Dictionary

All Word

64051 बाँडे मुन्द्रो ना. कानको माथिल्लो भागमा लगाइने सानो मुन्द्रोविशेष; कुमाले।
64052 बाँदर ना. वानर; कपि।
64053 बाँदर टोपी ना. जाडो छल्न आँखा र मुख मात्र देखिने गरी घाँटीसम्म छोपेर लगाइने ऊनीको टोपी।
64054 बाँदर पुच्छ्रे वि. १. बाँदरको जस्तो पुच्छर भएको।
64055 बाँदर पुच्छ्रे वि. २. फेदैदेखि खप्टिएर बाक्ला पात लाग्ने; टुप्पामा बाँदरको पुच्छरजस्तो लामो; सेतो गुभो हुने र गुभामा ससाना पहेँला फूल फुल्ने; हिमालयमा पाइने एक जातको बुटी।
64056 बाँदरको घाउ ना. बराबर चलाई वा कोट्याई निको हुन नदिइएको घाउ।
64057 बाँदरे वि. बाँदरको किसिमको बाँदरजस्तो।
64058 बाँदरे फल ना. सेता; मसिना फूल फुल्ने र आरुका जस्ता फल फल्ने एक जातको वृक्ष वा त्यसैको फल।
64059 बाँध्नु स.क्रि. १. कुनै वस्तुलाई धागो; डोरी आदिले बेरेर कस्तु टन्काउनु; बेर्ना; घेर्नु।
64060 बाँध्नु स.क्रि. २. नियम; प्रतिज्ञा आदि उपायद्वारा मर्यादामा चलाउनु; नियम वा क्रममा राख्नु; मिलाउनु।
64061 बाँध्नु स.क्रि. ३. बन्धनमा राख्नु; बन्दी बनाउनु।
64062 बाँध्नु स.क्रि. ४ मन्त्रका बलले कुनै काम हुन नदिनु।
64063 बाँध्नु स.क्रि. ५. शस्त्र-अस्त्र धारण गर्नु।
64064 बाँध्नु स.क्रि. ६. निर्माण गर्नु; बनाउनु (बाँध; किल्ला आदि )।
64065 बाँध ना. खोलानालाबाट कुलामा पानी ल्याउन वा खोलाको पानी थुन्नका निम्ति लगाइएको छेकबार वा डिल।
64066 बाँध ना. २. विशाल नदीहरूलाई बाँधी पानी जम्मा पारेर बिजुली आदि निकाल्ने कामका निम्ति माथिबाट उघार्न र लाउन हुने पानीका ठुलठुला निकासद्वारहरू बिचबिचमा राखिएको; पुलको कामसमेत दिने; सिमेन्ट; फलाम आदिका सहायताले बनाइएको मोटो; बलियो गारो।
64067 बाँध ना. ३. समुद्रको आवश्यक भाग जमिनको रूपमा उपयोग गर्न त्यहाँको पानी मेसिनले निकास्ने र बाहिर आउन नदिने गरी लगाइएको बलियो पर्खाल।
64068 बाँधछाँद ना. बाँध्ने र छाँद्ने काम बाँधबुध।
64069 बाँधपैन ना. बाँध र कुलो।
64070 बाँधबुध ना. बाँध्ने आदि काम; बाँधछाँद।
64071 बाँधा ना. रुपियाँ सापट लिएबापत सो रुपियाँ कटुन्जेल नोकरी गर्न कबुल गरी बसेको व्यक्ति; कमारो।
64072 बाँधिनु क.क्रि. बाँध्ने काम गरिनु।
64073 बाँस ना. लाम्चा तिखा पात; सेता फूल र जौजस्ता फल हुने; बिच-बिचमा आँख्ला भएको र भित्र खोक्रो रहने वनस्पतिविशेष।
64074 बाँसघारी ना. बाँस धेरै भएको ठाउँ; बाँसबाँसको धेरै भाङ; बाँसको घारी।
64075 बाँसपाते ना. बाँसका जस्ता पात हुने र लहरा फैलने एक प्रकारको घाँस।
64076 बाँसुरी ना. ओठमा राखी दाहिने कुमतिर फर्काई फुकेर बजाइने; छोटो; लामो मौला तीन थरी आकारका हुने; स्वरपरिवर्तनका निम्ति छ- सातवटा छिद्र भएको र तिनमा पालैपालो औँलाले थुनेर वा छेकेर बजाइने बाँस; निगालो; काठ आदिबाट बनाइएको बाजा; वंशी।
64077 बाँसे वि. बाँसजस्तो बाँसका ढाँचाको।
64078 बाँसे च्याउ ना. बाँसमा उम्रने खैरो रङको लामो डाँठ र सानो छत्र हुने एक जातको च्याउ।
64079 बाँसे ढुङ्ग्री ना. आगो फुक्ने दुवैतिर खोलिएको बाँसको ढुङ्ग्री।
64080 बाँसे ढुङ्ग्रो ना. बाँसको ढुङ्ग्रो।
64081 बाँह ना. हात; भुजा।
64082 बाँह ना. २. दुई हातले फेरो मारिँदाको भाग अँगालो।
64083 बाँह डोला ना. धाई; सुसारे आदिका निर्देशनमा केटाकेटीले दुवै माथि उठाएर डोलाई खेल्ने काम।
64084 बा: वि.बो. हर्ष; जोस; प्रशंसा; विस्मय आदि प्रकट गर्दा निकालिने शब्द बाह! ( उदा.- बाः तिम्रो नाच त कमाल भयो ! )।
64085 बाबा: वि.बो. धेरै प्रशंसा; हर्ष; स्याबासी आदि प्रकट गर्दा उच्चारण हुने शब्द बाहबाह (उदा.- बा बा आज क्या चटक हेरियो ! )।
64086 बाइ ना. बाउने काम वा किसिम (उदा. तिम्रो मुखबाइ देखेर म त छक्कै परें।)।
64087 बाइकाट ना. कुनै समाज; वर्ग; संस्था आदिबाट अलग गरिने वा हटाउने काम बहिष्कार।
64088 बाइनु क.क्रि. मुख पूरै खोलिनु; आँ गरिनु।
64089 बाइपछी वि. १. हावा जस्तै छिटो दौडने वा हावामा उड़ने (घोडा)।
64090 बाइपछी वि. २. दन्त्यकथामा वर्णित; पखेटा भएको र प्रसिद्ध (काल्पनिक घोडा )।
64091 बाइफाला वि. बाइफाले।
64092 बाइफाले वि. १. उत्ताउलो स्वभावकी ; नखरमाउली।
64093 बाइफाले वि. २. धेरै नाठा खेलाउने; वेश्या।
64094 बाइफाले वि. ३. अग्घोर बाठी; चुलबुले।
64095 बाइबल / बाइबिल ना. इसाई वा क्रिस्तानीहरूको प्रसिद्ध धर्मग्रन्।
64096 बाइमात्रा ना. व्यञ्जनवर्णमा इकारको सट्टा दिइने वा लगाइने चिह्न; () यस्तो मात्रा।
64097 बाइस ना. १. बिस र दुई जोड्दा हुने सङ्ख्या २२ को अङ्क।
64098 बाइस ना. वि. २. बिस र दुई जोड्दा हुने सङ्ख्याको।
64099 बाइसकल ना. गोडाले चलाएर कुदाइने दुई पाङ्ग्रे साधन; साइकल।
64100 बाइसधारा ना. काठमाडौंदेखि उत्तर बालाज्यूमा रहेको; बाइसवटा धारा भएको प्रसिद्ध स्थल वा तीर्।