Dictionary

All Word

64151 बाकलपाते ना. बाक्ला पात हुने र पातको झिल्ली पातलो कागतजस्तो हुने एक झार।
64152 बाकस ना. बक्सा; सन्दुक।
64153 बाकाइदा क्रि.वि. काइदामुताबिक; काइदासाथ; नियमानुसार।
64154 बाकुपौ ना. पुरानो चलनअनुसार कुनै विशेष महत्त्वको सग्लो कागतपत्र पछि किर्ते हुने स्थिति नपरोस् भनी सो कागत च्याती सम्बन्धित व्यक्तिहरूले बाँडेर लिएको टुक्रा; अधकट्टी (यस्ता कागतमा १९४५ साल वैशाख ३० गते शुक्रवारभन्दा पहिलेको ललितपुर र भक्तपुरको 'श्रीवत्स' भन्ने छाप लगाएर कानुनी मान्यता दर्साइएको हुन्थ्यो। )।
64155 बाकुल्लो ना. हे. बकुल्लो।
64156 बाक्लिनु अ.क्रि. बाक्लो हुनु; गाढा हुनु; घना हुनु।
64157 बाक्लो वि. १. पातलो नभएको; मोटो।
64158 बाक्लो वि. २. पन्यालोपन कम नभएको; गाढा।
64159 बाक्लो वि. ३. घना; सघन।
64160 बाक्लो वि. ४. खुब जमेको।
64161 बाक्लो चाक्लो वि. बाक्लो र चाक्लो; चाक्लोबाक्लो।
64162 बाक्लो चाक्लो वि. (उदा.- बाक्लो - चाक्लो दुई माना पाक्ने। उखान )।
64163 बाक्सी ना. १. कस; खिया।
64164 बाक्सी ना. २. दुसी सडुवापन।
64165 बाखापाठा ना. बाखा र पाठा।
64166 बाख्री ना. पोथी बाखो।
64167 बाख्रे वि. १. खसी बाखा पाल्ने; खसीबाखाबाट जीविका चलाउने।
64168 बाख्रे वि. २. बाख्रोजस्तो; बाखाको।
64169 बाख्रे वि. ३. लाजशरम केही नभएको।
64170 बाखे उन्यु ना. उन्युका भन्दा ठुलठुला पात र बोट हुने एक जातको उन्यु।
64171 बाखे केटो / केटी ना. सानो फुच्चे केटो वा केटी।
64172 बाख्रे च्याउ ना. पुराना रुखमा उम्रने; कालो रङको; खान हुने एक जातको च्याउ।
64173 बाख्रो ना. १. मासु खाइने प्रसिद्ध घरपाला पशुविशेष; बोको।
64174 बाख्रो ना. २. बोका; बाखा बढाउनका निम्ति पालिने पोथी बाखो; बाखी।
64175 बाग ना. फलफूलबारी; बगैँचा; वाटिका।
64176 बाग; ना. कुनै वस्तु च्याप्नका निम्ति टेबिल आदिमा स्थिर गरी जडिएको वस्तु।
64177 बाग; ना. २. घोडाको लगाम; बागडोर।
64178 बाने डोर ना. १. घोडा आदिको लगाम।
64179 बाने डोर ना. २. मातहतका व्यक्तिलाई निर्देशन दिने तथा कार्यसञ्चालन गर्ने मुख्य अधिकारी; शासनको अभिभारा वा नियन्त्रण।
64180 बागलुङ ना. पालको पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने धवलागिरि अञ्चलको दक्षिणी भागमा रहेको एक जिल्ला।
64181 बागलुङे वि. १.बागलुङमा बनेको वा हुने।
64182 बागलुङे वि. २. बागलुङसम्बन्धी; बागलुङको।
64183 बागलुङे कागत ना. १. बागलुङमा तयार भएको नेपाली काग।
64184 बागवान ना. बगैँचाको वा बगैँचासम्बन्धी काम गर्ने व्यक्ति; बगैँचे; माली।
64185 बागवानी ना. बगैँचे वा मालीले गर्ने बगैँचासम्बन्धी काम मालीको पेसा।
64186 बागवानी ना. २. फलफूल खेती।
64187 बागवानी केन्द्र ना. फलफूल उत्पादन गर्ने कृषिकेन्द्र।
64188 बागियान वि. १. विद्रोही; बागी।
64189 बागियान वि. २. बागीको जस्तो काम गर्ने।
64190 बागी वि. देश वा राज्यका विरुद्ध द्रोह गर्ने; विद्रोह गर्ने; विप्लवी।
64191 बाग्मती ना. काठमाडौं उपत्यकाको पशुपति छेउबाट बग्ने एक प्रसिद्ध नदी।
64192 बाघ ना. बिरालाका जातको बलियो; ठुलो र हिंसक प्रसिद्ध जङ्गली जनावर।
64193 बाघ ना. २. मेसिनको काम गर्ने कारिगरले कुनै वस्तु अँठ्याउन प्रयोग गर्ने चेपुवा फलामे औजार।
64194 बाघकाने ना. ठुलठुला कान हुने जुत्ता।
64195 बाघखोर ना. बाघलाई मार्नका निम्ति थुन्ने; वनको छेउछाउमा थपिने एक किसिमको खोर।
64196 बाघचाल ना. पच्चिसकोठे थर्कीमा एउटा खाली कोठा र चारवटा\ बाघ र बिसवटा बाखाको कल्पना गरी गोटी चालेर खेलिने एक खेल।
64197 बाघचुली ना. बाघ जस्तै देखिने हिमालको चुली; हिमाल।
64198 बाघछाला ना. बाघको छाला ; व्याघ्राम्बर।
64199 बाघजुँगे वि. बाघका जस्तै लामा जुँगा हुने।
64200 बाघ झम्टाइ ना. बाघको जस्तो झम्टाइ; रिसले झम्टने काम साह्रै रिसाएर गरेको हप्की।