Dictionary

All Word

64501 बाह्रबिस ना./ वि. दुई सय चालिस।
64502 बाह्र मगरात ना. नेपालमा पहिले मगरहरूको बसोबास भएको बाह्र स्थानलाई संयुक्त रूपले भन्ने नाम ( सतहुँ; पैयुँ; मिरकोट; ढोर; गौं; रिसिड; घिरिङ; गुल्मी; अर्घा; खाँची; मुसीकोट र इस्मा)।
64503 बाह्रमास ना. १. वर्ष दिनभरि।
64504 बाह्रमास ना. २. सदाकाल।
64505 बाह्रमासा ना. बाह्र महिना वा ती महिनाको बयान लेखिएको कविता।
64506 बाह्रमासे वि. १. बाह्रै महिना फल्ने वा फुल्ने (फलफूल )।
64507 बाह्रमासे वि. २. बैला भएकी; बरौठिएकी।
64508 बाह्रमासे वि. ना ३. बाह्रै महिनाको प्राकृतिक वर्णन गरिएको कविता।
64509 बाह्रमासे वि. ४. अवैधानिक वा चोर जुवा; त्यस्तै बन्देज गरिएको खेल वा जुवा खेल्ने व्यक्ति; जुवाडे।
64510 बाह्रमासे वि. ५. बाह्रै महिना फुल्ने; प्राय: कलेजी रङको; तीनकुने एक जातको फूल।
64511 बाह्रमासे वि. ६. बा महिनामा गाइने एक प्रकारको गी।
64512 बाह्रमासे अखडा ना. बाह्रमासेहरू जम्मा भई जुवा खेल्ने ठाउँ; चोरजुवाको खाल।
64513 बाहसत्तरी वि. अनेक किसिमको वा ओली ओलीको (कुरा गन्थन इ.); धेरै परिपाठ मिलाएको।
64514 बाहसत्ताइस वि. चाहिँदो - नचाहिँदो; बाह्रसत्तरी।
64515 बाह्रसिङ्गा/सिङ्गे ना. लामा-लामा हाँगादार सिङ हुने एक जातको मृग; जरायो।
64516 बाह्र हजार ना. दुनियाँ जनता (दिव्य.)।
64517 बाह्र हजार ना. (पहिले गोरखा राज्यभर बाह्र हजार घर मानिएकाले पछिसम्म यो शब्द सम्पूर्ण जनताको बोध गराउन प्रयुक्त हुन्थ्यो )।
64518 बार्हस्पत्य- वि. १. बृहस्पतिसम्बन्धी; बृहस्पतिद्वारा हुने वा गरिने; बृहस्पतिको।
64519 बार्हस्पत्य- वि. २. बृहस्पतिद्वारा प्रवर्तित मानिएको भौतिकवादी सम्प्रदाय वा त्यसमा लाग्ने शिष्य।
64520 बार्हस्पत्य- वि. ३. गणित ज्योतिषमा साठी संवत्सरमध्ये एक।
64521 बार्हस्पत्य- वि. ४. पुष्य नक्षत्र।
64522 बाह्रामस्ट ना. खस बाहुनका कुलायन; खसानी देवता।
64523 बाह्रौं वि. १. बाह्र सङ्ख्यालाई पूरा गर्ने; बाह सङ्ख्याको।
64524 बाह्रौं वि. ना. २. मरेका बाह्र दिनमा गरिने कर्म।
64525 बाल्नु स.क्रि. १. दाउरा; कोइला; बत्ती आदि बल्ने गराउनु; जलाउनु; सल्काउनु।
64526 बाल्नु स.क्रि. २. ज्वाला निकाल्नु दन्काउनु।
64527 बाल ना. १. साह्रै सानो उमेरको व्यक्ति; केटाकेटी; नानी; बालक।
64528 बाल ना. २. कपाल; केश; रौं।
64529 बाल ना. 3. गहुँ; जौ आदिको झुस।
64530 बाल ना. वि. ४. उमेर नपुगेको वा कम उमेरको भर्खर उदाएको वा जन्मेको (जस्तो- बालपोथ्रो; बालसूर्य आदि)।
64531 बाल ना. ५. अनजान; नासमझ।
64532 बाल अमृत ना. हे. बालामृ।
64533 बालक ना. १. केटाकेटी; बच्चा; नानी; शिशु; बालख।
64534 बालक ना. २. छोरो; पुत्र।
64535 बालक ना. ३. अनजान मान्छे; मूर्ख वा नासमझ व्यक्ति।
64536 बालकठी ना. लुगाको तान लाउँदा धागाका बिच- बिचमा घुसारिने झिनो लट्ठीजस्तो सामान।
64537 बालकपन ना. १. बालक हुनाको भाव वा अवस्था; केटाकेटीपन।
64538 बालकपन ना. २. बेबुझक्याइँ।
64539 बालकमानी ना. रौंजस्तो मसिनो तारद्वारा बनेको; निरन्तर हल्लिएर घडी ठिकसँग चलाउने कमानी।
64540 बालकाण्ड ना. रामायणमा रामको जन्म तथा बाललीलाको वर्णन भएको पहिलो काण्ड वा भाग।
64541 बालकाल ना. बालकको अवस्था; बाल्यावस्था।
64542 बालकुमारी ना. अँग्रेजीमा 'मैडेन हेयर ट्रि' भनिने संसारमै ज्यादै कम पाइने दुर्लभ जातको मझौला खालको रुख।
64543 बालकेलि ना. केटाकेटीको खेलबाड।
64544 बालकोष ना. बालकहरूको सामाजिक कल्याण तथा उन्नतिका निम्ति स्थापना गरिने कोष।
64545 बालगिरी वि. बहालमा लिने दिने गरिएको वा त्यस्तै कुनै कामका लागि सापट ल्याइएको (वस्तु); भाडावाल; बहालगिरी।
64546 बालगोपाल- ना. १. बालक कृष्ण।
64547 बालगोपाल- ना. २. परिवारका केटाकेटी।
64548 बालग्रन्थि ना. बाल्यावस्थामा बढ्ने; तरुणावस्थामा उस्तै रहने र वृद्धावस्थामा घट्दै जाने; छातीको मध्य स्थानमा रहेको ग्रन्थि (इन्द्रिय)।
64549 बालग्रह ना. बालकहरूलाई दुःख दिने वा रोग पैदा गराउने पिशाच।
64550 बालघर- ना. टुहुरा बालबालिकाहरूलाई पालनपोषण आदि गरेर राखिने घर; अनाथालय।