Dictionary

All Word

63901 बहाल पुर्जी ना. नयाँ पद; ओहदा; हक आदि सँभाल्न दिइने अधिकारपत्र बहाली गर्न दिइने लिखित नियुक्ति वा प्रमाणको कागत; नियुक्तिपत्र।
63902 बहि क्रि.वि बाहिर।
63903 बहिनी ना. १. आफ्नै आमाको गर्भबाट आफूभन्दा पछि जन्मेकी स्त्री बैनी।
63904 बहिनी ना. २. आफूभन्दा कम उमेरकी जेठाबाबु; कान्छाबाबु; ठुली आमा; सानी आमा; मामा; फुपू र गुरुकी छोरी।
63905 बहिनी ना. ३. सालाकी पत्नी।
63906 बहिनी ना. ४. आफूभन्दा कम उमेरकी स्त्री - जातिलाई सम्बोधन गर्ने स्नेहसूचक शब्द।
63907 बहिनी जुवाइँ ना. बहिनीको पति; बैनीज्वाइँ।
63908 बहिरङ्ग ना. १. शरीर; पदार्थ; क्षेत्र आदिको बाहिरपट्टि रहेको भाग बाहिरी अङ्ग वि. २. बाहिर रहेको; बाहिरको बाहिरिया।
63909 बहिरङ्ग कक्ष ना. अस्पतालमा बाहिर रहेका बिरामी जाँचेर उपचार गरिने कक्ष वा विभाग।
63910 बहिरङ्ग रोगी ना. अस्पतालमा वा स्वास्थ्यचौकीमा परीक्षण मात्र गरिने रोगीको समूह; अस्पतालको शय्यामा भर्ना नभई बाहिरैबाट उपचार गराउने रोगी।
63911 बहिरिन्द्रिय ना. विषयहरूको अनुभव गर्ने नाक; कान; आँखा; जिभ्रो र छाला- यी पाँच बाहिरी इन्द्रिय।
63912 बहिरो वि. कान नसुन्ने; बधिर; बैहो।
63913 बहिरो वि. स्त्री. बहिरी।
63914 बहिर्गत वि. १. घर वा कार्यालयमा नभएको।
63915 बहिर्गत वि. २. पदारूढ वा पदासीन नभएको।
63916 बहिर्गत वि. ३. स्पष्ट वा सबैले थाहा पाउने गरी प्रकाशित भएको।
63917 बहिर्जगत् ना. आँखाले देखिने संसार; बाह्य जगत्; भौतिक जगत्।
63918 बहिर्देश ना. १. सहर वा गाउँदेखि बाहिर रहेको ठाउँ।
63919 बहिर्देश ना. २. परदेश; विदेश।
63920 बहिर्भूत वि. १. बाहिरी पाटो लागेको; बाहिर भएको।
63921 बहिर्भूत वि. २. बाहिरपट्टि परेको; निक्लिएको।
63922 बहिर्मुख / बहिर्मुखी वि. १. बाहिरतिर रहेको वा मुख फर्काएको।
63923 बहिर्मुख / बहिर्मुखी वि. २. बाहिरी कुराको मात्र विचार गर्ने; वस्तुजगत्तिर दृष्टि दिएको।
63924 बहिर्मुख / बहिर्मुखी वि. ३. आध्यात्मिक कुरातिर मन नलगाउने।
63925 बहिर्मुख / बहिर्मुखी वि. ४. बाह्य संसार वा सामाजिक जीवनका गतिविधिमा प्रशस्त अभिरुचि लिने तथा सहभागी हुने (व्यक्तित्व )।
63926 बहिर्लापिका ना. प्रश्नभित्रै उत्तर नभएको; बाहिरबाट उत्तर खोज्नुपर्ने पहेली; ( कल्ले चलायो रेललाइ चाँडो' मा जसरी पद- योजनाभित्र उत्तर नभएको पहेलिका वा कूट)।
63927 बहिष्कार ना. १. कसैलाई जाति; वर्ग; समाज; संस्था आदिबाट हटाउने वा बाहिर निकाल्ने काम।
63928 बहिष्कार ना. २. पारस्परिक सम्बन्धको टुटाइ छोड्ने काम त्याग।
63929 बहिष्कारवादी वि. बहिष्कार गर्ने; कुनै कार्यक्रम; सभा आदिमा भाग नलिने।
63930 बहिष्कृत वि. १. बहिष्कार गरिएको; बाहिर निकालिएको।
63931 बहिष्कृत वि. २. कुनै कार्यक्रम; सभा आदिमा भाग नलिइएको।
63932 बहिस् ना. यो. बहि; बाहिर।
63933 बही ना. १. आयव्ययको हिसाब लेख्ने किताब; खाता।
63934 बही ना. २. महाजनी हरहिसाब वा सरकारी अड्डाखानाको आमदानी खर्च लेख्ने पुस्तक।
63935 बहीखाता ना. १. बहीको पुस्तक।
63936 बहीखाता ना. २. दैनिक कारोबारको ऋणधन वा आम्दानीखर्च देखाउने गरी लेखिएको लेखाको किताब; खाताबही।
63937 बहीदार ना. अड्डाखानाको लेखक कर्मचारी; नौसिन्दाभन्दा एक तहमाथिको कर्मचारी वा दर्जा; हाल राजपत्र अनङ्कित चतुर्थ श्रेणीको पद।
63938 बही पत्र ना. बहीसम्बन्धी कागतपत्र।
63939 बहु वि. दुईभन्दा बढी; अनेक; धेरै।
63940 बहुउद्देश्यीय वि. धेरै उद्देश्य भएको वा विभिन्न प्रकारका सा गराउने लक्ष्य लिएको ( योजना; विद्यालय आदि)।
63941 बहुकोषीय जीव ना. धेरै कोष भएको जीव।
63942 बहुज्ञ वि. १. धेरै किसिमका उपयोगी कुरा जानेको; धेरै विषयको ज्ञाता।
63943 बहुज्ञ वि. २. कुनै एक विषयका बारेमा धेरै कुरा जान्ने; विशेषज्ञ।
63944 बहुत वि. ज्यादा; धेरै निकै।
63945 बहुतन्त्र ना. कुनै राज्यको सञ्चालन वा नीतिका अनेक विचार र नेतृत्व भएको शासन-प्रणाली।
63946 बहुतायत ना. धेरै मात्रा अधिकता।
63947 बहुत्व ना. धेरै हुनेपन वा अवस्था; आधिक्य।
63948 बहुदल ना. एकभन्दा बढी राजनीतिक दल भएको राजनीतिक व्यवस्था।
63949 बहुदल ना. विप. निर्दल।
63950 बहुदलवादी वि. बहुदलमा विश्वास गर्ने वा बहुदललाई रुचाउने।