Dictionary

All Word

64901 बिच्छुक ना. कुनै काममा मङ्गल नहुने अवस्था वा सङ्केत; अपशकुन; अलच्छिन।
64902 बिच्छुक ना. (उदा. आज बिहानैदेखि के बिच्छुक लागेको हो कुन्नि; कुनै काम पनि हुँदैन)।
64903 बिच्छुकी वि. अमङ्गलको सूचना वा सङ्केत दिने; बिच्छुक लगाउने।
64904 बिछट्ट क्रि.वि. १. थुप्रो वा धेरै हुने चालसँग अत्यन्त ज्यादै।
64905 बिछट्ट क्रि.वि. वि. २. अचाक्ली ; धेरै।
64906 बिछट्ट क्रि.वि. ३. निकै निपुण।
64907 बिछट्ट क्रि.वि. स्त्री. बिछट्टकी।
64908 बिछन्द ना. छन्द नपर्ने चाल ढड्ग नमिल्ने स्थिति।
64909 बिछन्दको वि. छन्द वा ढड्ग नपरेको; छन्द न बन्दको।
64910 बिछाइ ना. बिछाउने काम वा किसिम।
64911 बिछाइ क.क्रि. बिछाउने काम गरिनु।
64912 बिछाउना ना. हे. बिछ्‌याउना।
64913 बिछाउनु स.क्रि. बस्न वा सुत्नका निम्ति चकटी; गुन्द्री; राडी आदि फिँजाउनु; बिछ्याउनु।
64914 बिछिन् अ.क्रि. बिछ्याउने काम हुनु।
64915 बिछोड ना. छुट्टिने काम वा स्थिति; वियोग; छुट्टिम।
64916 बिछ्‌याइ ना. बिछ्‌याउने क्रिया वा प्रक्रिया।
64917 बिछ्याइनु क.क्रि. बिछ्‌याउने काम गरिनु।
64918 बिछ्याउनु स.क्रि. ओछ्‌याउनु; बिछाउनु।
64919 बिछ्याउना ना. सुकुल; राडी; डस्ना; लम्पट आदि।
64920 बिछ्याउना ना. बिछ्याउने वस्तु; ओछ्यान; बिछाउना / बिछ्यौना।
64921 बिछ्‌याउने ना. १. बिछ्याउने वस्तु; ओछ्यान; बिछ्यौना।
64922 बिछ्‌याउने ना. २. बिछ्‌याउने काम गर्ने व्यक्ति वा साधन।
64923 बिछ्यौना ना. ओछ्‌यान; बिछ्‌याउना।
64924 बिजन ना. १. विभिन्न थरीका बिउहरूको समुदाय; बिउ।
64925 बिजन ना. २. पाखो जग्गाको नाप लिने आँकडा।
64926 बिजन जाँच ना. बिजनका आधारमा गरिने पाखो जग्गाको नापजाँच।
64927 बिजयसार/बिजयसाल ना. सालकै जस्ता पात हुने; काठको कचौरा; गिलास आदि बनाइने; काण्डमा घाउ लाग्दा रगतजस्तो चोब निस्कने एक जातको शालवृक्ष।
64928 बिजाइँ ना. १. अरूलाई दुःख दिने वा मर्का पर्ने किसिमले गरिने बिगो; उपद्रव; अर्घेल्याइँ।
64929 बिजाइँ ना. २. गर्न नहुने वा अरूलाई अहित हुने काम; अन्याय; अत्याचार।
64930 बिजाइँ बिद्युत् ना. अरूलाई मिच्ने वा हानिनोक्सानी पुऱ्याउने दृष्टि गरिने उपधो लुटपिट; हुलदङ्गा आदि।
64931 बिजात ना. १. परम्परागत रूपमा अरूभन्दा कम्ती भनी मानिएको जात; सानो जा।
64932 बिजात ना. २. एकबाट अर्को भिन्न- भिन्न जा।
64933 बिजाती वि. बिजातको ; विजातीय।
64934 बिजापट्टी ना. कोट; पाइन्ट आदि सिउँदा गोल आकारका बनाउन र सिधा रेखा तान्न प्रयोग गरिने; दुवैतिर धातुको चुच्चो निकालिएको; तीनदेखि ६ फिटसम्मको; फुटजस्तो काठको औजार।
64935 बिजुली ना. १. बादल लागेको बेला आकाशमा झिलिक्क चम्कने प्रकाश; सौदामिनी।
64936 बिजुली ना. २. वैज्ञानिक प्रणालीले उत्पन्न गरिने प्रकाश र ताप भएको तथा आकर्षण र अपकर्षणसमेत गर्ने प्रसिद्ध शक्ति; विद्युत्।
64937 बिजुली ना. वि. ३. औधी छिटो; चलाख; चम्किलो।
64938 बिजुली अड्डा ना. बिजुलीको जडान; वितरण आदि र शुल्कको उठतीपुठतीसम्बन्धी काम गर्ने अड्डा; विद्युत्- संस्थान; हालको विद्युत् प्राधिकरण।
64939 बिजुलीकान्ते वि. औधी बाठो ; चनाखो; बिजुले।
64940 बिजुलीगारत ना. राजामहाराजाको अगाडि पछाडि लाग्ने सेनाको टोली।
64941 बिजुली घर ना. बिजुली पैदा गर्ने ठाउँ वा घर (पावर हाउस)।
64942 बिजुली बाहन तुरन्तातुरन्ती पुग्ने; काम गर्ने; ज्यादै बाठो।
64943 बिजुले वि. हिँड्दा; काम गर्दा र कुरा गर्दा साह्रै छिटो; बिजुलीजस्तो; बिजुलीकान्ते।
64944 बिजुलो ना. सुन्तला; चाक्सी आदि फलका केसभित्र रहने रसिलो दाना वा कोश।
64945 बिजुवा ना. राई; याख्खा आदि किराती जातिको पुरेत; राई जातिको झाक्री।
64946 बिजुवा; ना. बिज्जू (आँप )।
64947 बिजोक / बिजोग ना. दयनीय स्थिति; दुःखलाग्दो अवस्था; बिल्लबाठ; बिचल्ली।
64948 बिजोकी / बिजोगी वि. बिजोक भएको बिजोक देखाउने।
64949 बिजोडा वि. जोडा नभएको जोडा नमिलेको; अगल्चो।
64950 बिजोर वि. जोर नभएको; समसङ्ख्यादेखि भिन्न; विषम।