Dictionary

All Word

63751 बल्झनु अ.क्रि. १. बल्छीमा पर्नु; जालमा अल्झनु।
63752 बल्झनु अ.क्रि. २. आइपर्नु; जुध्नु।
63753 बल्झनु अ.क्रि. ३. गर्भ रहनु।
63754 बल्झनु अ.क्रि. ४. जुवामा च्याँखेको दाउ लाग्नु।
63755 बल्झन ना. १. बल्झने काम।
63756 बल्झन ना. २. सित्तैको दण्ड।
63757 बल्झन ना. ३. दाउ हान्नेले तिर्नुपर्ने धन।
63758 बल्झाइ ना. बल्झने वा बल्झाउने क्रियाप्रक्रिया।
63759 बल्झाइनु क.क्रि पासोमा अल्झाइनु; बल्छीमा पारिनु।
63760 बल्झाउनु प्रे. क्रि. १. पासो; जाल; बल्छी आदिमा पार्नु।
63761 बल्झाउनु प्रे. क्रि. २. अल्झाउनु; अड्काउनु।
63762 बल्झाउनु प्रे. क्रि. ३. च्याँखेमा थापेका पैसाले अरूका पैसा जित्नु।
63763 बल्झनु अ.क्रि. बल्झनु; अल्झनु।
63764 बल्को ना. बल्झने काम वा कुरो।
63765 बल्भ्याइ ना. बल्झिने काम वा किसिम।
63766 बल्टु ना. काठ; फलाम आदि जोड्नका निम्ति तल- माथि दुवैतिर कसिने एक किसिमको पेचदार ठुलो किलो।
63767 बल्ड्याङ ना. १. पल्टा खाने काम; पल्टनबाजी।
63768 बल्ड्याङ ना. २. असफलता; वाङ।
63769 बल्ड्याङ्ग्रे वि. बाहिरपट्टि अलि बढी आँखा निस्केको; ठुला-ठुला आँखा भएको; आँखले।
63770 बल्ड्याङ्ग्रो ना. १. लहरामा फल्ने; ठुलठुला गेडा हुने सिमीका ढाँचाको फलविशेष।
63771 बल्ड्याङ्ग्रो ना. २. गाढा प्याजी रङ्का फूल फुल्ने र लामा-लामा कोसा फल्ने; एक जातको लहरो वा त्यसकै कोसामा फल्ने दाना।
63772 बल्ड्याङ्ग्रो ना. ३. ठुलठुला वा थोरै बाहिरपट्टि निस्केका आँखा।
63773 बल्ड्याड्ड क्रि.वि. बल्ड्याङ खाने चालले; पल्टा खाएर लड्ने गरी।
63774 बल्ब ना. करेन्टको योगबाट बिजुलीको प्रकाश छर्न बनाइएको; भित्रपट्टि जेलिएका मसिना तार भएको हावाबन्द काँचको साधन; चिम; गुलुप।
63775 बल्याइ ना. बल्याउने काम वा किसिम।
63776 बल्याइनु क.क्रि बल्याउने काम गरिनु।
63777 बल्याउनु स.क्रि. धान; कोदो आदि अन्नका बाला बिउका निम्ति छानेर काट्नु।
63778 बल्ल क्रि.वि. १. बलपूर्वक वा मुस्किलसँग कुनै किसिमले।
63779 बल्ल क्रि.वि. २. धेरै समयपछि धेरै कालमा।
63780 बल्लतल्ल क्रि.वि. बडो मुस्किलसँग कठिनसित बल्लबल्ल।
63781 बल्ला ना. गोरुगाडाको एक अवयव।
63782 बल्लाबल्ली ना. जङ्गलमा रुख कटानी भएर ठेकदारले उठाएपछि बाँकी भएका नापोभन्दा साना-साना मुढा वा ठेउका।
63783 बल्लो ना. गोरु; बहर।
63784 बल्सी ना. हे. बल्छी।
63785 बव ना. ज्योतिषका तिथि; वार; योग; नक्षत्र र करण - यी पञ्चाङ्गमध्ये एक भेद वा त्यसको पहिलो करण।
63786 बवाल ना. हे. बबाल।
63787 बवासिर ना. अलकाई; अर्स रोग।
63788 बावुल ना. हे. बबुल।
63789 बस्नु अ.क्रि. १. कुनै आसन वा जमिनमा नितम्ब अड्याएर ठहर्नु; चाक टेकाउनु।
63790 बस्नु अ.क्रि. २. बसोबास गर्नु; वास गर्नु।
63791 बस्नु अ.क्रि. ३. क्रम वा सिलसिला मिल्नु।
63792 बस्नु अ.क्रि. ४. नियममा रहनु; थिति मिल्नु।
63793 बस वि.बो. भयो; पुग्यो; ठिक छु आदि बुझाउँदा प्रयोग हुने शब्द।
63794 बस वि.बो. (उदा.- बस; खानेकुरा थप्नुपर्दैन; मलाई पुग्यो। बस; त्यहीँ अड है!)।
63795 बस वि.बो. वि. २. भरपुर यथेष्ट।
63796 बस वि.बो. ३. पर्याप्त; यथेष्ट; मनग्य।
63797 बस ना. छानो; झ्याल; ढोका र बस्ने सिट भएको यात्रीहरू ओसार्ने ठुलो मोटर।
63798 बस; अ.क्रि. बस्नु क्रियाको आदेशार्थी रूप (तिमी बास बस )।
63799 बसउठ ना. १. साथसाथै बस्ने र उठ्ने काम; साथको रहनसहन; बसाउठी।
63800 बसउठ ना. २ आवतजावत; बोलचाल; हिमचिम इ. ३. व्यायामका निम्ति वा सजाय पाउँदा लगातार बस्ने - उठ्ने काम।