Dictionary

All Word

63851 बहकाइनु क.क्रि. बरालिनु।
63852 बहकाउ ना. बरालिने; फकिने वा लहैलहैमा लाग्ने काम; बहक्या।
63853 बहकाउनु स.क्रि. १. अरूलाई नचाहिँदो कामकुरामा लाग्न हौस्याउनु गलत बाटामा लग्नु।
63854 बहकाउनु स.क्रि. २ नमिल्दा कामकुरालाई पनि ठिक हो भन्ने विश्वास पार्नु; फुस्ल्याउनु; फकाउनु।
63855 बहकाउनु स.क्रि. ३. कसैलाई विदेशतिर लग्नु।
63856 बहकावट ना. बहकाउमा लाग्ने काम वा अवस्था; बहकाउ।
63857 बहकिनु अ.क्रि. १. चाहिँदो काम छोडेर अरूको कुरामा लाग्नु अर्काको लहैलहैमा हिँड्नु; बरालिनु।
63858 बहकिनु अ.क्रि. २ बाटो बिराउनु।
63859 बहकिनु अ.क्रि. ३. फुस्लिनु।
63860 बहकिनु अ.क्रि. ४. विदेसिनु।
63861 बहक्याइ / बहक्याहट ना. बहकिने चाल; स्थिति; क्रिया वा प्रक्रिया।
63862 बहत्तर ना. १. सत्तरी र दुईको योगबाट बन्ने सङ्ख्या; ७२ को अङ्क।
63863 बहत्तर ना. वि. २. त्यति योगसङ्ख्याको।
63864 बहत्तरौ वि. बहत्तर सङ्ख्याको गणनाका क्रममा सो सङ्ख्यामा पर्ने।
63865 बहना ना. डुङ्गा खियाउन बनाइएको; काठको दाबिलोजस्तो साधन; पतवार।
63866 बहर ना. नसुमरेको गोरु; नडामेको बाछो।
63867 बहर गोरु ना. १. नसुमरेको गोरु।
63868 बहर गोरु ना. २. तह नलागेको तरुनो मानिस।
63869 बहलाइ ना. बहलाउने क्रियाप्रक्रिया।
63870 बहलाइनु क.क्रि. मन आनन्दित पारिनु।
63871 बहलाउ ना. मनलाई आनन्द दिने वा दुःख बिर्साउने काम।
63872 बहलाउनु स.क्रि. १. मन प्रसन्न पार्नु; दुःख बिर्साउनु।
63873 बहलाउनु स.क्रि. अ.क्रि. २. आनन्दित हुनु; प्रसन्न हुनु।
63874 बहस ना. कुनै विषय वा पक्षको कुरा प्रमाणित गर्नका लागि गरिने सवालजवाफ; छलफल; तर्कवितर्क; पैरबी।
63875 बहस नोट ना. मुद्दामा सम्बन्धित पक्षका वकिलले आफ्नो पक्षमा निर्णय हुनुपर्ने विषयलाई पुष्टि गरी लेखेको लिखित बहस।
63876 बहाइ ना. १. बहने क्रिया वा प्रक्रिया।
63877 बहाइ ना. [ बहाउ + आई] २. बहाउने क्रिया वा प्रक्रिया।
63878 बहाउ ना. पानी आदि तरल वस्तु होचोतिर जाने काम; बहने काम।
63879 बहाउनु स.क्रि. प्रवाहित गर्नु; बगाउनु।
63880 बहाइ ना. एउटा धर्मविशेष।
63881 बहाड ना. मनोविनोद; बहार।
63882 बहाडिलो वि. रमाइलो फरासिलो।
63883 बहादुर वि. १. आँट; साहस र सुऱ्याइँका काम गर्न सक्ने; वीर; पराक्रमी।
63884 बहादुर वि. २. आँटिलो; साहसी।
63885 बहादुर शाह ना. बडामहाराज पृथ्वीनारायण शाहका कान्छा छोरा र अठारौं शताब्दीको अन्ततिर रणबहादुर शाहका राज्यकालमा मुख्तार भई नेपालको शासन सँभाल्ने इतिहासप्रसिद्ध एक पुरुष।
63886 बहादुरी ना. बहादुरको पन; सामर्थ्य वा गुण; वीरता; पराक्रम।
63887 बहादुरी पदक ना. बहादुरीसाथ ठुलो काम गर्ने सैनिकलाई राष्ट्रिय तक्मा विशेष।
63888 बहाना ना. कुनै काम कुराको देखौवा क्रियाकलाप वा कारण; बनावटी प्रयोजन; निहुँ।
63889 बहार ना. १. मनोविनोद; आमोदप्रमोद; रामरमिता।
63890 बहार ना. २. रमणीयता; शोभा।
63891 बहार ना. ३. उन्मादक समय वसन्त ऋतु।
63892 बहाल ना. बौद्धमार्गीको मठ वा मन्दिर; विहार।
63893 बहाल ना. १. पहिले जस्तै आफ्नो पद वा स्थानमा रहनेकाम कायम थमौती।
63894 बहाल ना. २ नयाँ ठाउँ; घरजग्गा; पद आदि सँभाल्ने वा तिनमा पहिलोपल्ट प्रवेश गर्ने काम।
63895 बहाल ना. ३. घर; कोठा; पसल आदि उपयोग गरेबापत घरधनीलाई बुझाउने शुल्क; भाडा; किराया।
63896 बहालगिरी वि. बहाल वा भाडामा लिनुदिनु गरेको; बालगिरी।
63897 बहालवाला वि. आफ्नो पद वा स्थानमा बहाल रहेको।
63898 बहाल बिदौरी ना. आफ्नो घर; पसल आदि अरूलाई चलन गर्न दिएबापत घरधनीले लिने शुल्क भाडा वा किराया।
63899 बहालिया वि. बहालमा रहेको; बहालवाला।
63900 बहाली ना. बहाल गर्ने काम; नयाँ पद; ओहदा; अधिकार आदि सँभाल्ने काम।