Dictionary

All Word

64801 बिकिनु अ.क्रि. बिक्री होइन; बेचिनु।
64802 बिकुल ना. हे. बिगुल।
64803 बिक्री ना. १. मोल लिएर माल दिने काम; बेच्ने काम।
64804 बिक्री ना. २. सुक्रीको पूरक शब्द।
64805 बिक्रीकर ना. बिक्री गरिने मालसामानमा लाग्ने निर्धारित कर।
64806 बिक्री भण्डार ना. उत्पादित वस्तुको बिक्रीवितरणका निम्ति खोलिएको पसल।
64807 बिक्री सहायक ना. बिक्रीभण्डारमा सहायकका रूपमा काम गर्ने व्यक्ति।
64808 बिख ना. जहर; विष।
64809 बिखड़ो वि. बाउँटो; बिंगठो।
64810 बिखड्याइँ ना. बिंगठ्याइ।
64811 बिखड्याहा वि. बिंगठ्याहा।
64812 बिखर्ची वि. खर्च सकिएको खर्च नभएको; बेखर्ची।
64813 बिखालु वि. बिख भएको; बिखले भरिएको विषयुक्।
64814 बिखालो वि. शरीरमा बिख लाग्ने वा विकार उब्जाउने; बिखालु।
64815 बिखे वि. बिख भएको; बिखालु।
64816 बिखे उन्यु ना. खोलाको तीरतिर पाइने; नरम पात भएको र माछा मार्ने काममा प्रयोग हुने बिखालु उन्यु।
64817 बिखेत ना. अफसोस; खेद; दुःख (उदा.- उसलाई बाबु मरेको भन्दा पनि भाइ छुट्टिएर गएकोमा बिखेत छ।)।
64818 बिखेती ना. विषादी; विषयुक्।
64819 बिगबिगती ना. छुकछुक; चकचक।
64820 बिगबिगाइ ना. बिगबिगाउने क्रिया वा प्रक्रिया।
64821 बिगबिगाउँदो ना. बिगबिगाउने खालको बिगबिगी हुने।
64822 बिगबिगाउनु अ.क्रि. बिगबिगी हुनु उपधो हुन खोज्नु; आतङ्क छाउनु।
64823 बिगबिगाउनु अ.क्रि. (उदा.- बाघ बिगबिगाएको थाहा पाएर गाउँलेहरू सुत्न पनि सकेका छैनन्)।
64824 बिगबिगी क्रि.वि. कुनै वस्तुको चर्को उपधो ; आतङ्कको अधिकता।
64825 बिगहट्टी ना. कुनै जग्गाजमिनको बिघा; पोत आदिको लगत वा बिघापिच्छेको रकम बिघट्टी।
64826 बिगार ना. नराम्रा कुरातिर भएको परिवर्तन; बरबादी; ; नाश; हानि; बितल बित्यास।
64827 बिगार ना. २. टुना; मोहिनी आदिबाट उत्पन्न भएको रोग वा दुःख।
64828 बिगारसिङ वि. १. बिगार्ने काम गर्ने; बिग्रने; विनाशकारी।
64829 बिगारसिङ वि. २. उदास।
64830 बिगुत ना. देवदेवताका नाममा हवन गरिएको यज्ञकुण्डको खरानी; जोगीहरूले चन्दनको साटो लाउने खरानी; विभू।
64831 बिगुती वि. गुवा खरानी रङको।
64832 बिगुल ना. सङ्केत दिनका लागि फुकेर बजाइने एक प्रकारको पल्टनियाँ बाजा; बाच्छाईबाजाका प्रकारभित्र पर्ने; फुकेर बजाइने बाजा विशेष बिकुल।
64833 बिगुले ना. बिगुल बजाउने व्यक्ति; बिकुल बजाउने पल्टनिया जवान।
64834 बिगो ना. कसैले अनुचित किसिमले लिएको धनमाल वा सो धनमालमा दाबी गरिएको निश्चित रकम; अपराध; कसुर र दोषसम्बन्धी मामिलामा प्रभाव पार्ने कुनै पनि रकम।
64835 बिगो ना. २. नचाहिँदो वा नाश हुने किसिमको काम बिगार; निहुँ।
64836 बिगौती ना. भर्खर बियाएका गाई-भैंसीको दुध पकाउँदा फाटेर पानी सुकेपछि तयार भएको कुराउनीजस्तो बुरबुरे खानेकुरो बिघौती।
64837 बिगौते वि. बिघौतीजस्तो; आलो; बिघौतीको; बिघौते।
64838 बिगौते औलो ना. पालुवा - पातका घाँस खाएका वस्तुको दुध खाँदा लाग्ने औलो; आलो औलो।
64839 बिगौते दुध ना. भर्खर भर्खर बियाएका लैनु वस्तुको दुध।
64840 बिग्याहा वि. बिगो गर्ने स्वभावको उपद्रवी।
64841 बिग्रनु अ.क्रि. १. कुनै वस्तुको रूप; गुण आदिमा कुनै प्रकारले विकार आउनु; बरबाद हुनु; नाश हुनु; सड्नु; कुहुनु आदि।
64842 बिग्रनु अ.क्रि. २. काम नलाग्ने हुनु; हानि हुनु।
64843 बिग्रनु अ.क्रि. ३ टुटफुट वा भताभुङ्ग हुनु; भत्कोस लाग्नु।
64844 बिग्रनु अ.क्रि. ४. कुनै वस्तु बनाउन थाल्दा चुकेर वा नजानेर नबन्नु खेर जानु विफल हुनु।
64845 बिग्रनु अ.क्रि. ५. जाति; धर्म; नीति; उद्देश्य आदिबाट च्युत हुनु; पतित हुनु।
64846 बिग्रनु अ.क्रि. ६. खराब बानी लिनु वा आचरणहीन हुनु; बदमास बन्नु।
64847 बिग्रनु अ.क्रि. ७. पोइल जानु; बोरिनु।
64848 बिग्रनु अ.क्रि. ८. गर्भ तुहुनु।
64849 बिग्राइ ना. बिग्रने काम वा किसिम।
64850 बिग्रिनु अ.क्रि. बरबाद होइन; नासिनु; बिग्रनु।