Dictionary

All Word

65051 बिनाइ ना. बिन्ने क्रिया वा प्रक्रिया।
65052 बिनाइनु क.क्रि. बिन्न लाइनु।
65053 बिनाउनु स.क्रि. / प्रे. क्रि. बिन्ने काम गर्नु; बिन्न लाउनु।
65054 बिनाबी ना. बाटो वा ठाउँ छोड्नुहोस्; छोइएला; नागिएला आदि अर्थ जनाउने शब्द; विष्णुविष्णु।
65055 बिनायो ना. मुखमा च्यापी जिभ्राले धागो तन्काएर बजाइने; निगालो र बाँसबाट बनाइएको मुर्चुङ्गा जस्तै बाजा।
65056 बिनासाले ना. अन्तरा वा थेगो केही नहाली गाइने एक थरी लोकगी।
65057 बिनिनु क.क्रि. केलाइनु; छानिनु।
65058 बिनिया ना. हम्कने वा डोलाउने एक साधन पङ्खा चमर।
65059 बिनु ना. यो. नभईकन; बेगर बाहेक (प्राय: कविता वा भावपूर्ण वाक्यमा प्रयोग हुने )।
65060 बिन्डी ना. रुपियाँ पैसा आदिको चाङ वा तङ लक्कु।
65061 बिन्ती ना. नम्रतापूर्ण निवेदन; प्रार्थना; विनति।
65062 बिन्तीपत्र ना. सरकार वा मान्यजनलाई लेखेर चढाइने निवेदन।
65063 बिन्तीभाउ ना. १. विनम्र प्रार्थना नम्र निवेदन।
65064 बिन्तीभाउ ना. २. भनसुन।
65065 बिया वि. बिन्ती गर्ने निवेदक।
65066 बिन्दी ना. स्वास्नीमानिसहरूले निधारमा लाउने टीका।
65067 बिन्दु ना. १. पानी आदि पन्यालो वस्तुको थोपो वा बुँद।
65068 बिन्दु ना. २. अनुस्वारको चिह्न; थोप्लो दाग।
65069 बिन्दु ना. ३. गौण घटनाहरूको विस्तृत विवरण गरिने नाटकीय पाँच कार्यावस्था ( बीज; बिन्दु; पताका; प्रकरी र कार्य) मध्ये दोस्रो अवस्था।
65070 बिन्दु ना. ४. वास्तु वा मूर्तिमा प्रयोग हुने अड्गुल; मात्रा वा मोक्ष बराबरको नाप; एक अङ्गुल।
65071 बिन्दुपत्र ना. १. बिन्दु वा सङ्केत मात्र भएको चिठी।
65072 बिन्दुपत्र ना. २. नक्साबाट क्षेत्रफल निकाल्न प्रयोग गरिने पारदर्शक पदार्।
65073 बिन्द्र ना. दाजुभाइ; बन्धुवर्ग।
65074 बिन्द्रालो ना. दाजुभाइहरूको समूह; बन्धुवर्ग।
65075 बिन्द्रा वि. १. मानिस नभएको; निर्जन; सुनसान।
65076 बिन्द्रा वि. २. आटब्बे।
65077 बिन्द्रावन ना. एकलासको वन निर्जन 'जङ्गल।
65078 बिपत्ता ना. गायब; बेपत्ता।
65079 बिपना ना. बिउँझेको वा जागेको अवस्था ननिदाएको बेला।
65080 बिपनी ना. बिपनाको लघु रूप; बिपना।
65081 बिपनी ना. (उदा.- बिपनीमा नदेखे पनि सपनीमा देखिन्छ)।
65082 बिपिउँ वि. सपिउँ को विपरीतार्थक उल्टो; बिब्ल्याँटो।
65083 बिफर ना. घातक रोगका कीटाणुको प्रभावले जरोका साथसाथै आङभरि फोकाफोका भएर आउने खटिरो; शीतला वा वसन्तको रोग; माई।
65084 बिफर ना. २. उक्त रोगले बसेको ख।
65085 बिफर उन्मूलन ना. बिफरका रोगाणु र त्यसका सञ्चारकलाई निर्मूल पार्ने योजना।
65086 बिफऱ्याहा वि. बिफर आएको; बिफरको खत बसेको; छ्याके।
65087 बिफऱ्याहा वि. स्त्री. बिफऱ्याही।
65088 बिब्लेंटो/ बिब्ल्याँटो वि. कपडा; कागत आदिको भित्री वा उल्टो सब्लेंटो वा सब्ल्याँटोको विपरीतार्थक।
65089 बिब्लेंटो/ बिब्ल्याँटो वि. स्त्री. बिब्ल्याँटी।
65090 बिभिन्डिनु अ.क्रि. टेढो स्वभावको हुनु; बाउँटिनु; भाँडिनु।
65091 बिभिन्डो वि. टेढो स्वभावको; अमिल्दो चालको; बाउँटो; अभागो।
65092 बिभिन्ड्याइ ना. बिभिन्डिने क्रियाप्रक्रिया।
65093 बिभिन्ड्याइनु क.क्रि. बिभिन्डिने पारिनु; चिढ्याइनु; टेढ्याइनु।
65094 बिभिन्ड्याउनु प्रे. क्रि. बिभिन्डिने पार्नु; चिढ्याउनु; टेढ्याउनु।
65095 बिभिन्ड्याहट ना. बिभिन्डिने किसिम वा अवस्था।
65096 बिभिन्ड्याहा वि. बिभिन्डिने स्वभावको; टेढिने बानी भएको; बिभिन्डो।
65097 बिभीषण ना. १. रावणका कान्छा भाइ रावणपछिका लङ्काधीश।
65098 बिभीषण ना. वि. २. ज्यादै डरलाग्दो भयङ्कर।
65099 बिभीषण ना. ३. स्वदेशका विरुद्ध विदेश वा विदेशीको दलाली गर्ने व्यक्ति; पञ्चमाङ्गी।
65100 बिभूत ना. बिगुत; विभूति।