Dictionary

All Word

64651 बासट्ठीऔँ / बासट्ठीयॉँ वि. हे. बासट्ठिऔँ।
64652 बासट्ठी हरण ना. वि. सं. १८६२ सालमा हरण भएको बिर्ता।
64653 बासन- ना. बास्ना वास।
64654 बासन- ना. (उदा.- इन्द्रकमल फूल फुल्यो मगमग बासन देश डुल्यो। - लोकगीत )।
64655 बासमती ना. बास्ना आउने; एक किसिमको असल जातको धान वा त्यसैको चामल।
64656 बासा ना. १. पुस्तकपुस्तिका आदि बाँध्ने कपडाको टुक्रा वा रुमाल बस्ता।
64657 बासा ना. २. सुर्ती आदि हाल्ने बेरुवा सानो थैली।
64658 बासिनु अ.क्रि. बास्ने काम हुनु पक्षीहरू कराइनु।
64659 बासिन्दा वि. कुनै ठाउँमा बसोबास गर्ने वा त्यस ठाउँको निवासी रैथाने।
64660 बासिबिदो- ना. निकै दिनसम्म लगातार पानी बर्सिएर बिचमा एक रात रहेको पानीको अडान।
64661 बासी ना. तयार हुनेबित्तिकै उपयोगमा नल्याई अर्को दिन उपस्थित गरिएको धेरै रातदेखि एक रातसम्मको पुरानो ताजा नभएको; बास चलेको।
64662 बासी कुरो ना. बितेको कुरो; पुरानो कुरो।
64663 बासी पानी ना. अघिल्लो दिन ल्याइएको वा राखिएको पानी।
64664 बासी मुख- ना. बिहान उठेर नधोइएको मुख।
64665 बास्ना ना. मिठो बास; सुगन्ध।
64666 बास्ना ना. २. राम्रो वा फिँजिएको नाउँ।
64667 बास्नादार वि. . बास्ना आउने वा बास्ना भएको।
64668 बास्सा ना. हे. बादशाह।
64669 बाहाँ ना. १. कुमदेखि हातका औँलासम्मको भाग वा फेरो हात भुजा।
64670 बाहाँ ना. २. छानामा बलो राख्ने ठाउँ।
64671 बाहाँकटे / कट्टे ना. १. केटाकेटीले छड्के हिर्काएर खेल्ने एक किसिमको खेल।
64672 बाहाँकटे / कट्टे ना. २. दुवै बाहाँले पानी काटेर पौडने चाल।
64673 बाहाँकटे / कट्टे ना. ३. बाँकटे (भोटो )।
64674 बाहाँजोरी ना. १. मितेरी जनाउँदा वा आत्मीयता प्रदर्शित गर्दा अँगालो मार्ने काम; अङ्कमाल; आलिङ्गन।
64675 बाहाँजोरी ना. २. मल्लयुद्ध; कुस्ती।
64676 बाहाँजोरी ना. बाहाँभरि वि. पूरे एक बाहाँ।
64677 बाहान ना. १. खानेकुराको एक पटकको पाक।
64678 बाहान ना. २. खाने वा पकाउने पटक चोटि।
64679 बाहाने वि. पहिलोपल्ट बाहेकका पाकको दोस्रो तेस्रो पटकमा पकाइएको।
64680 बाहिक ना. यो. / क्रि.वि. हे. बाहेक (उदा.- चरण् बाहिक एक् छिन् पनि रहन ताप् हुन्छ मनमा। भानुभक्त)।
64681 बाहिडा वि. १. सरकारभन्दा बाहिरको बाहिरिया (दिव्य.)।
64682 बाहिडा वि. २. गैरकानुनी; खोटो; कीर्ते (टक; छाप; लालमोहर आदि)।
64683 बाहिर ना. यो. १. कुनै स्थान; सीमा; अवस्था; नियम आदिदेखि पर वा अलग; मित्रदेखि बाहेक; बाहिडो (प. ने.)।
64684 बाहिर ना. यो. २. अन्य स्थानमा अर्को गाउँ; सहर; जिल्ला वा देशमा।
64685 बाहिर ना. यो. ना. ३. कुनै नियत ठाउँको बाहिरी भाग।
64686 बाहिर ना. यो. वि. ४. अलग; भिन्न।
64687 बाहिर पाटो ना. बाहिरबाहिरै हुने काम; निकालावास।
64688 बाहिरफेरा/फेरो ना. यो. सहर वा बस्तीदेखि बाहिर; काँठ हुँदो; बाहिरतिर।
64689 बाहिरिनु अ.क्रि. बाहिर निस्कनु; बाहिर हुनु।
64690 बाहिरिया वि. १. बाहिरको बाहिरी।
64691 बाहिरिया वि. २. घरायसीभन्दा बेग्लो; परचक्री विदेशी।
64692 बाहिरी वि. बाहिर रहने वा बाहिरको बाहिरिया।
64693 बाहिरी पात ना. . बाहिरको भाग।
64694 बाहि ना. बाहिरिने काम वा किसिम।
64695 बाहिन्यैइ प्रे. क्र. बाहिरिन लाउनु।
64696 बाह ना. सुन चाँदी आदिको चुराविशेष; बाइँ; बाला।
64697 बाहु ना. १. बाहुली; हात; भुजा।
64698 बाहु ना. २. पाखुरो।
64699 बाहुन- ना. आर्यहरूका चार वर्णमध्ये एक; ब्राह्मण।
64700 बाहुनचरी ना. जजमानी वृत्तिमा लागेको दयापात्र बाहुन वा दुःखी; सिधा र निर्दोष ब्राह्मण।