Dictionary

All Word

63651 बलक ना. बल्काइको तोड वा खेप।
63652 बलकबलक क्रि.वि. १. घाउखटिराहरू पिप भरिनाले टन्कने गरी; टनकटनक।
63653 बलकबलक क्रि.वि. २. चञ्चल वा उत्तेजित हुने किसिमले।
63654 बलक्क क्रि.वि. बेसरी टन्कने गरी (टाउको); तोड वा वेगसि।
63655 बलजफत ना. कुनै काम कुरामा गरिने बलमिचाइ; जबरजस्ती; बलात्कार।
63656 बलजफती ना. बलजफत; जबरजस्ती।
63657 बलतल क्रि.वि. बले बलपूर्वक वा बल गरेर; मुस्किलसँग; बल्लतल्ल।
63658 बलदेव ना. बलराम बलभद्र।
63659 बल प्रयोग ना. कसैको इच्छाविरुद्ध कुनै कार्य गर्नलाई गरिने शक्तिको प्रयोग; बल लगाउने वा अनुचित दबाव दिने काम।
63660 बलबर्कत ना. काम गर्न; हिँड्न आदि सक्ने बल र ताग।
63661 बलबल क्रि.वि. १. उत्ताउलो हुने गरी; उच्छृङ्खल हुने चालले।
63662 बलबल क्रि.वि. ना. २. चुलबुलेपन; बकबक।
63663 बलबलाइ ना. बलबलाउने क्रिया वा प्रक्रिया।
63664 बलबलाइनु क्रि. बलबल होइन; चञ्चल बनिन्।
63665 बलबलाउनु अ.क्रि. १. उत्ताउलो हुनु; चञ्चल हुनु।
63666 बलबलाउनु अ.क्रि. २. नचाहिंदो बढी कुरा गर्नु; बकबक गर्नु।
63667 बलबलाहट ना. बलबलाउने काम वा किसिम।
63668 बलबलिनु अ.क्रि. बलबल गर्नु; बलबलाउनु।
63669 बलबले वि. १. बलबल गर्ने; उत्ताउलो स्वभावको; चुलबुले।
63670 बलबले वि. २. बकबक गर्ने।
63671 बलबल्याइ ना. बलबलिने क्रिया वा प्रक्रिया।
63672 बलबल्याहट ना. बलबलिने स्थिति वा चाल; बलबल्याइ।
63673 बलबाहु ना. प्रसिद्ध शिल्पी अर्निकोको अर्को नाउँ (चीन; मङ्गोलियातिरका मानिसहरूले नेपालवासीको अर्थमा 'पोल्वोकू'\ भनेकोलाई संस्कृत रूप दिई बनाइएको वा चिनियाँ भाषाका अनुसार बल्ब (पाल्वा) र हु ( मान्छे) को संयोग भएको नेपाली नाम )।
63674 बलभद्र ना. कृष्णका दाजु; बलराम।
63675 बलमिचाइँ/ बलमिचाइ ना. अनधिकार रूपमा वा जबरजस्ती अर्का हक मिच्ने काम; जबरजस्ती; बलजफती।
63676 बलराम ना. महाभारतकालका एक प्रसिद्ध व्यक्ति; कृष्णका दाजु; बलभद्र।
63677 बलरेखा ना. चुम्बकको वरिपरि रहने अदृश्य चुम्बकीय रेखाहरूको समूह।
63678 बलवान् / बलशाली वि. बल भएको; शक्तिशाली; बलियो।
63679 बला ना. १. लडाइँको बेलामा भोकतिर्खा हटाउने भनिएको एक विद्या।
63680 बला ना. २. बलु भार।
63681 बलाइ१ ना. आपत्ति; दुःख; कष्ट; बला।
63682 बलाइ१ ना. (उदा.- हटाइदिन्छु अवश्य म बलाइ। - लेखनाथ )।
63683 बलाइ ना. बल्ने वा बाल्ने क्रिया वा प्रक्रिया।
63684 बलाइ क.क्रि. बल्ने पार्नु; बाल्न लाइनु।
63685 बलाउनु प्र.क्रि. बल्ने पार्नु; बाल्न लाउनु।
63686 बलाका ना. १. बकुल्लाको पङ्क्ति; बकुल्लो।
63687 बलाका ना. २. पोथी बकुल्लो।
63688 बलाका ना. ३. कामुक स्त्री।
63689 बलाघात ना. कुनै ध्वनि वा स्वरको उच्चारणमा पर्ने विशेष बल वा सो उच्चरित हुँदा दिइने बढी फोक्का।
63690 बलाघात ना. (जस्तै- अनन्त = 'न' मा बलाघात; गर्छ = 'ग'-मा बलाघात; हेक्का = दुवैमा बलाघात इ.)।
63691 बलाढ्य वि. बलको धनी; बलवान्।
63692 बलात् क्रि.वि बलपूर्वक; जबर्जस्तीसँग।
63693 बलात्कार ना. १. जबर्जस्ती गर्ने काम; अन्याय; अत्याचार।
63694 बलात्कार ना. २. कुनै स्त्रीलाई उसको इच्छाविरुद्ध जबर्जस्तीसँग सम्भोग गर्ने काम; बलपूर्वक सतीत्व नष्ट पार्ने काम।
63695 बलात्कृत वि. बलात्कार गरिएको।
63696 बलात्ग्रहण ना. कुनै पनि गैरकानुनी ढङ्गबाट कसैद्वारा हुने वा लिइने रुपियाँको प्राप्ति।
63697 बलाधिकृत/ बलाध्यक्ष ना. सबै अधिकृतहरूमा मुख्य; प्रमुख सेनापति (चिफ अफ दि जनरल स्टाफ )।
63698 बलाबल ना. १. दुई पक्षको तुलनात्मक सबलता र निर्बलता।
63699 बलाबल ना. २. दुई पक्षमा हुने बलको प्रतिस्पर्धा; खिचातानी।
63700 बलि ना. १. देवदेवतालाई अर्पिने भोग्य वस्तु नैवेद्य।