Dictionary

All Word

63701 बलि ना. २. देवतालाई भोग दिइने पशुपन्छी।
63702 बलि ना. ३. भोजन गर्नुभन्दा पहिले देवपितृका उद्देश्यले चढाइने अन्न; औसानी।
63703 बलि ना. ४. पूजा; होम आदिमा क्षेत्रपाललाई चढाइने अन्न।
63704 बलि ना. ५ पञ्च महायज्ञमध्ये एक भूतयज्ञ।
63705 बलि ना. ६. भूमिकर; मालपो।
63706 बलि ना. ७. पेटको लुँदाका बिचको रेखा।
63707 बलि ना. ८. पुराणप्रसिद्ध दानी दैत्य राजा।
63708 बलिदान ना. देवदेवताका नाममा गरिने पशुपन्छीको वध पशुबलि दिने काम।
63709 बलिदान ना. २. लोकहित वा राष्ट्रहितका निम्ति गरिने उत्सर्ग त्याग।
63710 बलिवेदी ना. बलिदान गर्ने ठाउँ।
63711 बलिउड ना. हलिउडको अनुकरण गरेर फिल्मनगरी बम्बई (मुम्बई) लाई जनाउने शब्द।
63712 बलिबन्ते वि. १. बलवन्त; बलियो।
63713 बलिबन्ते वि. ना. २. किंवदन्तीअनुसार एक प्रसिद्ध दानी चोर।
63714 बलिन्द्र वि. १. पानी पर्दा बलेनीबाट चुहेको पानीको धाराजस्तो।
63715 बलिन्द्र वि. २. बरबर चुहुने (आँसु)।
63716 बलिन्द्र धारा ना. बरबर खसेको पानी; आँसु आदिको धारा।
63717 बलिपशु ना. देवतालाई चढाइने उद्देश्यले छोडिने वा काटिने पशु भोग दिइने वस्तु।
63718 बलिपाध्ये ना. आगोको रापबाट पिल्सिएर मर्ने प्रख्यात रैती उत्पीडक।
63719 बलि प्रथा ना. कुलायन वा देवदेवतालाई बलि दिने चलन देवदेवताका नाममा पशुवध गरिने परम्परा।
63720 बलियो ना. १. धेरै बल भएको; शक्तिशाली; बलिष्ठ।
63721 बलियो ना. २. हतपती नबिग्रने; धेरै खप्ने; मजबुत; दहो।
63722 बलियो ना. ३. धनजन आदिले सम्पन्न।
63723 बलियो ना. स्त्री. बलियी।
63724 बलियो बागो वि. हान्न - मार्न सक्ने; हट्टाकट्टा; जोधाहा।
63725 बलियो बागो वि. स्त्री. लिबाङ्गी।
63726 बलि वैश्वदेव ना. ब्राह्मणले नित्य गर्नुपर्ने पञ्चमहायज्ञ; चुलो; ढिकी; जाँतो; सिलौटो; लोहोरो र कुचोद्वारा अज्ञानमा हुन जाने हत्यामा लाग्ने पापको प्रायश्चित्तका निम्ति गरिने यज्ञ; भूतयज्ञ।
63727 बलिष्ठ वि. सबैभन्दा बलियो; अति बलियो।
63728 बली वि. १. बलियो।
63729 बली वि. ना. २. छालाको लुँदोलाई छुट्ट्याउने रेखा चाउरी।
63730 बली वि. ३. बलि।
63731 बलु ना. पानीमा रहने रौंजस्तो मसिनो र लामो; बेहिएर गाईबस्तुको पुच्छर काटिदिने एक जातको किरो।
63732 बलु ना. बाक्ला र बाटुला खालका पात; पहेँला फूल र हरिया सानासाना फल हुने भारविशेष; बला।
63733 बलेंसी ना. १. छानाको किनारबाट खसेको पानी; बलेनी।
63734 बलेंसी ना. २ बलेनी तप्किने ठाउँ; पेटीमुनिको जग्गा।
63735 बलेखो ना. १. तन्नेरी नहुन्जेलको भेडो वा पाठो।
63736 बलेखो ना. २. नबियाएको बाखी; कुमारपाठी।
63737 बलेखो ना. ३. बलि दिइने पशु; बलिपशु।
63738 बलेनी ना. हे. बलेंसी।
63739 बलो ना. छानाको दाँतीमाथि बिचमा र धुरीमा रहने लामो काठ; मुसी वा डाँडा अड्याउने तेर्सो काठ (पानीबलो; कुलो र धुलो)।
63740 बलौटे वि. बालुवा धेरै भएको (माटो; जमिन आदि)।
63741 बलौटेनी वि. धेरैजसो बालुवा भएको; बलौटे।
63742 बलौटो ना. बालुवा।
63743 बल्कनु अ.क्रि. घाउखटिरा पिपले भरिएर बलकबलक गरी टन्कनु।
63744 बल्काइ ना. बल्कने क्रिया वा प्रक्रिया।
63745 बल्किनु अ.क्रि. घाउखटिरा पिपले भरिएर बलकबलक गरी टन्किनु।
63746 बल्कोनी ना. १. घरको गाह्रोभन्दा बाहिरपट्टि बस्ने ठाउँ; बरन्डा।
63747 बल्कोनी ना. २. चलचित्र; नाचघर आदिमा भुईंतला देखिने गरी मास्तिरपट्टि रहेको बरन्डाजस्तो भाग।
63748 बल्छी ना. बाहिरपट्टि माछाका निम्ति खाद्य पदार्थ बेरेर धागोमा झुन्ड्याई माछा अल्झाउने अङ्कुसे; बल्सी।
63749 बल्छे वि. बल्छीजस्तो अङ्कुसे परेको।
63750 बल्छे काँडो ना. मास्तिर फर्केको काँडैकाँडा हुने एक जातको लहरो।