Dictionary

All Word

63601 बर्मा ना. भारत र बङ्गलादेशको दक्षिण - पूर्वमा रहेको एक देश म्यानमा।
63602 बर्मान्ड ना. ब्रह्माण्ड।
63603 बर्मान्ड ना. (उदा.- यति कुरा सुन्दैमा तिम्रो बर्मान्ड जल्यो होइन ? )।
63604 बर्मान्डे ना. दुहुने बेलामा हैरान पार्ने गाई।
63605 बर्मासी ना. राई जातिले मान्ने कुलदेवता।
63606 बर्मेली वि. १. बर्मा देशको; बर्मासित सम्बद्ध।
63607 बर्मेली वि. ना. २. बर्माको निवासी।
63608 बर्मेली वि. ३. बर्माको भाषा।
63609 बर्मेली वि. ४. वर्माबाट फर्केर आएका नेपाली।
63610 बर्मी टोल ना. बर्माबाट फर्केर आएका नेपालीहरू बसेको बस्ती।
63611 बर्रं क्रि.वि. गेडागुडी वा पानीका थोपा एकै खेप धेरै खस्ता आवाज आउने गरी।
63612 बर्रा ना. मारुनी नाचमा गाइने एक थरी गी।
63613 बर्राटप्पा ना. बर्रा।
63614 बर्रो ना. ठुलठुला पात हुने; मञ्जरीका रूपमा मसिना हरिया फूल फुल्ने; पहेँला गोल फल फल्ने एक वृक्ष वा त्यसकै फल।
63615 बर्रो ना. २. त्रिफलाका तीन फलमध्ये एक फल।
63616 बर्ल्याक क्रि.वि. उफ्रने; ओर्लने आदि चालसँग।
63617 बर्ल्याकबुर्लुक क्रि.वि. धेरै जना एकै चोटि ओर्लने वा उफ्रने गरी।
63618 बर्ल्याङ्ग / बर्ल्याङ क्रि.वि. एकै चोटि लड्ने वा पछारिने गरी।
63619 बर्स ना. वर्ष; बर्ख।
63620 बर्सनु अ.क्रि. १. वृष्टि हुनु; पानी पर्नु।
63621 बर्सनु अ.क्रि. २. दानाहरू खस्नु; झर्नु; बर्कनु।
63622 बर्सनु अ.क्रि. ३. पर्रा छुट्नु।
63623 बर्साई ना. बर्सने क्रिया वा प्रक्रिया।
63624 बर्साइनु क.क्रि. वृष्टि गराइनु।
63625 बर्साउनु प्रे.क्रि बर्सने पार्नु; वृष्टि गराउनु; झार्नु।
63626 बर्सनु अ. क्र वृष्टि होइन; पानी परिनु।
63627 बर्सात / बर्साद ना. पानी धेरै परिरहने समय; बर्षाकाल; असार र साउन महिना।
63628 बर्सात / बर्साद ना. २. वृष्टि; वर्षा।
63629 बर्सादी ना. १. पानीबाट जोगिन कोट जस्तै लगाइने; भित्र पानी नछिर्ने; लामो र खुकुलो वस्त्र।
63630 बर्सादी ना. वि. २. वर्षा ऋतुमा हुने वा भएको; बर्सातको।
63631 बर्सी ना. एक वर्षको समय; बर्खदिन।
63632 बर्सीको खाजा ना. अचेल चलन हराउँदै गएको; बिहे भएको बर्खदिनभित्र प्रायः दसौँ महिनामा बेहुलाले बेहुलीपक्षलाई लग्ने अर्सा; रोटी आदिको कोसेलीपा।
63633 बर्सीको पिण्ड ना. पहिलो वार्षिक श्राद्ध; बर्खी फुकाउने काम (जस्तै- बर्सीको पिण्ड चलाउनु)।
63634 बर्सीको बालख ना. एक बर्से शिशु।
63635 बर्सेनि क्रि.वि. वर्ष नबिराईकन; हरेक वर्ष वर्षैपिच्छे।
63636 बर्सौटी ना. वर्ष-वर्ष दिनमा लिने वा दिने गरिआएको रकम; वर्षबन्दी।
63637 बर्सौटि वि. वर्षैपिच्छे बियाउने गाईबस्तु।
63638 बस्र्यारनी क्रि.वि. हे. बर्सेनि।
63639 बस्यनी वि. हरेक वर्ष हुने (प्राय: छोरा-छोरीका जन्मबारे )।
63640 बस्यलो ना. वर्षाकालमा हुने जमिनमुनि रहने जुकाजस्तो किरोविशेष; गँड्यौलो।
63641 बल्नु अ.क्रि. १. आगो; बत्ती आदिबाट प्रकाश निस्कने हुनु; सल्कनु; दन्कनु।
63642 बल्नु अ.क्रि. २. जल्दोबल्दो हुनु; प्रतापी बन्नु; भाग्य चम्कनु।
63643 बल ना. १. शरीरमा सञ्चित हुने शक्ति; ताग।
63644 बल ना. २. अरूलाई गरिने भरथेग वा आडभरोस; सहयोग; मद्द।
63645 बल ना. ३. सेना; फौज।
63646 बल ना. ४. बलराम।
63647 बल ना. औसानी; बलि।
63648 बल ना. हात वा खुट्टाले हिर्काएर खेलिने; रबड आदिले बनेको र छालाले मोहोरिएको वस्तु; भकुन्डो; भलिबल; फुटबल।
63649 बल / बलक ना. १. पोत्ने; चित्र लेख्ने आदि काममा उपयोग गरिने रङ वा धुलो।
63650 बल / बलक ना. २ सुन-चाँदीका गहना; भाँडा आदिमा घोटेर टलक निकाल्ने एक प्रकारको पत्थर; पुलिक।