Dictionary

All Word

64451 बायाँ वि . १. शारीरिक रूपमा विपरीत पक्षभन्दा केही दुर्बल तथा कम सक्रिय; 'दायाँ' को विपरीतार्थक शब्द; देब्रे; बाउँ बाम।
64452 बायाँ वि . २. प्रतिकूल; उल्टो।
64453 बायाँ वि . ना. ३. देब्रे हातले बजाइने तबला।
64454 बायाँ हातको खेल ना. ज्यादै सजिलो काम।
64455 बायु- ना. हावा; वायु।
64456 बायुपडी ना. बाइपछी।
64457 बायुबेग वि . छिटो।
64458 बार्नु स.क्रि. १. जोगाउबचाउका निम्ति कुनै ठाउँलाई वरिपरिबाट घेर्नु; छेका वा बार लाउनु।
64459 बार्नु स.क्रि. २. नियम पुयाई कुनै वस्तु प्रयोगमा नल्याउनु बारना गर्नु।
64460 बार्नु स.क्रि. 3 रोक्नु; छेक्नु।
64461 बार्नु स.क्रि. ४. पथपरहेज गर्नु।
64462 बार्नु स.क्रि. ५. आशौच मनाउनु।
64463 बार ना. १. काठ; बाँस; घोचा आदिको छेका वा एक प्रकारको पर्खाल।
64464 बार ना. २. समय; अवसर; वार।
64465 बार ना. क्रि.वि. ३ पटक फेरा; चोटि।
64466 बार ना. कानुनव्यवसायी वा वकिलहरूको समूह वा संयुक्त निकाय।
64467 बार ना. बार एसोसिएसन ना वकिल वा बारका सदस्यहरूको सङ्घ वा सङ्गठन।
64468 बारना ना. अशुद्ध मानिएको वस्तु प्रयोगमा नल्याउने; निषिद्ध भोजन नगर्ने; संसर्गबाट भएको दोष हटाउने आदि काम; त्यस्ता दोषको परिहार।
64469 बारना ना. २. पथपरहेज।
64470 बारबन्देज ना. जग्गाजमिनको सुरक्षाका निम्ति वा बस्तुभाउ पस्न नदिन आवश्यक व्यवस्थासहित बार आदि लगाउने काम छेथुन।
64471 बारबार क्रि.वि. पटकपटक वारवार; बारम्बार पुनः- पुनः।
64472 बारबुर / बारबेर ना. बार्ने र बेर्ने काम बार लाउने काम।
64473 बारम्बार क्रि.वि. पटकैपिच्छे ; लगातार; बार-बार।
64474 बारा ना. मास; मुगी आदिको पिठो रयाली बिचमा प्वाल पारेर फुरौलाका ढाँचाले घिउ तेलमा पकाइने गोलो बाक्लो रोटी।
64475 बारा ना. झ्याल; ढोका; तस्बिर; ऐना आदिको चौकोस; फ्रेम।
64476 बारा ना. नेपालको मध्यमाञ्चल विकासक्षेत्रभित्र पर्ने नारायणी अञ्चलको एक जिल्ला।
64477 बाराबार ना. १. परस्परमा एकले छोएको अर्काले नखाने वा पानी; आवतजावत आदि बार्ने काम।
64478 बाराबार ना. २. धमाधम बार्ने काम बारबेर गर्ने अवस्था।
64479 बारिनु क.क्रि. बार्ने काम गरिनु; बार लाइनु।
64480 बारी ना. १. पाखाबाली मात्र लाग्ने आबादी जग्गा; पाखो जग्गा।
64481 बारी ना. २. बगैँचा; वाटिका।
64482 बारुत/बारुद ना. गन्धक; सोडा र कोइलाको धुलो मिसाएर बनाइएको विस्फोटक पदार्।
64483 बारुत/ बारुदखाना वि. बारुद बनाउने अथवा राख्ने घर।
64484 बारुले कम्मर ना. बारुलाका ढाँचाको वा बारुलोसम्बन्धी; बारुलाको जस्तो।
64485 बारुलो ना. अरिङ्गालका जातको सानो चिल्ने किरोविशेष।
64486 बारे ना. यो. १. विषयमा प्रसङ्ग वा सम्बन्धमा।
64487 बारे ना. यो. (उदा.- यसबारे मैले केही सोचेकै छैन।) ना. २. विषय; सम्बन्ध।
64488 बारे ना. यो. (उदा.- के बारेको काम हो तपाईंको ? )।
64489 बारे ना. यो. ३. वि. वारसम्बन्धी (आइतबारे; मङ्गलबारे )।
64490 बारे ना. स्थाननाम।
64491 बारेमज्जा ना. भुटेका चना; भुजा आदि विभिन्न वस्तु मिलाई कागतमा सोतो पारी हालिएको खानेकुरो; चनाचटपटे।
64492 बार्दली ना. घरको छानामुनि गारोभन्दा बाहिरपट्टि निकालेर डन्डी; रेलिङ आदिले बारिएको बस्ने ठाउँ एक किसिमको बुर्जा।
64493 बार्निस/बार्नेस ना. १. जोगाउन र टल्काउनका निम्ति काठ; फलाम; छाला आदिमा लगाइने रोगन।
64494 बार्निस/बार्नेस ना. २. रङ्गरोगनमा मिलाइने एक प्रकारको चिल्लो टलकदार तेल।
64495 बाह्र ना. १. दश र दुईको योगबाट बन्ने सङ्ख्या १२- को अङ्क।
64496 बाह्र ना. वि. २. त्यति सङ्ख्याको।
64497 बाह्रखरी ना. दस स्वर तथा अनुस्वार र विसर्गयुक्त दुई स्वरसमेतका मात्रा मिलेर बन्ने क; का आदि व्यञ्जनवर्णका बाह्रबाह अक्षरको समुदाय; साउँ अक्षर; बारखरी।
64498 बाह ठकुराई- ना. बाह थरी।
64499 बाह्रपोल ना. धार्नी- प्रणालीमा सवा दुई बोडी तौल।
64500 बाह्रबहत्तर ना. सधैँ चाड आदिको निहुँ पारेर टार्न गरिने कुरा चाडबाडको दिन।