Dictionary

All Word

64401 बाफ ना. १. पानी तातेर हल्का भई धुवाँका रूपमा मास्तिर उडेका सूक्ष्म जलकणहरूको समूह।
64402 बाफ ना. २. शरीरबाट निस्केको तातोपन।
64403 बाफ ना. बाबु पिता।
64404 बाफरे वि.बो. डर; अचम्म; उदेक आदि जनाउने शब्द।
64405 बाफरे वि.बो. (उदा.- बाफरे; चिडियाखानामा कत्रो बाघ रहेछ !)।
64406 बाफरे बाफ वि.बो. डर; अचम्म; उदेक; दुःख आदि प्रकट गर्दा निस्कने शब्द।
64407 बाफरे बाफ वि.बो. ( उदा. बाफरेबाफ ! छोरीको विवाहमा तिनको खर्च देखेर म त छक्कै परें। )।
64408 बाफवैरी ना. बाबुबाजेका पालादेखिको शत्रु; बापवैरी।
64409 बाफिनु अ.क्रि. १. बाफ बन्नु वा बाफ निस्कने हुनु; गर्माउनु।
64410 बाफिनु अ.क्रि. २. बाफले कुनै खानेकुरा पाक्नु; गुम्सिनु।
64411 बाफिलो वि . बाफ निस्कने; बाफले भरिएको; धेरै तातो गरम हुने ठाउँ आदि)।
64412 बाफोंडी ना. बिर्कोबाट बाफ उम्कन नदिएर; खानेकुरो छिटै र राम्ररी गलाई पकाउने खास प्रकारको भाँडो; प्रेसरकुकर।
64413 बाफ्ता ना. एक प्रकारको मोटो रेसमी कपडा।
64414 बाबर ना. चामलको पिठो रयालेर घिउ-तेलमा पकाइएको गोलो रोटी।
64415 बाबरका वि . बाबरका जस्ता ठुलठुला कान हुने।
64416 बाबरनेट/बाबरलेट ना. खास्टो; चोलो आदि छाप्ने वा कुल पर्दा आदि बनाउने काममा प्रयोग हुने; जालीदार मिहिन कपडा।
64417 बाबडी ना. तलगडा; पोखरी।
64418 बाबरी ना. सानासाना खसा पात हुने; राता मसिना फूल फुल्ने र तुलसीको जस्तो बास्ना आउने भारविशेष; पुदिना।
64419 बाबा ना. १. बाबु वा बाबु जस्तै पूज्य वृद्ध व्यक्ति।
64420 बाबा ना. २. साधु; सन्यासी वा पूज्य व्यक्तिलाई अरूले र अरूलाई साधुसन्न्यासीले गर्ने सम्बोधन।
64421 बाबा ना. ३. छोराछोरीलाई प्यारो गरेर भनिने शब्द।
64422 बाबा ना. वि.बो. ४. डर; त्रास; दिक्क; आश्चर्य आदि जनाउँदा निस्कने शब्द।
64423 बाबाजी ना. १. साधुसन्न्यासीलाई आदर जनाइने शब्द।
64424 बाबाजी ना. २. साधुसन्न्यासी।
64425 बाबा लँगौटी ना. भर्खर जन्मेका नानीहरूलाई कमरमा बाँधेर लगाइदिने कट्टु जस्तै लुगाविशेष।
64426 बाबियो ना. घर छाउने; डोरी बाट्ने र कुचो बनाउने काममा प्रयोग गरिने; कुशजस्ता लामा; झिना पात हुने र कोदाका कोसाजस्ता साना फूल फुल्ने भारविशेष।
64427 बाबु ना. १. आफूलाई जन्माउने व्यक्ति; बुबा; पिता।
64428 बाबु ना. २. कानुनअनुसार धर्मपुत्र राख्न पाउने व्यक्ति।
64429 बाबुबाजे ना. बाबु बाजे आदि पूर्वपुरुष; पुर्खा।
64430 बाबुसाहेब ना. ठकुरी; राजघरानाका साधारण व्यक्ति र धनीमानीका छोराहरूलाई प्रयोग गरिने मानबोध शब्द।
64431 बाबै वि. बो. आश्चर्य; उदेक; भय; आशङ्का आदि बुझाउने शब्द।
64432 बाबै वि. बो. (उदा.- बाबै ! यहाँ त कत्रो सर्प रहेछ ! बुहारीले ससुरासँग कसरी झगडा गर्न सकेकी होली बाबै ! )।
64433 बाबै वि. बो. २. आफूभन्दा मुनिको व्यक्तिलाई सम्झाउँदा प्रयोग गरिने शब्द।
64434 बाबै वि. बो. (उदा.- मैले भनेको मान बाबै; नत्र पछि पछुताउनुपर्ला।
64435 बाबै नि निपा. आश्चर्य; उदेक; डर त्रास आदिमा प्रयोग हुने शब्द।
64436 बाबै नि निपा. (उदा.- नानी झन्डै झ्यालबाट खसेको; बाबै नि ! म त डरले थर्र भएँ। बाबै नि; त्यहाँ त मान्छे पो झुन्डिएको रहेछ !)।
64437 बाम ना. झलक्क हेर्दा सर्पजस्तो देखिने एक जातको माछो।
64438 बाम वि . बायाँ; बाउँ।
64439 बामखुट्टे वि . बायाँ खुट्टाले अगाडि टेक्ने वा बायाँ खुट्टा नभई खोच्याएर हिँड्ने बागो खुट्टा भएको।
64440 बामखुरे वि . बायाँतिर खुर फर्केको बामखुट्टे।
64441 बामपाटो ना. १. शरीरको देब्रे भाग।
64442 बामपाटो ना. २. अनुकूल नपर्ने ठाउँ।
64443 बामपाटो ना. ३. प्रायः साल आदिका रुखमा गोलो बनाएर बस्ने; खैरो खालको कमिलो।
64444 बामपुड्के वि . ज्यादै पुड्को; बाउन्ने।
64445 बाम 3 ना. देब्रे हातले बजाइने तबला।
64446 बामे ना. बालक घखँदाको सराइ।
64447 बामे सराइ ना. बामे सर्ने काम वा किसिम।
64448 बामे सर्नु क्रि. पदा. भर्खरका नानीले हातखुट्टाका सहायताले शरीर भुईंमा घिसारेर हिँड्नु।
64449 बामेचरो ना. बाहुनचरी।
64450 बायविडङ्ग ना. हिमाली पहाड; लङ्का र बर्मामा हुने एक लता वा त्यसैको फल।