Dictionary

All Word

63351 बयल्याइनु क.क्रि. बयलिने पारिन्।
63352 बयल्याउनु प्रे. क्रि. बयलिने पार्नु; बयलिन लगाउनु।
63353 बल्ल वि. ज्यादै छाडा भएर हिँड्ने; छाडा स्वभाव हुने; उच्छृङ्खल छ्यल्ल; छाले।
63354 बल्ले वि. बल्ल।
63355 बयस ना. जीवनको बितेको समय; वय।
63356 बयसट्ठिऔँ / बयसट्ठियाँ वि. बयसट्ठी सङ्ख्याका क्रममा आउने; बयसट्ठी सङ्ख्याको।
63357 बयसट्ठी ना. १. साठी र दुईको योगसङ्ख्या; एक्सट्ठीपछि आउने अङ्क।
63358 बयसट्ठी ना. वि. २. साठी र दुईको योगसङ्ख्याको।
63359 बयसट्ठीऔं / बयसट्ठीयाँ वि. हे. बयसट्ठिऔँ।
63360 बया ना. १. सारङ्गी रेट्ने र गीत गाउँदै हिँड्ने गाइने जातिलाई दिइने अन्नको भाग।
63361 बया ना. २. त्यसरी मागेर ल्याइएको अन्न।
63362 बयान ना. १. कुनै विषयमा दिइएको वास्तविक कुराको बखान; वर्णन; विवरण।
63363 बयान ना. २. कसैको राम्रो स्वभाव; राम्रो काम आदिबाट खुसी भएर गरिने प्रशंसा; तारिफ।
63364 बयान ना. ३. अड्डाअदालतमा साक्षी वा अभियुक्तहरूले दिने अपराध वा मुद्दासम्बन्धी वक्तव्य।
63365 बयान ना. ४. कुनै विषयमा सम्बन्धित व्यक्तिद्वारा दिइने विवरण।
63366 बयानब्बे ना. १. नब्बे र दुईको योगबाट बनेको सङ्ख्या; एकानब्बेपछिको सङ्ख्या ९२ को अङ्क।
63367 बयानब्बे ना. वि. २. नब्बे र दुईको यो सङ्ख्याको।
63368 बयानब्बे / बयानब्बेयौँ वि. बयानब्बे सङ्ख्याका क्रममा आउने; नब्बे र दुईको योग भएको सङ्ख्यामा पर्ने।
63369 बयानब्बे / बयानब्बेयौँ वि. बयार ना हावा।
63370 बयालिस ना. चालिस र दुईको योगबाट हुने सङ्ख्या; एकचालिसपछि आउने सङ्ख्या ४२ को अङ्क।
63371 बयालिस ना. वि. २. चालिस र दुईका योगसङ्ख्याको।
63372 बयालिसा वि. बयालिस सङ्ख्याका क्रममा आउने वा सो सङ्ख्याका क्रममा रहेको।
63373 बयालु / बयालो वि. १. धेरै बासी भएर स्वाद बिग्रेको।
63374 बयालु / बयालो वि. २. अमिल्चो भाव हराएको; सडेको।
63375 बयालु / बयालो वि. ना. ३. हावाको लहर।
63376 बासि / बयासियों वि. गणनाका क्रमले बयासी सङ्ख्यामा पर्ने; बयासी सङ्ख्याका क्रममा रहेको।
63377 बयासी ना. १. असी र दुईको योगबाट बनेको सङ्ख्या; एकासीपछि आउने सङ्ख्या।
63378 बयासी ना. वि. २. असी र दुईको योगबाट बनेको सङ्ख्याको चारबिस र दुईको योगबाट बनेको सङ्ख्याको।
63379 बयासी / बयासीयाँ वि. हे. बयासिऔं।
63380 बयेलिनु अ.क्रि. १. बयेली खेल्ने हुनु।
63381 बयेलिनु अ.क्रि. २. बयलिनु।
63382 बल्याइ ना. बलिने क्रिया वा प्रक्रिया।
63383 बल्याइनु क.क्रि. बयेलिने पारिनु।
63384 बल्याउनु प्रे. क्रि. बयेलिने पार्नु।
63385 बयेली ना. १. धान; गहुँ आदिको हरियो र कलकलाउँदो बालीमा हावा लाग्दा तरङ्गित हुने लहर; बयली।
63386 बयेली ना. २. शीतलदायी सिरसिरे हावा; स्वच्छ हावा; वयार।
63387 बर्नु स.क्रि. कन्याले वर रोज्नु; स्वयंवर गर्नु; वरण गर्नु रोज्नु।
63388 बर ना. हाँगाबाट लहरा निस्कने र यसरी निस्केका लहरा भुईंमा गाडिएर जराका रूपमा परिणत हुने; चारैतिर बाक्लो हाँगा फैलने; पिपलका आकारका तर केही बाक्ला पात हुने; राता बाटुला फल फल्ने एक प्रसिद्ध वृक्ष; बरपिपल; वटवृक्ष।
63389 बरकरार वि. १. राम्ररी स्थापित गरिएको; जस्ताको तस्तै रहेको।
63390 बरकरार वि. २. दो; दृढ।
63391 बरकरार वि. ३. वर्तमान।
63392 बरकठै वि.बो. सहानुभूति जनाउँदा प्रयोग हुने शब्द; कठै।
63393 बरकठै वि.बो. (उदा.- बरकठै! ज्ञानीलाई कसले लडाइदियो !)।
63394 बरखा ना. वर्षा ऋतु; बर्खा।
63395 बरखास वि. बरखास्त; खारेज।
63396 बरखासी ना. बरखास हुने वा गर्ने काम; खारेज।
63397 बरखास्त वि. नोकरीबाट खोसिएको; कुनै काम वा पेसाबाट हटाइएको; खोसुवा; खारिज गरिएको; गरिरहेको कामबाट अवधि पुगेपछि वा एकाएक बिचमै अवकाश दिइएको; कामकाजबाट मुक्त गरिएको।
63398 बरखास्त वि. ना. २. चलिरहेको कुनै बैठक; इजलास आदिको विसर्जन।
63399 बरखिलाफ वि. १. विरुद्ध; प्रतिकूल।
63400 बरखिलाफ वि. २. उल्टो।