Dictionary

All Word

63451 बराइनु क. क्रि. बर्न लगाइनु; रोजाइनु।
63452 बराउनु प्रे. क्र. बर्न लगाउनु; कन्याद्वारा वर रोजाउनु।
63453 बराजु/बराज्यू- ना. १. बाजेका पिता; बाबुका बाजे; प्रपितामह।
63454 बराजु/बराज्यू- ना. २. आफ्ना चार पुस्तामाथिका पुर्खा।
63455 बराज्य ना. बराज्यू।
63456 बरानी ना. नोकरचाकरले आफूभन्दा कम उमेरका मालिककी स्त्रीलाई सम्बोधन गर्ने शब्द।
63457 बराबर वि. १. कुनै वस्तुको लम्बाइ चौडाइ आदि समान भएको।
63458 बराबर वि. २. कसैलाई लगाएको कुनै वस्तुको भाग एकनास रहेको।
63459 बराबर वि. ३. होचो अग्लो; अड्बेखबे आदि नभई समतुल्य भएको।
63460 बराबर वि. क्रि.वि. ४. निरन्तर; लगातार; सधैंभरि।
63461 बराबरी ना. सबैतिर उत्तिकै मिल्ने भाव वा स्थिति; तुल्यता; समानता।
63462 बराबरी ना. क्रि.वि. २. निरन्तर लगातार ३ प्रायः समयसमयमा।
63463 बरामद ना. खोजतलास हुँदा कसुरदारद्वारा दबाइएका तथा चोरिएका मालसामान; प्राणी आदि फेला पर्ने काम; खानतलासीबाट भएको त्यस्तो वस्तुको दाखिला।
63464 बराल्नु स.क्रि. १. नचाहिँदो वा नराम्रो काममा प्रवृत्त गराउनु; बहकाउनु।
63465 बराल्नु स.क्रि. २. सिंगारपटार गराई काम न काजसँग यताउति डुलाउनु।
63466 बराल्नु स.क्रि. ३. कुसङ्गतमा लगाउनु; कुलतमा अल्झाउनु।
63467 बराल वि. १. बरालिने (मान्छे); बराला।
63468 बराल वि. ना. २. बाहुन जाति र मगर जातिमा प्रचलित एक थर।
63469 बरालसिङ ना. काम नगरीकन बरालिने मान्छे; कुसङ्गतमा लागेको व्यक्ति।
63470 बराला वि. काम नगरीकन बरालिने; कुसङ्गतमा लाग्ने; विना काममा घुमफिर गर्ने।
63471 बरालाइ ना. बराल्ने क्रिया वा प्रक्रिया।
63472 बरालिनु अ.क्रि. १. अर्काका बहकावटमा लाग्नु; बहकिनु।
63473 बरालिनु अ.क्रि. २. बेकाममा यताउति घुम्नु; अल्लारिनु।
63474 बरालिनु अ.क्रि. ३. खराब सङ्गतमा लाग्नु; कुसङ्गतमा फस्नु।
63475 बरालिनु अ.क्रि. ४. बिराला आदिका पोथीले भाले खोज्दै हिँड्नु।
63476 बरालिनु अ.क्रि. क.क्रि. ५. बराला पारिनु बराल्ने काम गरिनु।
63477 बराली ना. ससाना वृत्ताकार पात हुने; निलो वा गुलाफी फूल फुल्ने; जरामा ठुला; बाङ्गिएका; चौडा र पहेँला कन्द फल्ने; जराको उपयोग बान्ता; बाथ; सुनिएको ठाउँ आदिका निम्ति गरिने एक खालको बोट।
63478 बरालीकुन्द ना. बराली।
63479 बरासो ना. मट्टीतेलका सट्टामा वा सो अभाव हुँदा पहाडतिर उज्यालाका लागि मसिना चोइटा वा दियालो बाल्न बनाइएको आट अथवा त्यसमा खोपिएको अगेनी।
63480 बराह ना. बँदेल; वराह।
63481 बराहा वि. अधियाँ साझा; बच्छी।
63482 बराहा उमराउ ना. आफ्नो रक्षा गर्न वा अरूप्रति आक्रमण गर्नका निम्ति मुख्यमुख्य बाटामा रहेका भारदार (दिव्य.)।
63483 बरियाँत वि. विवाहमा बेहुलाका साथ बेहुलीका घरमा जाने आमन्त्रित व्यक्तिहरूको समूह वरयात्री; जन्ती।
63484 बरियाँती ना. नाम्लाका पाताका दुई छेउमा गाँसिएको डोरी।
63485 बरिलै ना. लोकगीतका चरणका अन्तमा र बिचबिचमा पनि पादपूरकका रूपमा वा भावलाई विशेष उराल्न प्रयोग गरिने शब्द।
63486 बरिलै ना. वि.बो. २. कसैका दुःखप्रति समवेदना प्रकट गर्ने शब्द।
63487 बरिलै ना. (उदा.- कठै बरिलै; कति दुःख पाइछ्यौ तिमीले !)।
63488 बरी ना. १. औषधीको गोली वटी।
63489 बरी ना. २. पिठाका ससाना डल्ला पारेर तातो पानीका बाफमा पकाइएको खाद्य वस्तु; बफौरी; टिकिया।
63490 बरुq संयो. १. त्यसो भन्दा त त्यसो भए त होइन भने; तैबिसेक।
63491 बरुq संयो. २. अथवा वा; यद्वा।
63492 बरु ना. वरका निम्ति कन्या माग्न जाने व्यक्ति; लमी।
63493 बरुनी ना. काँडादार बोटमा सयपत्रीको जस्तो रङमा फुल्ने रसले पेटमा भएको पत्थर गलाउँछ भनिने एक जातको फुल; त्यसकै बोट चिप्लिकान।
63494 बरुनी; ना. तरुनी' शब्दका पछि गाँसिने र उमेर पुगेको भाव जनाउने शब्द (जस्तै तरुनीबरुनी)।
63495 बरुनो ना. तरुनो शब्दका पछि गाँसिने र उमेर पुगेको भाव जनाउने शब्द।
63496 बरुनो ना. ( जस्तै- तरुनोबरुनो)।
63497 बरुवा ना. १. नेपाली कागज बनाउने काममा आउने एक प्रकारको कार।
63498 बरुवा ना. २. एक प्रकारको जरीबुटी।
63499 बरुवाल ना. १. मोटा सिङ हुने एक जातको लेकाली २. बिउका निम्ति पालिएको भेडो; भेडाको साँढ; भाले भेडो।
63500 बरेलो ना. तरकारी खाइने; परबरभन्दा सानो एक जातको फल; चुच्चे करेलो।