Dictionary

All Word

64301 बाटो खर्च ना. बाटो हिँड्दा खानपान; सवारी आदिमा लाग्ने वा लिइने खर्च।
64302 बाटोघाटो ना. सानो-ठुलो सबै बाटो; बाटो र बाटामा पर्ने नदीनाला आदि।
64303 बाटोघाटो ना. बाटो म्याद ना कुनै कामका निम्ति मोफसलबाट आउँदा वा सदरबाट जाँदा बाटामा लाग्ने निर्धारित समय।
64304 बाठो वि. १. राम्ररी बोल्न वा व्यवहार गर्न जान्ने; चलाख; चतुर; पटु; धूर्।
64305 बाठो वि. २. बुद्धिमान्।
64306 बाड ना. खुकुरी; तरबार आदिको बिंड।
64307 बाड ना. समुद्रको जललाई सोस्ने अग्नि; बडवानल।
64308 बाडा ना. डोको; थुन्चे आदि बुन्दा थप्नुपर्ने चोया।
64309 बाडी ना. घरघडेरी बारी (जस्तो- ठाकुरबाडी; चन्दनबाडी इ.)।
64310 बाडुली ना. वातविकार आदिका कारणले घाँटीबाट हिक्क हिक्क निस्कने आवाज; हिक्का।
64311 बाढ़ ना. १. बाढी।
64312 बाढ़ ना. २. हतियारको वर्षा (दिव्य.)।
64313 बाढी ना. ज्यादा वर्षा हुँदा पानी बढेर आफ्नो नियत स्थान नाघी बगेको नदीनालाको प्रवाह; बाढ।
64314 बाढी सिँचाइ ना. कुलो खुलै राखेर भल - बाढी पस्न दिई खेतीलाई सिंचाइ गर्ने काम।
64315 बाढीको मुढो ना. आपत् कालमा सहारा।
64316 बाण ना. धनुको ताँदोमा फेद अड्याई ताँदो आफूपट्टि तानेर लक्ष्यवेध गर्न वेगसँग छोडिने; टुप्पो तिखो र दुवैतिर धार भएको प्राचीन हतियार; वाण; शर; काँढ।
64317 बाण भट्ट ना. संस्कृत साहित्यमा प्रसिद्ध 'हर्षचरित' र 'कादम्बरी ' गद्यकाव्य लेख्ने महाकवि।
64318 बाणमुख लिपि ना. सुमेर; इरान आदि देशमा आ-आफ्नै किसिमले प्राचीनकालमा प्रचलित; बाणको मुखको आकार भएको लिपि; बाणमुख लिपि; कीलाक्षर (क्यूनिफार्म लिपि)।
64319 बाण लिङ्ग ना. १. शिवलिङ्गका रूपमा पूजा गरिने; नर्मदा नदीमा पाइने; केही लाम्चो; गोल र सेतो चिल्लो पत्थर।
64320 बाण लिङ्ग ना. २. बाणको चिह्न भएको शिवलिङ्ग।
64321 बात ना. वायुको विकारबाट शरीरका जोर्नीहरू सुन्निएर दुख्ने रोगविशेष।
64322 बात ना. १. दुई थरीका बिच गरिने कुरो; वार्ता।
64323 बात ना. २. बोली वा वचन।
64324 बात ना. ३. प्रसङ्ग विषय।
64325 बात ना. ४. समाचार; सन्देश।
64326 बात ना. ५. दोषारोपण; अभियोग।
64327 बात ना. वि. ६. छोडिएको बाहेक।
64328 बातचित ना. दुई वा दुईभन्दा बढी मानिसहरूका बिच परस्परमा हुने कुराकानी वार्तालाप।
64329 बात ना. बात; कुरा।
64330 बातनपिच्छे क्रि.वि. हरेक कुरो गर्दा; जुन कुरामा पनि।
64331 बाता ना. डाँडा भाटा; बार आदि बाँध्न बनाइने; बाँसको नछुट्ट्याइएको चोयाको मुठो।
64332 बातिल वि . खारिज गरिएको रद्द गरिएको; बदर;।
64333 बाती ना. बत्ती; दीप।
64334 बातो ना. कोदाली वा कोदालाको पातो; बापट।
64335 बातो ना. बाहेक।
64336 बातो ना. १. चाकबाट रोपेर शासना दिइने वा मार्ने हतियारविशेष; शूली।
64337 बातो ना. २. घर छाइने टुप्पो तिखारेको चोयो।
64338 बातो बस्नु टु अनिकालले चुलामा आगो बल्न बन्द हुनु; काम टक्क रोकिनु।
64339 बातो हान्ने ना. कुलो सल्काई दुखेको ठाउँमा पोलेर गरिने; एक किसिमको ग्रामीण उपचारपद्धति।
64340 बात्तिनु अ.क्रि. १.कुरैकुरामा लाग्नु; गफी वा कुरौटे हुनु।
64341 बात्तिनु अ.क्रि. २. प्रसङ्ग बेप्रसङ्गका नानावली कुरा झिकी कुरैमा भुल्नु वा हराउनु।
64342 बाथ ना. १. वातरोगविशेष; बा।
64343 बाथ ना. २. जुवा खेल्दा कुनै दाउमा ठिनी वा च्याँखे केही नराखिने र जितहार हुँदा लिनुदिनु नगरी बाहेक गर्ने काम।
64344 बाथ ना. बनेलको बोसो।
64345 बादरा ना. कपडा आदिमा बुट्टा भर्ने र माला आदि उन्दा बिचबिचमा हालेर राम्रो पार्न प्रयोग गरिने पहेँलो; चम्किलो मसिनो चेप्टो तार; धातुको डोरी।
64346 बादल ना. १. पृथ्वीको पानी माथि सोसिएर आकाशमा फैलिई पानी बर्साउने वाष्पकण मेहरो मेघ।
64347 बादल ना. २. आँखामा लाग्ने जालोविशेष।
64348 बादसाह ना. १. धेरै मुलुकको अधिपतिका रूपमा रहेका एउटै मुख्य राजा; सम्राट् चक्रवर्ती।
64349 बादसाह ना. २. तास; गन्जिफा आदिमा राजाको चित्र भएको एक प्रमुख पत्ती; बास्सा।
64350 बादसाह ना. ३. बुद्धिचालको सबैभन्दा मुख्य गोटी।