथोलिनु।
65015 बिथात वि. १. रहने बस्ने ठाउँ ठेगान नभएको; थातथलो नभएको।
65016 बिथात वि. २. स्थिति वा व्यवस्था नभएको।
65017 बिथान्को ना. थान्को वा थिति नभएको बेथितिसँग रहेको।
65018 बियाहा ना. थाहा नहुने वा थाहा नपाउने स्थिति बेपत्तो।
65019 बियिति ना. रीतिथिति नमिल्ने अवस्था; बेथिति; अव्यवस्था।
65020 बिथोल्नु स.क्रि. भाँजी हाल्नु; भाँड्नु।
65021 बिथोल ना. बिथोलो भएको स्थिति; गज्मौरिने काम।
65022 बिथोलबाथल ना. सबैतिर बिथोल्ने काम जता पनि बिथोलिएको अवस्था।
65023 बियोलाइ ना. बिथोल्ने क्रिया वा प्रक्रिया।
65024 बिथोलाहा वि. बिथोल्ने काममा गडबड पार्ने।
65025 बिथोलिनु अ.क्रि. बिथोलो हुनु; गडबडिनु; बाधा पर्नु।
65026 बिथोलो ना. काममा हुन जाने बाधा वा गडबडी; रोकावट; खिचोला।
65027 बिथोल्याइँ ना. बिथोल्ने काम वा अवस्था।
65028 बिथोल्याइ ना. बिथोलिने क्रिया वा प्रक्रिया।
65029 बिथोल्याहट ना. बिथोल्ने भाव; स्थिति वा क्रियाप्रक्रिया।
65030 बिड्स ना. विनाश; विध्वंस; उपधो।
65031 बिदा ना. १. कसैलाई प्रस्थानका निम्ति दिइने आज्ञा वा अनुमति।
65032 बिदा ना. २. काम गरेबापत नियमानुसार पाइने वा मागिने अवकाश छुट्टी।
65033 बिदा ना. ३. छुट्टी भएको दिन तातिल।
65034 बिदा ना. ४. छुटकारा; मुक्ति।
65035 बिदाइ ना. बिदा गर्ने वा हुने काम।
65036 बिदाइ ना. २. बिदा हुने बेलामा दिइने खर्च; बाटाखर्च।
65037 बिदाइ समारोह ना. बिदा दिने अवसरमा गरिने उत्सवको आयोजना।
65038 बिदाबारी ना. बिदा गर्ने र बिदा हुने काम बिदाइ।
65039 बिदो ना. रोकिने काम थामिने अवस्था (जस्तो- बासिबिदो)।
65040 बिद्युत् वि. १. गर्न नहुने वा नसुहाउँदो; अनुचित (कुरा)।
65041 बिद्युत् वि. ना. २. मारकाट; उपधो।
65042 बिद्युत् बिजाइँ ना. मारकाट र खिचोला उत्पात; हे. बिजाइँ बिद्युत्।
65043 बिधारानी ना. लोकसंस्कृतिका अनुसार प्रेममा बेइमान गर्ने प्रेमी वाप्रेमिका।
65044 बिधुवा वि. लोग्ने मरेकी; राँडी; विधवा।
65045 बिधुवी वि. बिधुवा।
65046 बिन्तु स.क्रि. छानबिन गर्नु; केलाइकुलाइ गर्नु; केलाउनु; छान्नु।
65047 बिन ना. सपेराले बजाउने; लाम्चो तुम्बामा तलतिर बाँसुरीका जस्ता दुई नलीमा तीन-तीनवटा प्वाल भएको एक बाजा।
65048 बिनसित्ति क्रि.वि. बिनाकाममा सित्तैं; बित्या; अकार्।
65049 बिना ना. यो. अभाव रहित (जस्तै- बिनाइजाजत; बिनाविभाग; बिनाअनुमति )।
65050 बिना ना. कस्तूरी मृगका नाभिमा हुने सुगन्धी द्रव्यको थैली वा गोल डल्लो; मृगनाभि।