Dictionary

All Word

63401 बरखी ना. १. मानिस मरेका वर्ष दिनमा गरिने श्राद्ध बर्खी।
63402 बरखी ना. २. बाबु; आमा; पति आदि मर्दा वर्षदिनसम्म पालन गर्नुपर्ने नियम; बख।
63403 बरताव ना. कुनै कामकुराका सिलसिलामा कसैसित गरिने भद्र वा अभद्र व्यवहार।
63404 बरन्डा ना. घरको मुख्य भागदेखि बाहिरपट्टि गाँसिएको छानासहितको अवयव; बार्दली; कौसी।
63405 बरनी ना. विवाहमा जन्ती आइपुगेपछि बेहुलीका बाबुले बेहुलालाई शास्त्रीय विधिविधानका साथमा गरिने पूजा; वरणी।
63406 बरफ ना. १. ज्यादै चिसो पारेर जमाएको पानीको डल्लो।
63407 बरफ ना. २. हिउँ।
63408 बरफ ना. ३ असिना।
63409 बरफ घर ना. १. बरफ तयार गरिने घर।
63410 बरफ घर ना. २. अति चिसो वा ठिही लाग्ने घर।
63411 बरफदान ना. बरफ राख्ने; हावा नछिर्ने बाकस वा भाँडो।
63412 बरफिलो वि. ज्यादै चिसो; अति ठन्डा बरफ भएको।
63413 बरफवाग ना. सिंहदरवारको एउटा बगैँचा।
63414 बरबन्दोबस्त ना. कुनै काम वा व्यवहारको प्रबन्ध; बन्दोबस्त; इन्तजाम।
63415 बरबर क्रि.वि. १. निदमा वा बेसुरमा बोल्ने काम; बडबड; प्रलाप।
63416 बरबर क्रि.वि. क्रि.वि. २. लगातार आँसुका ढिका खस्ने वा र्ने गरी।
63417 बरबर क्रि.वि. ३. ससाना गेडागेडी आदि चुहिएर वा झरेर।
63418 बरबरा ना. बरबर गर्ने वा बरबराउने क्रियाप्रक्रिया।
63419 बरबराइनु अ.क्रि. १. बरबराउने होइन; बरबर गरिनु।
63420 बरबराइनु अ.क्रि. क.क्रि. २. बरबर गर्ने पारिनु।
63421 बरबराउनु अ.क्रि. १. बेसुरका अवस्थामा वा मस्त निदाएका बेलामा बोल्नु; बडबडाउनु।
63422 बरबराउनु अ.क्रि. २. फतफताउनु; भटभटाउनु।
63423 बरबराउनु अ.क्रि. स.क्रि. ३. थोपा-थोपा गरेर आँसु खसाल्नु।
63424 बरबराहट ना. बरबराउने भाव; अवस्था वा क्रियाप्रक्रिया।
63425 बरबरी क्रि.वि. थोपाथोपा गरेर आँसु चुहाउने गरी।
63426 बरबरी क्रि.वि. २. मसिना गेडागुडी भुइँमा झर्दा शब्द आउने किसिमले बर्कने गरेर।
63427 बरबरे वि. बरबराउने स्वभावको; बडबडे; फतफते; प्यारप्यार कराइरहने।
63428 बरबाद वि. १. काम नलाग्ने भएको; नासिएको; बिग्रेको; विनष्ट।
63429 बरबाद वि. २. बेथितिसँग रहेको; भताभुङ्ग वा लथालिङ्ग भएको।
63430 बरबादी ना. बरबाद हुनाको भाव वा स्थिति; विनाश; भताभुङ्ग।
63431 बरबुझारथ ना. आफ्नो जिम्मामा भएका कागजपत्र; मालसामान; नगदीजिन्सी आदि साबिकवालाले हालवालालाई बुझाउने काम बुझाउने तथा जिम्मा लगाउने काम फस्र्योट गर्ने काम।
63432 बरबेवहार ना. व्यक्तिगत वा सामाजिक रूपमा प्रचलित कामकारबाई; व्यवहार।
63433 बरही ना. १. पानसम्बन्धी काम गर्ने एक जाति; बरै।
63434 बरही ना. २. पानपसले; पानबेपारी।
63435 बराँठ ना. १. सोझा सिङ; छोटो पुच्छर; खैरो वर्ण र मोटो खालको हुने एक जातको मृग; शम्बर।
63436 बराँठ ना. वि. २. हृष्टपुष्ट र मोटोघाटो; हट्टाकट्टा।
63437 बराँठ ना. ३. मोटीघाटी र बाँझी बैला (युवती)।
63438 बराँठिनु अ.क्रि. बराँठ जस्तै भएर मोटाउनु।
63439 बराँठिनु अ.क्रि. २. उमेर पुगेर पनि गर्भ धारण नगर्नु; बाँकी हुनु; बैला बस्नु।
63440 बराँठ्याइ ना. बरौठिने क्रिया वा प्रक्रिया।
63441 बठ्याइनु क.क्रि. बरौठिने पार्नु।
63442 बाँठ्याउनु प्रे. क्रि. बराँठिने पार्नु।
63443 बरांत ना. १. हे बरियाँ।
63444 बरांत ना. वि. २. बराला।
63445 बराँतिनु अ.क्रि. बरालिनु।
63446 बराँती वि. बरियाँ।
63447 बरा वि. १. बिचरो; बबुरो।
63448 बरा वि. वि.बो. २. दया- मायाको उद्गारसूचक शब्द; कठै; कठैनि।
63449 बरा वि. (उदा. बरा ती टुहुरालाई कसले हेरचाह गर्छ !)।
63450 बराइ ना. बर्ने क्रिया वा प्रक्रिया।